Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 25, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा

Sambridinews by Sambridinews
शुक्रबार, साउन १०, २०८२
in FEATURED, TOP STORIES, खेलकुद, समाचार
0
२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

पल्सरसंग पाँच वर्षको सम्झौता थप

काठमाडौँ, साउन ९ ,नेपाली खेलकुदको प्रतिष्ठित खेलाडी सम्मान कार्यक्रम ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१’ यो वर्ष आगामी भदौ २९ गते पोखरामा हुने भएको छ।

You might also like

कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक

त्रियोग स्कुल चेस सम्पन्न

रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हरेक वर्ष हुने अवार्ड कार्यक्रम २२ औं संस्करणमा आएर पहिलो पटक काठमाडौं बाहिर हुन लागेको हो।  

अवार्डको आयोजनाका लागि शुक्रवार आयोजक मञ्च र मुख्य प्रायोजक गोल्छा ग्रुपबिच प्रायोजक सम्वन्धि सम्झौता भयो। संझौता पत्रमा मञ्चका तर्फबाट अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका कार्यकारी निर्देशक अभिमन्यू गोल्छाले हस्ताक्षर गरे।

विगत १७ वर्षदेखि नियमित रुपमा मुख्य प्रायोजन गर्दै आएको गोल्छा ग्रुपले ५ वर्षको संझौता थप गरेको हो।

सम्झौता अनुसार गोल्छा ग्रुपले नगद र जिन्सी गरी ४० लाख रुपैंया बराबरको प्रायोजन गर्नेछ।   

मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले नेपाली खेलकुदको दायरा फराकिलो भइरहेको अवस्थामा स्पोर्ट्स अवार्डलाई देशव्यापी फैलाउने उद्देश्यले पर्यटनको राजधानी पोखरामा अवार्ड आयोजना गर्न लागेको जानकारी दिए।

काठमाडौँ बाहिर लैजाने तयारी केही वर्षअगाडिदेखि नै भइरहेको थियो । सम्भावित केही शहरसँग कुराकानी गर्ने क्रममा पोखराले भ्रमण वर्ष २०२५ मनाइरहेको बेला सबै पक्ष अनुकुल बनेपछि यसपालीको स्पोर्ट्स पोखरा लान सफल भयौं-  अध्यक्ष अधिकारीले भने ।

एनएसजेएफका महासचिव अन्जन खड्काले यस वर्ष पनि स्पोर्ट्स अवार्डमा दस विधा समावेश गरिएको जानकारी दिए।

स्पोर्ट्स अवार्डमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड र टिम अफ दि इयर विधा रहेको छ।  

जसमा उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ५ विधाका खेलाडीले पल्सर मोटर साइकल प्राप्त गर्नेछ। त्यस्तै स्पेशल, लाइफटाइम अचिभमेन्ट, टिम अफ द इयर र पारा एथलेट सम्मानका विजेताले नगद १ लाख रुपैंया प्राप्त गर्नेछ।

महासचिव खड्काले भोटिङ मार्फत हुने भएकाले पिपल्स च्वाइस विधाको मनोनयनका साथै वर्ष खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने जानकारी दिए ।

स्पोर्ट्स अवार्डमा पल्सरको निरन्तरता

नेपाल खेलकुद पत्रकार मञ्च र गोल्छा ग्रुप बिच अवार्डकै लागि सहकार्य भएको यो १७ औं बर्ष हो।

गोल्छा समूहका कार्यकारी निर्देशक अभिमन्यू गोल्छाले १७ वर्षको यो सहकार्य नेपालकै लामो साझेदारीमध्ये एक भएको बताए। उनले भने, “ यसले दुई सस्थाबिचको प्रतिबद्धता र विश्वास देखाउँछ, त्यसैले पनि एनएसजेएफसँग आवद्ध हुन पाउँदा गर्व महसुस हुन्छ ।”

कार्यकारी निर्देशक गोल्छाले फुटबल लिग, क्रिकेट लिग तथा विभिन्न ग्रासरुट प्रोजेक्टमा पनि सहकार्य गरेर गोल्छा समूहले नेपाली खेलकुदमा आफ्नो उपस्थिति देखाइरहेको बताए।

सो कार्यक्रममा एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले कुनै पनि संस्थाले २२ वर्षसम्म एउटै कार्यक्रम गर्नु अझ एउटै प्रायोजकसँग १७ वर्षको सहकार्य दुलर्भ रहेको बताए। उनले खेलकुद पत्रकार मञ्चले यो अवार्ड कार्यक्रम गरेर खलाडीलाई सम्मान गरिरहँदा खेल पत्रकारहरु पनि सम्मानित भएको महुसस हुने गरेको बताए ।

गतवर्ष पुरुषतर्फ क्रिकेटका रोहित पौडेल, महिलातर्फ करातेकी एरिका गुरुङ, युवातर्फ भारोत्तोलनका हेमन्त पाल र प्रशिक्षकतर्फ करातेका कुशल श्रेष्ठले अवार्ड जितेका थिए । सर्वाधिक मत ल्याएर पिपल्स च्वाइसको अवार्ड भलिबलकी कविता भट्टले हासिल गरेकी थिइन् ।

स्पेसल अवार्डबाट भलिबलका प्रशिक्षक कुमार राई, पारा एथलिट सम्मानबाट पारा ओलम्पिककी कांस्य विजेता पलेशा गोवर्धन, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट दक्षिण कोरियाका ही डोङ जोङ र लाइफटाइम एचिभमेन्ट अवार्डबाट नेपाल क्रिकेट संघका पूर्व अध्यक्ष विनयराज पाण्डेलाई सम्मानित गरिएको थियो । एसियाली खेलकुदमा ऐतिहासिक कांस्य जितेको महिला कबड्डी टोलीलाई टिम अफ द इयरबाट सम्मानित गरिएको थियो ।

Related

Previous Post

विश्व एक्वेटिक्समा ४ पौडी खेलाडी

Next Post

पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार

Sambridinews

Sambridinews

Related Posts

कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक
TOP STORIES

कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन ८, २०८३
त्रियोग स्कुल चेस सम्पन्न
TOP STORIES

त्रियोग स्कुल चेस सम्पन्न

by Sambridinews
शुक्रबार, साउन ८, २०८३
रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प
FEATURED

रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प

by Sambridinews
शुक्रबार, साउन ८, २०८३
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता
TOP STORIES

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

by Sambridinews
बिहिबार, साउन ७, २०८३
नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन
TOP STORIES

नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन

by Sambridinews
बिहिबार, साउन ७, २०८३
Next Post
पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार

पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप विरूद्ध पक्राउ पुर्जी जारी

फरार रहेका एमाले नेता टोपबहादुर रायमाझी पक्राउ

आइतवार, बैशाख ३१, २०८०
१७औँ नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री ओलीबाट हुने

१७औँ नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री ओलीबाट हुने

आइतवार, साउन २६, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक
TOP STORIES

कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक

शुक्रबार, साउन ८, २०८३
त्रियोग स्कुल चेस सम्पन्न
TOP STORIES

त्रियोग स्कुल चेस सम्पन्न

शुक्रबार, साउन ८, २०८३
रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प
FEATURED

रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प

शुक्रबार, साउन ८, २०८३
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता
TOP STORIES

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

बिहिबार, साउन ७, २०८३
नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन
TOP STORIES

नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन

बिहिबार, साउन ७, २०८३
आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा
TOP STORIES

आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा

बिहिबार, साउन ७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In