Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, May 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

वर्षोंदेखि अलपत्र पारिएका सडकका २३४ रुग्ण ठेक्का तोडिँदै

Sambridinews by Sambridinews
आइतवार, अशोज १२, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
वर्षोंदेखि अलपत्र पारिएका सडकका २३४ रुग्ण ठेक्का तोडिँदै
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरिएका तर काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका २३४ वटा रुग्ण ठेक्का तोडिने भएको छ ।

सडक विभाग अन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालयहरु, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्का तोड्न लागिएको हो ।

You might also like

नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

कौशलटारस्थित हनुमन्ते खाेला किनारमा एक व्यक्ति मृत फेला

मुस्ताङमा भन्सार छलेर ल्याउदै गरेकाे भेप बरामद

संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकअन्तर्गत ३८, काठमाडौं ७५,पोखरा ३९, सुर्खेत ४९, हुलाकी १६ र मध्यपाडी लोकमार्गका १७ वटा ठेक्का रुग्ण छन् । आयोजनाका तर्फबाट गर्नुपर्ने काम नगरी ठेक्कालाई रुग्ण बनाउन सङ्लग्न तत्कालीन एवम् हालका जिम्मेवार कर्मचारीलाई छानविन गर्न समिति बनाइने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार भौतिक मन्त्रालयका सचिव तथा सहसचिवहरु, सडक विभागका महानिर्देशक, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका प्रमुखहरु, आयोजना प्रमुखलगायतकासँग छलफल गरी ठेक्का लिने तर काम नगर्ने प्रवृत्तिको अन्त्यका लागि रुग्ण ठेक्का तोड्नुको विकल्प नरहेको बताए ।

रुग्ण ठेक्का तोडिएमा कम रकम कबोल गरी ठेक्का सम्झौता गर्ने र परिचालन पेश्की लिएर उक्त रकम अन्यत्रै लगानी गर्ने तर काम नगर्ने प्रवृतिकोसमेत अन्त्य हुने मन्त्री घिसिङले उल्लेख गरे ।

‘सडक अन्तर्गतका आयोजनाहरुको ठेक्का लिने तर काम नगर्ने अवस्था देखिएको छ, राज्यले सडक निर्माणका लागि हरेक वर्ष अबौं रकम खर्च गरिरहेको छ तर यसको लाभ नागरिकले प्राप्त गर्न नसकेको अवस्था छ, ठेक्का व्यवस्थापन शून्यजस्तो देखिएको छ, ठेक्कालाई रुग्ण बनाउन सङ्लग्नमाथि कारबाही हुननसक्दा दण्डहीनता बढेको छ, कतिपय निर्णय कर्मचारीकातर्फबाट समयमै नगरिदिंदा ठेक्का रुग्ण बनेका छन्, त्यस्ता कर्मचारीमाथि पनि छानबिन गर्नुपर्छ”, उनले भने “रुग्ण ठेक्कामा सङलग्न निर्माण व्यवयासी जोसुकै भए पनि कसैको प्रलोभनमा नपरी स्वतन्त्रतापूर्वक ढुक्क भएर ठेक्का तोड्नुहोस्, यो कदम सुशान कायम गर्नका लागि महत्वपूर्ण कोशेढुङ्गा हुनेछ,म तपाईंहरुलाई पूर्ण रुपमा संरक्षण गर्नेछु ।’

निर्माण सम्झौता बमोजिम सम्पन्न गर्नुपर्ने समयको विभिन्न कारणबाट म्याद थप भई निर्माण कार्य चालू रहेको तर सुरु निर्माण अवधिको तुलनामा सय प्रतिशतभन्दा बढी समय म्याद थप भईसक्दासमेत ५० प्रतशतभन्दा कम प्रगति रहेको २ करोडभन्दा बढी सम्झौता भएको ठेक्कालाई रुग्ण ठेक्का मानिएको छ ।

त्यस्तै, दुई सय प्रतिशतभन्दा बढी समय म्याद थप भईसक्दासमेत निर्माण प्रगति ८० प्रतिशतभन्दा कम प्रगति भएको दुई करोडभन्दा बढी सम्झौता अङ्क भएको, चार सय प्रतिशतभन्दा बढी समय म्याद थप भई सक्दासमेत निर्माण प्रगति ९५ प्रतिशतभन्दा कम रहेको दुई करोडभन्दा बढी सम्झौता अङ्क भएको ठेक्कालाई रुग्ण मानिएको छ ।

मन्त्री घिसिङले मन्त्रालय र मातहतका कार्यालयहरुले गर्ने कुनै पनि कार्यमा अनियमितता, ढिलासुस्ती, घूसमाग्ने, सेवाग्राहीलाई अनेक बहानामा दु:ख दिने प्रवृति देखिएका सङ्लग्नमाथि तत्कालै कारबाही गर्ने उल्लेख गरे । उनले आफ्नो नाम बेचेर कसैले अनावश्यक दु:ख दिएमा तत्कालै जानकारी गराउनसमेत कर्मचारीलाई निर्देशन दिए ।

Related

Previous Post

मुक्तिनाथ क्यापिटलको १६औँ वार्षिक साधारण सभा सम्पन्न

Next Post

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु. ५० लाख सहयोग

Sambridinews

Sambridinews

Related Posts

नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड
TOP STORIES

नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

by Sambridinews
आइतवार, जेष्ठ ३, २०८३
TOP STORIES

कौशलटारस्थित हनुमन्ते खाेला किनारमा एक व्यक्ति मृत फेला

by Sambridinews
आइतवार, जेष्ठ ३, २०८३
मुस्ताङमा भन्सार छलेर ल्याउदै गरेकाे भेप बरामद
FEATURED

मुस्ताङमा भन्सार छलेर ल्याउदै गरेकाे भेप बरामद

by Sambridinews
आइतवार, जेष्ठ ३, २०८३
कामीरिता शेर्पाले २७ औं पटक सगरमाथाको सफल आरोहण
FEATURED

कामिरिता शेर्पाद्वारा ३२ औंपटक सगरमाथाको सफल आरोहण

by Sambridinews
आइतवार, जेष्ठ ३, २०८३
काठमाडौंको सिनामंगलमा एक व्यक्तिमाथि चक्कु प्रहार ; पेस्ताेल बरामद
TOP STORIES

काठमाडौंको थानकोटमा एक जनाको चक्कु प्रहार गरी हत्या

by Sambridinews
आइतवार, जेष्ठ ३, २०८३
Next Post
नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु. ५० लाख सहयोग

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु. ५० लाख सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ

घुस रकमसहित वरिष्ठ प्रहरी नायव निरीक्षक पक्राउ

बिहिबार, कार्तिक १७, २०७९
एसियाली पारा टोलीको बिदाइ

एसियाली पारा टोलीको बिदाइ

सोमवार, अशोज २९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड
TOP STORIES

नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

आइतवार, जेष्ठ ३, २०८३
TOP STORIES

कौशलटारस्थित हनुमन्ते खाेला किनारमा एक व्यक्ति मृत फेला

आइतवार, जेष्ठ ३, २०८३
मुस्ताङमा भन्सार छलेर ल्याउदै गरेकाे भेप बरामद
FEATURED

मुस्ताङमा भन्सार छलेर ल्याउदै गरेकाे भेप बरामद

आइतवार, जेष्ठ ३, २०८३
कामीरिता शेर्पाले २७ औं पटक सगरमाथाको सफल आरोहण
FEATURED

कामिरिता शेर्पाद्वारा ३२ औंपटक सगरमाथाको सफल आरोहण

आइतवार, जेष्ठ ३, २०८३
काठमाडौंको सिनामंगलमा एक व्यक्तिमाथि चक्कु प्रहार ; पेस्ताेल बरामद
TOP STORIES

काठमाडौंको थानकोटमा एक जनाको चक्कु प्रहार गरी हत्या

आइतवार, जेष्ठ ३, २०८३
मन्त्री छनाैटका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक जारी
FEATURED

रास्वपाकाे आज देशभरी वडा कमिटि अभियान

आइतवार, जेष्ठ ३, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In