Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, September 29, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक सहकार्यका लागि समझदारी

Sambridinews by Sambridinews
बिहिबार, साउन २८, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक सहकार्यका लागि समझदारी
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि

राष्ट्रिय महिला क्रिकेटर मनीषा उपाध्यायलाई ‘लेट रमा देवी मेमोरियल क्रिकेट कप’को ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री सम्मान

सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु. ३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार 

काठमाडौं, साउन २८ । नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच उद्यमशीलता विकास, नवप्रवर्तन प्रवद्र्धन, सीप विकास तथा उद्योग–शैक्षिक सहकार्यलाई संस्थागत रूपमा सुदृढ बनाउने उद्देश्यसहित पाँच वर्षे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल तथा बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेल ले हस्ताक्षर गरेका हुन् ।
यस समझदारीमार्फत दुवै संस्थाले शैक्षिक क्षेत्र, उद्योग, स्टार्टअप, लगानी समुदाय तथा नीतिनिर्माताबीच समन्वयात्मक वातावरण निर्माण गर्दै उद्यमशीलता, व्यावसायिक विकास, नवप्रवर्तन क्षमता अभिवृद्धि तथा संस्थागत उत्कृष्टताका क्षेत्रमा दीर्घकालीन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सम्झौताअनुसार विशेष तालिम तथा कार्यकारी शिक्षा कार्यक्रम सञ्चालन, क्षमता अभिवृद्धि, स्टार्टअप तथा नवप्रवर्तन प्रवद्र्धन, लगानी प्रोत्साहन, रणनीतिक नेटवर्किङ, अनुसन्धान तथा नीतिगत अध्ययन, ज्ञान आदानप्रदान तथा भविष्यकेन्द्रित शैक्षिक कार्यक्रम विकासका क्षेत्रमा संयुक्त रूपमा काम गरिनेछ ।
नेपाल चेम्बर अफ कमर्सले आफ्ना सदस्य तथा सरोकारवालाको तालिम आवश्यकता पहिचान गर्ने, संयुक्त कार्यक्रमहरूमा सहभागिता बढाउने, व्यवसायिक वातावरणसँग सम्बन्धित कार्यक्रम सञ्चालनमा सहकार्य गर्ने तथा बागमती विश्वविद्यालयका विद्यार्थीहरूका लागि इन्टर्नशिप तथा रोजगारी सहयोग केन्द्र स्थापना गर्न सहयोग गर्नेछ । साथै, अनुसन्धान कोष तथा छात्रवृत्ति सहयोग कार्यक्रम स्थापना गर्ने र उद्योग जगत्का अनुभवी व्यवसायिक नेतृत्वलाई अतिथि वक्ताका रूपमा विश्वविद्यालयसँग जोड्ने व्यवस्था पनि गरिएको छ ।
त्यसैगरी, बागमती विश्वविद्यालयले शैक्षिक विशेषज्ञता उपलब्ध गराउने, तालिम तथा कार्यकारी शिक्षा कार्यक्रम सञ्चालन गर्ने, स्टार्टअप तथा नवप्रवर्तनका लागि परामर्श र मार्गदर्शन प्रदान गर्ने, उद्योग–शिक्षा सहकार्यमा आधारित अनुसन्धानलाई प्रोत्साहन गर्ने तथा सेमिनार, नीति संवाद र सम्मेलनहरू आयोजना गर्ने प्रतिबद्धता जनाएको छ । समझदारीपत्र हस्ताक्षर भएको मितिदेखि पाँच वर्षसम्म लागू रहनेछ भने दुवै पक्षको सहमतिमा यसको अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले आजको समयको आवश्यकता अनुरूप विश्वविद्यालयहरूले परम्परागत शिक्षा प्रणालीभन्दा बाहिर निस्किएर उद्यमशीलता र नवप्रवर्तनमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “विश्वविद्यालयहरूको मुख्य उद्देश्य केवल रोजगारी खोज्ने जनशक्ति उत्पादन गर्नु होइन, रोजगारी सिर्जना गर्ने उद्यमी र नेतृत्वकर्ता तयार गर्नु हो । आजको विश्वमा ज्ञान मात्र पर्याप्त छैन, त्यसलाई व्यवसाय, उद्योग र नवप्रवर्तनसँग जोड्न सक्ने क्षमता आवश्यक छ ।”
अध्यक्ष अग्रवालले उद्योग र शिक्षाबीचको दूरी घटाउन यस्ता सहकार्य अत्यन्तै महत्वपूर्ण हुने उल्लेख गर्दै विश्वविद्यालयबाट उत्पादन हुने जनशक्ति बजारको वास्तविक आवश्यकताअनुसार दक्ष बन्नुपर्ने बताउनुभयो ।
बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले विश्वविद्यालयले शिक्षा र उद्योगबीचको सम्बन्धलाई व्यवहारिक रूपमा जोड्ने अवधारणाअनुसार अघि बढिरहेको बताउनुभयो ।
प्रा. डा. पौडेलले नेपाल चेम्बर अफ कमर्ससँगको यो सहकार्यले विद्यार्थीलाई उद्योगसँग प्रत्यक्ष जोड्ने, अनुसन्धानलाई व्यवहारिक बनाउने तथा स्टार्टअप र नवप्रवर्तनका नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो ।

Related

Previous Post

स्वदेश फर्किन पाउँदा खुसी लागेकाे छ : देउवा

Next Post

एभरेस्ट महिला भलिबल लिगद्वारा तेस्रो संस्करणका लागि ‘सुदूरपश्चिम रोयल वारियर्स’ नयाँ फ्रेन्चाइज टोलीको घोषणा

Sambridinews

Sambridinews

Related Posts

सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि
FEATURED

सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि

by Sambridinews
सोमवार, अशोज १२, २०८३
राष्ट्रिय महिला क्रिकेटर मनीषा उपाध्यायलाई ‘लेट रमा देवी मेमोरियल क्रिकेट कप’को ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री सम्मान
TOP STORIES

राष्ट्रिय महिला क्रिकेटर मनीषा उपाध्यायलाई ‘लेट रमा देवी मेमोरियल क्रिकेट कप’को ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री सम्मान

by Sambridinews
सोमवार, अशोज १२, २०८३
सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु. ३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार 
TOP STORIES

सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु. ३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार 

by Sambridinews
सोमवार, अशोज १२, २०८३
गौरवता नेपाल’ शुभारम्भ अक्टोबर १० मा
FEATURED

गौरवता नेपाल’ शुभारम्भ अक्टोबर १० मा

by Sambridinews
सोमवार, अशोज १२, २०८३
आजको मौसम
FEATURED

वर्षा रोकिएसँगै देशभरको मौसम सामान्य

by Sambridinews
सोमवार, अशोज १२, २०८३
Next Post
एभरेस्ट महिला भलिबल लिगद्वारा तेस्रो संस्करणका लागि ‘सुदूरपश्चिम रोयल वारियर्स’ नयाँ फ्रेन्चाइज टोलीको घोषणा

एभरेस्ट महिला भलिबल लिगद्वारा तेस्रो संस्करणका लागि ‘सुदूरपश्चिम रोयल वारियर्स’ नयाँ फ्रेन्चाइज टोलीको घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बालकुमारीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

ललितपुरको बालकुमारीमा भएको घटनाको मुख्य जिम्मेवार मन्त्री प्रकाश ज्वाला

शुक्रबार, फाल्गुन ४, २०८०
सर्वोत्कृष्ट नतिजासहित टीयू दोस्रो र तेस्रो टपर भए एसपीएका विद्यार्थी

सर्वोत्कृष्ट नतिजासहित टीयू दोस्रो र तेस्रो टपर भए एसपीएका विद्यार्थी

बुधबार, चैत्र १, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि
FEATURED

सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि

सोमवार, अशोज १२, २०८३
राष्ट्रिय महिला क्रिकेटर मनीषा उपाध्यायलाई ‘लेट रमा देवी मेमोरियल क्रिकेट कप’को ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री सम्मान
TOP STORIES

राष्ट्रिय महिला क्रिकेटर मनीषा उपाध्यायलाई ‘लेट रमा देवी मेमोरियल क्रिकेट कप’को ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री सम्मान

सोमवार, अशोज १२, २०८३
सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु. ३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार 
TOP STORIES

सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु. ३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार 

सोमवार, अशोज १२, २०८३
गौरवता नेपाल’ शुभारम्भ अक्टोबर १० मा
FEATURED

गौरवता नेपाल’ शुभारम्भ अक्टोबर १० मा

सोमवार, अशोज १२, २०८३
आजको मौसम
FEATURED

वर्षा रोकिएसँगै देशभरको मौसम सामान्य

सोमवार, अशोज १२, २०८३
आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल
FEATURED

आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल

आइतवार, अशोज ११, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In