कात्तिक २६, काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा परेको असिनापानीपछि तापक्रम घटेको छ। अाज विहान ७ बजेकाे मापन अनुसार काठमाडाैं उपत्यकाकाे तापक्रम ८ डिग्रीसेल्सियसमा झरेकाे छ ।
वर्षा र असिनाका कारण मौसम चिसिएको छ भने आगामी केही दिन पनि देशका पहाडी क्षेत्रमा आंशिक बदली र हल्का वर्षाको सम्भावना रहेको माैसमविद् डा.विनाेद पाेख्रेलले बताउनुभयाे ।
उहाका अनुसार कमजोर पश्चिमी वायुको प्रभावका कारण आजदेखि शनिबारसम्म अपराह्नको समयमा बादल लाग्ने तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ। आइतबार भने पश्चिम नेपालका थप स्थानमा वर्षा हुन सक्ने अनुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौं उपत्यकामा २४ घण्टामा ३१.२ मिलिमिटर वर्षा मापन भएको थियो। उपत्यकाका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित असिना र वर्षा भएको थियो। वर्षापछि उपत्यकाको मौसम चिसिएको छ।
यसैबीच बंगालको खाडीमा विकसित हुन सक्ने न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्ने सम्भावना भने न्यून रहेको मौसमविद्हरूको आकलन छ।














