२८ काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू पाँच महिना लामो उपचारपछि स्वदेश फर्किन पाउँदा खुसी भएको बताएका छन्।
सिंगापुरमा उपचार लागि गएको पाँच महिनापछि आज बिहीबार साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका उनले अपिलपत्र जारी गर्दै आफ्नो
स्वास्थ्यप्रति चासो र चिन्ता राख्ने सबैलाई धन्यवाद भनेका छन् । उनले आफू सेवकका रुपमा उपस्थित भएको पनि बताएका छन् ।














