२६ कात्तिक, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको निधन भएको छ। निधन हुनेमा ५ पुरुष, ३ महिला र २ बालिका रहेका छन्। मकवान प्रहरीका अनुसार दुर्घटनामा ५ जना घाइते भएका छन्। घाइते हुनेमा ३ पुरुष र २ बालक छन्।
बिहीबार बिहान करिब ६:१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो। गाडीमा १५ जना सवार रहेको प्रारम्भिक अनुमान छ।














