Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 25, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

प्रचण्डको नेतृत्त्वमा समानान्तर शक्ति बन्दैन

Sambridinews by Sambridinews
शनिबार, कार्तिक ९, २०८२
in विचार
0
प्रचण्डको नेतृत्त्वमा समानान्तर शक्ति बन्दैन
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • विनोद दाहाल

पार्टीका पाँचजनाको टिमले जे निर्णय लिन्छ त्यो प्रचण्डपथ भनियो, पछि मेरो बिचार पो हो त भनियो । व्यक्तिको लहडमा हाँकिनुपर्ने वाध्यताले नेपाली विशेषताको जनयुद्ध यही कारण समाप्त भयो ।
पहिला त माके हाम्रो पार्टी हैन, माकेसँग हामीले प्रचण्डको नेतृत्त्वमा माओवादी आन्दोलनको पुनर्गठन हुँदैन भनेर ०६९ मा जनसेनालाई हतारमा मध्यरातमा प्रतिक्रियावादी सेना पठाएर आत्मसमर्पण गराएपछि बिद्रोह गरेर छोडिसकेका थियौं ।

त्यसपछिका १३ बर्षहरूमा हामी र उनीहरू टाढा छौं । यो भन्दैमा उनी हाम्रा वर्ग सत्रू हैनन्, मित्रशक्तिको रुपमा बुझ्ने र व्यवहार गर्ने गरेका छौं । आफूलाई पूर्णतः संसदमा पतन भएको नस्वीकारेकाले संसदवादी दलहरूमध्ये प्रचण्ड नेतृत्त्वको दल नै हाम्रो सबैभन्दा नजिकको मीत्र शक्तिको रुपमा हामी बुझ्ने गर्दछौं । उनलाई नेपाली जनवादी क्रान्तिको अभिभारा जति छ त्यति मुल्यवोध गर्ननसकेका कारण हामीले प्रश्न गरेका हौं । एमालेसँग उनलाई उस्तै रुपमा बुझ्नै सक्दैनौं ।

You might also like

जनताको आवज नै सरकारको मार्गदर्शन

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

पार्टीको प्रमुख नेतृत्त्व र बहुमत नेतृत्वपङ्ती सत्तामा नजाने भनियो तर विशेष परिस्थितिको कारण देखाउँदै प्रतिक्रियावादी सत्तामा सबैजसो होमिए । जसले नीतिको कुरा गरे र सत्ता बाहिर बसे उनीहरूलाई बेवकुफ बनाउने कसरत भयो ।

टाकनटुकन र प्रविधिक बहुमतका आधारमा सँधै बहुमतको बनेर आफूलाई सुरक्षित गर्ने र विचारको पाटोलाई दोश्रो बनाउने नियत बारम्बार भैराख्यो । जब विचार र राजनीति दोश्रो हुन्छ तब सहि कार्यदिशा लिने सवाल नै हुँदैन ।

म बाहेक कसैले नेतृत्त्व लिनै सक्दैनन् भनेर नेतृत्त्व प्रतिस्पर्धामा नगएपछि वैकल्पिक नेतृत्त्व निर्माण हुने सबै मार्ग बन्द गरेपछि हुने प्रचण्ड जस्तै निरन्तर नेतृत्त्व हो । सानो सफलताले गम्भीर असफलतालाई सँधै छोपि राख्नुपर्ने त हो !

प्रचण्डमा अरू नेतृत्त्व भन्दा प्रष्ट बुझाई छ । प्रतिक्रियावादी वर्गको बिरुद्धको संघर्षमा एउटा टुकडि फुटाएर मुख्य दुस्मनलाई प्रहार गरेर विजय हासिल गर्नासाथ विजयभावमा आएर जनसेना विघटन गर्ने र सर्वहारा वर्गको हतियार बुझाउने निर्णय गरिसकेका जोकसैको नेतृत्त्वमा सशस्त्र जनक्रान्ति सम्भव हुँदैन, त्यसैले अब शान्तिपूर्ण राजनीतिक सङ्क्रमणको बाटो लाग्नुको बिकल्प छैन भन्ने उनले प्रष्टसँग बुझेका छन् ।

प्रचण्ड अब नयाँ राजनीतिक समिकरणको बाटो लाग्छन् । प्रचण्डकै नेतृत्त्वमा अरू कुनै ठूला दल एकतामा जाँदैनन् । साना र अस्तित्त्व रक्षाका लागि लागिपरेका दलहरू आफ्नो पोजिसनका लागि प्रचण्डको आढ लाग्न पुग्लान् भन्नसकिन्छ ।

अदालतले एमाले र माकेलाई आआफ्नो बाटो लगाएपछि एउटा जवज र अर्को माओवादी बने । प्रचण्डलाई माओवादी हुन् भनेर बुझ्नुको कुनै अर्थ छैन । सारमा प्रचण्ड मात्रै हैन, जनयुद्ध बिसर्जन गर्नेहरू सबै माओवादी हैनन् ।

प्रचण्डको असली नियत नै खराब छ भन्न खोजेको हैन । उनी संसदीय भासमा फसेकामध्ये सबैभन्दा चोखा र सबैभन्दा वर्ग दुस्मनको निशानामा परेका मानिस हुन् । असली नियत भनेको एमाले जस्तै हुन् भन्ने हैन । उनको योगदान नै महान् छ । नेपाली सर्वहारावादी आन्दोलनमा उन र उनकै नेतृत्त्वमा रहेका अरू नेतृत्त्वहरूको योगदान महान् छ ।

पछिल्लो चरण प्रचण्डले लिएको नीतिले उनीसँगका सबै एमाले झैं सड्छन् भन्ने पक्का छ । नीति बद्लेर अर्थात नयाँ कार्यदिशाको विकास गर्नुपर्ने हुन्छ, प्रचण्डले यसबारेमा सोच्नुपर्छ । कि धेरै नै रुपान्तरण हुनुपर्छ कि त बाटो छोड्ने आँट गर्नुपर्छ ।

Related

Previous Post

मिथिलाञ्चलमा छठ पर्वको रौनक

Next Post

काठमाडौँ महानगरपालिकाले शुरु गर्यो ‘सिल्भर भोलिन्टियर ‘ कार्यक्रम

Sambridinews

Sambridinews

Related Posts

जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

by Sambridinews
शनिबार, असार २७, २०८३
अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

by Sambridinews
आइतवार, माघ १९, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

by Sambridinews
शनिबार, माघ ४, २०८२
हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग
विचार

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
Next Post
काठमाडौँ महानगरपालिकाले शुरु गर्यो ‘सिल्भर भोलिन्टियर ‘ कार्यक्रम

काठमाडौँ महानगरपालिकाले शुरु गर्यो ‘सिल्भर भोलिन्टियर ' कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

‘एनआरएनको सहभागितामा नेपाल एकदमै छिटो समृद्ध हुनसक्छ’

‘एनआरएनको सहभागितामा नेपाल एकदमै छिटो समृद्ध हुनसक्छ’

बुधबार, कार्तिक १, २०८०
विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने

पाँचथरमा बेवारिसे बम विस्फोटमा घाइते भएका दुई बालकको सरकार उपचार गर्ने

मङ्लबार, भदौ २५, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक
TOP STORIES

कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक

शुक्रबार, साउन ८, २०८३
त्रियोग स्कुल चेस सम्पन्न
TOP STORIES

त्रियोग स्कुल चेस सम्पन्न

शुक्रबार, साउन ८, २०८३
रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प
FEATURED

रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प

शुक्रबार, साउन ८, २०८३
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता
TOP STORIES

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

बिहिबार, साउन ७, २०८३
नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन
TOP STORIES

नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन

बिहिबार, साउन ७, २०८३
आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा
TOP STORIES

आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा

बिहिबार, साउन ७, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In