- विनोद दाहाल
पार्टीका पाँचजनाको टिमले जे निर्णय लिन्छ त्यो प्रचण्डपथ भनियो, पछि मेरो बिचार पो हो त भनियो । व्यक्तिको लहडमा हाँकिनुपर्ने वाध्यताले नेपाली विशेषताको जनयुद्ध यही कारण समाप्त भयो ।
पहिला त माके हाम्रो पार्टी हैन, माकेसँग हामीले प्रचण्डको नेतृत्त्वमा माओवादी आन्दोलनको पुनर्गठन हुँदैन भनेर ०६९ मा जनसेनालाई हतारमा मध्यरातमा प्रतिक्रियावादी सेना पठाएर आत्मसमर्पण गराएपछि बिद्रोह गरेर छोडिसकेका थियौं ।
त्यसपछिका १३ बर्षहरूमा हामी र उनीहरू टाढा छौं । यो भन्दैमा उनी हाम्रा वर्ग सत्रू हैनन्, मित्रशक्तिको रुपमा बुझ्ने र व्यवहार गर्ने गरेका छौं । आफूलाई पूर्णतः संसदमा पतन भएको नस्वीकारेकाले संसदवादी दलहरूमध्ये प्रचण्ड नेतृत्त्वको दल नै हाम्रो सबैभन्दा नजिकको मीत्र शक्तिको रुपमा हामी बुझ्ने गर्दछौं । उनलाई नेपाली जनवादी क्रान्तिको अभिभारा जति छ त्यति मुल्यवोध गर्ननसकेका कारण हामीले प्रश्न गरेका हौं । एमालेसँग उनलाई उस्तै रुपमा बुझ्नै सक्दैनौं ।
पार्टीको प्रमुख नेतृत्त्व र बहुमत नेतृत्वपङ्ती सत्तामा नजाने भनियो तर विशेष परिस्थितिको कारण देखाउँदै प्रतिक्रियावादी सत्तामा सबैजसो होमिए । जसले नीतिको कुरा गरे र सत्ता बाहिर बसे उनीहरूलाई बेवकुफ बनाउने कसरत भयो ।
टाकनटुकन र प्रविधिक बहुमतका आधारमा सँधै बहुमतको बनेर आफूलाई सुरक्षित गर्ने र विचारको पाटोलाई दोश्रो बनाउने नियत बारम्बार भैराख्यो । जब विचार र राजनीति दोश्रो हुन्छ तब सहि कार्यदिशा लिने सवाल नै हुँदैन ।
म बाहेक कसैले नेतृत्त्व लिनै सक्दैनन् भनेर नेतृत्त्व प्रतिस्पर्धामा नगएपछि वैकल्पिक नेतृत्त्व निर्माण हुने सबै मार्ग बन्द गरेपछि हुने प्रचण्ड जस्तै निरन्तर नेतृत्त्व हो । सानो सफलताले गम्भीर असफलतालाई सँधै छोपि राख्नुपर्ने त हो !
प्रचण्डमा अरू नेतृत्त्व भन्दा प्रष्ट बुझाई छ । प्रतिक्रियावादी वर्गको बिरुद्धको संघर्षमा एउटा टुकडि फुटाएर मुख्य दुस्मनलाई प्रहार गरेर विजय हासिल गर्नासाथ विजयभावमा आएर जनसेना विघटन गर्ने र सर्वहारा वर्गको हतियार बुझाउने निर्णय गरिसकेका जोकसैको नेतृत्त्वमा सशस्त्र जनक्रान्ति सम्भव हुँदैन, त्यसैले अब शान्तिपूर्ण राजनीतिक सङ्क्रमणको बाटो लाग्नुको बिकल्प छैन भन्ने उनले प्रष्टसँग बुझेका छन् ।
प्रचण्ड अब नयाँ राजनीतिक समिकरणको बाटो लाग्छन् । प्रचण्डकै नेतृत्त्वमा अरू कुनै ठूला दल एकतामा जाँदैनन् । साना र अस्तित्त्व रक्षाका लागि लागिपरेका दलहरू आफ्नो पोजिसनका लागि प्रचण्डको आढ लाग्न पुग्लान् भन्नसकिन्छ ।
अदालतले एमाले र माकेलाई आआफ्नो बाटो लगाएपछि एउटा जवज र अर्को माओवादी बने । प्रचण्डलाई माओवादी हुन् भनेर बुझ्नुको कुनै अर्थ छैन । सारमा प्रचण्ड मात्रै हैन, जनयुद्ध बिसर्जन गर्नेहरू सबै माओवादी हैनन् ।
प्रचण्डको असली नियत नै खराब छ भन्न खोजेको हैन । उनी संसदीय भासमा फसेकामध्ये सबैभन्दा चोखा र सबैभन्दा वर्ग दुस्मनको निशानामा परेका मानिस हुन् । असली नियत भनेको एमाले जस्तै हुन् भन्ने हैन । उनको योगदान नै महान् छ । नेपाली सर्वहारावादी आन्दोलनमा उन र उनकै नेतृत्त्वमा रहेका अरू नेतृत्त्वहरूको योगदान महान् छ ।
पछिल्लो चरण प्रचण्डले लिएको नीतिले उनीसँगका सबै एमाले झैं सड्छन् भन्ने पक्का छ । नीति बद्लेर अर्थात नयाँ कार्यदिशाको विकास गर्नुपर्ने हुन्छ, प्रचण्डले यसबारेमा सोच्नुपर्छ । कि धेरै नै रुपान्तरण हुनुपर्छ कि त बाटो छोड्ने आँट गर्नुपर्छ ।














