काठमाडौं बैशाख १२,नेपालमा पनि विश्व ताइची तथा छिगोङ दिवस शनिबार मनाइएको छ । हरेक वर्षझै विविध कार्यक्रम आयोजना गरी नेपाल उमा कुङफु संघले दिवस मनाएको हो ।
बूढानीलकण्ठ नगरपालिकाकी उप मेयर अनिता लामाले बूढानीलकण्ठ मन्दिर परिसरमा आयोजित कार्यक्रमको उद्घाटन गरिन् । बूढानीलकण्ठ नगरपालिका वडा ३ को सहयोगमा भएको कार्यक्रममा २ सय ५० भन्दा बढीको सहभागिता रहेको नेपाल उमा कुङफु संघले जनाएको छ ।
कार्यक्रममा बूढानीलकण्ठ लायन ड्रागन एसोसिएसनका खेलाडीले आकर्षक लायन डान्स प्रस्तुत गरेका थिए । खेलाडीले छिगोङ, ताइची २४ फम, चाइची स्वोर्ड र ताइची ४२ फम विधाको कलात्मक प्रस्तुती पनि प्रदर्शन गरेको उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईले जनाएका छन् ।
सो अवसरमा शंखपार्क ताइची तथा छिगोङ क्लबका चन्द्रबहादुर शाह, हरिकुमार कार्की र श्यामप्रसाद गौतम तथा बूढानीलकण्ठ नगरपालिका वडा ३ का सदस्य पूर्व फुटबलर विकास तामाङलाई सम्मान गरिएको थियो । त्यस्तै करातेकर्मी जनकसिंह खड्का र अन्नपूर्ण पोष्टका खेलकुद पत्रकार विष्णु थापालाई नेपाल उमा कुङफु संघको मानार्थ सदस्य प्रदान गरिएको थियो ।
कार्यक्रममा चीन कल्चर सेन्टरका डेपुटी डाइरेक्टर लिउ झान्पिङ, बूढानीलकण्ठ नगरपालिका वडा ३ का अध्यक्ष आकाश धिताल, नेपाल उमा कुङफु संघका उपाध्यक्ष भूपेन्द्र गुरुङ, उपाध्यक्ष रमेश महर्जन, उपाध्यक्ष एवं कार्यक्रम संयोजक सुमन लामा, विभिन्न क्लब र विद्यालयका खेलाडी, प्रशिक्षक, उमा कुङफु संघका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:













