- विनोद दाहाल
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), माके र व्यवस्था बाहिरका किरण र तथा विप्लवले गम्भीर भएर सोच्ने वेला आएको छ, कि वर्ग छोड्नुहुन्न र मास वेसमा पार्टीलाई लानै हुन्न । अब माओवादी एकताको नाममा बाबुराम र बादलहरूलाई प्रतिक्रियावादी कित्तामा नै राख्नुपर्छ र माकेले संविधानको रक्षाका लागि संसदवादी बाटो त्याग्नै पर्छ ।
हुन त अहिले संसदीय गणितको खेलसिवाय केही हैन र हुनेपनि छैन तर माओवादी आन्दोलनलाई सम्बोधन गर्नेगरी आएका संसदवादी प्रतिक्रियावादी कित्ताले आफ्नो पोजिसन लिईसकेको र प्रतिगमन उन्मुख भएको उनीहरूको सार्वजनिक अभिव्याक्ति र गोप्य सहमती छ । देश र जनता विरोधि ती तत्वहरू जति नै षड्यन्त्रपुर्वक कार्य गरून् तिनको केही लाग्ने छैन ।
कोही भ्रममा नपरे हुन्छ, एमाले र कांग्रेस एउटै दल हो । न जबज (जनताको बहुदलीय जनवाद) का १४ विशेषतामा कांग्रेसको असहमती छ न त कांग्रेसको प्रजातन्त्रप्रति एमालेको !
नेतृत्व प्रबृत्तिले मात्र फरक छन् ! सारमा दुबै प्रतिगामी नै हुन्, माओवादी लतारेर आफ्नो मुद्दामा प्रयोग गरेका हुन् । वर्तमान संविधानमा रहेका कुनै पनि प्रनवधान यिनीहरूको नीति, सिद्धान्त र मुल्यमान्यतामा थिएनन् । सारमा यो संविधान उनीहरूको हुँदा पनि हैन ।
कांग्रेस–एमाले दुबै आफ्ना मुल्यमान्यतामा रहँदैनन्, यो प्रबृत्ति अवशरवादी हो । यी दोहोरो मापन (डबल स्ट्यान्डर्ड) भएका घोर अवशरवादी हुन् । यिनीहरूको ईतिहासले बताउँछ कि राष्ट्रघात र जनघातमा दुबै महाराज नै हुन् । अहिले त जनताले चिनीसके कि कमिशनखोरका संरक्षक दलाल पनि हुन् ।
अहिले संसदमा तिनको जमघट यस्तो छ कि २०% ले पार्टी फुटाउन पाईने व्यवस्था मिलाउँदा पनि पुष्पकमलका लागि काम नहुने स्थिति छ । यस्तो भएपछि प्रम भई बस्नुको के अर्थ छ र बस्नु भन्ने लागेको हुनुपर्छ छिट्टै विश्वासको मत लिने नाउँमा २८ गते संसदलाई सम्बोधन गर्दै पुष्पकमल, रवी र माधव नेपाल र चित्रवहादुरले प्रतिरक्षा गर्नेछन् र राजीनामाको घोषणा गर्नेछन् ।
माके प्रतिपक्ष भयो त ठिकै छ नि, हैन र ?
अनुहार चाहिँ बिगारेर पिरको छनक दिएको चाहिँ पटक्कै सुहाएको छैेन ! आफैले पहिला संसदमा सम्बोधन गर्दा नै उनीहरूको गठबन्धन स्वीकार्य छ भनिसकेको संझदै हँसमुख गरे हुन्छ ।
यो गठबन्धन आफ्नो कालो पोतिएको अनुहार लुकाउने अन्तिम प्रयासमा भएको हो । ढिलोचाँडो यी देशद्रोही, जनद्रोही, भ्रष्ट, तस्कर र अपराधि नै सावित हुनेछन् । यस गठबन्धनका भोटरहरू पछुतोको अवस्थामा आफैंले आफ्नै मौनधारण शोक मनाउने छन् ।
अब जनताले बुझिसके कि उनीहरूले छानेका पार्टी र नेतृत्व त भ्रष्टाचार र मानव तस्करमा खोरमा जाकिन लायकका रहेछन् । यो पनि बुझेका छन् कि हामी माओवादीले देख्ने सपनामा जनताको दुःख, सास्ती, हैरानी, भोक, रोग, गरिबी हटाउँदै उन्मुलनतिर जाने हो ।
हाम्रा प्रयास त्यसका लागि नै हुनुपर्छ र त्यही भैराखेको छ, हैन र ?
मुख्य काम र कुरा त्यसका लागि सरकार चलाउन जानुपर्ने मानिस भन्दा पुरानै भ्रष्ट, तस्कर, कमिशनखोर, देशद्रोही, जनद्रोही पटकपटक पुगिदिन्छन् र देशको विकासको लय बिगारिदिन्छन् ।
त्यो नहोर भन्नेतिर पो सोच्ने हो कि !