–भोजराज घिमिरे
मानिसको ज्ञान प्राप्तिको पहिलो आधार तथ्यहरुको संकलनहरुबाट शुरु हुन्छ । सबैभन्दा पहिले तथ्यहरु मानिसले उसको ज्ञानन्द्रियहरुद्धारा प्रप्त गर्छ ।
कुनैपनि विषयवस्तुले मानिसको ज्ञानन्द्रिहरुमा प्रभाव पार्छ र त्यसको खोज अनुसन्धान गर्दै संसार सम्बन्धी ज्ञान हासिल गर्छन ।
कार्ल माक्सले सामाजिक राजनीतिक दर्शनमा उत्पादनका बस्तुहरुमा सामाजिक स्वामित्वबाट बर्गबिहिन समाज स्थापनागर्न कम्युनिस्ट बिचारधारा प्रतिपादन गरिएको हो ।
मौलिक माक्सवाद भनेको आर्थिक राजनीतिक र आर्थिक सिद्धान्तहरुको समूह हो । जसलाई कार्ल माक्स, फ्रेरिड एगेल्स र भ्लादिमिर लेनिन र चिन्तकहरुले उन्नाइसौं र बीसौ शताब्दीमा समाजवादको बैज्ञानिक आधार पुष्टिगर्न परिस्कृत गरेका थिए ।
कार्ल माक्सको पुरा नाम, कार्ल हेनरिक माक्स हो । (५ मे १८१८ ÷ १४ मार्च १८८३ ) एक प्रसिद्ध दार्शनिक राजनीतिक सिद्धान्तका प्रणेता समाजशास्त्री,अर्थसाश्त्री,इतिहासकार,साम्यवादी एवं क्रान्तिकारी ब्याक्तित्वका धनी कार्ल माक्स र उनको बिचार सिद्धान्तको आधारमा बर्तमान साम्यवादी ( कम्युनिज्म) बिचारको सन १८४८ मा जन्म भएको हो ।
माक्सको भनाइ थियो सम्पुर्ण इतिहास बर्गसंघर्षको इतिहास हो । पुरानो सामाजिक आर्थिक प्रणाली सरह पुँजीवाद पनि आन्तरिक समस्याको कारण बिनाश भएर जानेछ ।
जसरी सामन्तवादको स्थान पुँजीवादले लियो । त्यसैगरी नै समाजवादले पनि पुँजीवादको स्थान लिनेछ । त्यसपछि मात्रै राज्यबिहिन बर्गबिहिन समाज स्थापना हुन्छ ।
त्यसलाई भनिन्छ कम्युनिस्ट साम्यवाद । हाम्रो देशमा कम्युनिस्ट नामका पसल (दोकान) खोलेर राजनीतिमा सत्ताको बारगेलिन गर्नेहरु कम्युनिस्ट माक्सवादी हुदै होइनन् कम्युनिस्टका नाममा दलाल गरेर राजनीति जिबिकोपार्जन गर्ने दलालहरु मात्रै हुन ।
यीनीहरु माक्सवादलाई पुरानो भइसकेको काम नलाग्ने बिचार हो भन्छन । तर यो उनिहरुको सङकिर्णवादी बर्गिय राजनीतिक सोचको परिणाम हो ।
पहिलो बिषय माक्सवाद राजनीतिक दार्शनिक पद्धति मात्र नभएर प्रकृति र मानवबीचको द्धन्दात्मक भौतिक सम्बन्ध प्रकृति र समाज बिकासको द्धन्दात्मक चरित्र हो ।
सामाजिक दर्शनको पक्षबाट मार्क्सवादलाई हेर्ने हो भने मार्क्सले मानव प्रकृति र सामाजिक उत्पादनलाई अभिन्न द्धन्दात्मक अन्तरसम्बन्ध र आत्मनिर्भरता तथा स्वायत्तता सम्म हेरेका छन ।
आज कम्युनिस्ट माक्सवादी आन्दोलनले बिश्वब्यापी रुपमा गम्भीर पराजय र धक्काको सामना गर्नुपरेको छ । त्यसका एकथरी मानिसहरुले कम्युनिस्ट माक्सवादी आन्दोलनको यो पराजय र धक्कालाई इतिहासको अन्त्य भन्दछन । कतिपय कम्युनिस्ट हौ भन्नेहरुबाटै माक्सवादलाई पुरानो बिचारका रुपमा ब्याख्या र तर्क गर्दछन । तर चिन्तनको इतिहासको अन्त्य भयो भने बुद्धिजीवीहरुले उत्तर आधुनिक चिन्तनलाई बिचारधाराको केन्द्रबिन्दु बनाएका छन ।
जसरी पहिले प्राचीनतालाई पछौटेपन भनिन्थ्यो त्यसरी अहिले उत्तर आधुनिकतावादी चिन्तनलाई पछौटेपन पनि भन्न थालिएको छ । पुँजीवादको चुनौती मार्क्सवाद नै भएको बिषयमा दुबिधा छैन ।
तसर्थ, मानवसमाजको बिकास क्रममा सभन्दा उन्त आधुनिक मानवतावादी बैज्ञानिक, राजनीतिक आर्थिक चिन्तनका रुपमा माक्सवादको जबर्जस्त स्थान लिदै आएको छ ।
साम्यवादी बिचारधारा एउटा यस्तो महान बिचारधारा हो । जसको पक्षमा इतिहासमा बिश्वका करोडौं जनता अबद्ध भएका छन ।
कम्युनिस्ट माक्सवादीहरुले क्रान्तिको लागि कष्टकर जीवन जिउदै कम्युनिस्ट दर्शन र सिद्धान्त पालाना गरेका पनि छन । हाम्रो जस्तो देशमा कम्युनिस्ट दर्शन सिद्धान्त बिपरित कम्युनिस्ट नामका पार्टी र ब्याक्तीहरुको ब्यवहारले कम्युनिस्ट मार्क्सवाद प्रति नै बिस्तृष्णा बढाउने काम गरेका छन ।