Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, April 13, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यका साथ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान गठित

Sambridinews by Sambridinews
बिहिबार, जेष्ठ ३, २०८१
in विचार
0
प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यका साथ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान गठित
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • डोरमणि पौडेल

स्वास्थ्य सेवाको दयनीय अवस्थालाई उकास्ने र उच्चस्तरीय अध्ययन अनुसन्धान तथा चिकित्सा शिक्षा सञ्चालन गर्नेगरी तत्कालिन बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन तथा संचालनको उद्देश्यका साथ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ तर्जुमा गर्यो ।

प्रदेश सभाबाट पारित भै २०७६ असोज २ गते प्रदेश राजपत्रमा प्रकाशित उक्त ऐनको दफा १५ को उपदफा (२) को कानुनी व्यवस्थाअनुसार प्रतिष्ठान हेटौंडा अस्पतालमा हस्तान्तरण भइसकेको छ । उक्त अस्पताल प्रतिष्ठानलाई हस्तान्तरण गर्नुअघि अत्यन्तै नाजुक अवस्थामा रहेको थियो । हामीले प्रतिनिधिका रुपमा जिम्मेवारी लिइरहेको समयमा स्थानीय नागरिकको गुनासाहरु धेरै सुन्यौ ति गुनासाहरुको अध्ययनगर्दा मुख्यगरी दुईवटा समस्या रहेको देखियो । यसलाई मेडिकल कलेजका रुपमा संचालनमा ल्याउनुपर्ने र हेटौंडा अस्पताललार्ई रिफर सेन्टरका रुपमा राखी विचौलियाबाट टाढा राख्नुपर्ने ।

You might also like

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

यी दुबै विषयलाई मननगरी जनतालाई प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने संस्थाका रुपमा प्रतिष्ठान संचालन गर्नु अपरिहार्य ठानी राज्य पुनसंरचना पछिको पहिलो प्रदेश सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गर्न अनिवार्य भएको महसुस गरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गरी संचालन गरेको हो ।

प्रतिष्ठान अन्तर्गत रहेको हेटौंडा अस्पताल संचालन तथा व्यवस्थापनका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (अस्पताल संचालन तथा व्यवस्थापन) नियमावली, २०७७ को नियम ३ को व्यवस्थाले प्रतिष्ठान कै रजिष्ट्रार अध्यक्ष रहने भनेअनुसार कार्य भइरहेको र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले नै अस्पताल संचालनगरी सेवाप्रदान गरिरहेको तथ्य सम्पूर्णलाई जानकारी भएको विषय हो ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पताल सञ्चालन गरे पश्चात अस्पतालको सुविधामा उल्लेख्य प्रगतिहरु भएका छन्

(१) गुणस्तरीय ओपिडि सेवा, आकस्मिक सेवा, जेष्ठ नागरिक विशेष सेवा, डायलासीस, स्त्री, प्रजनन रोग तथा प्रसुती सम्बन्धी स्तरीय सेवा, सघन उपचार सेवा(आइसियु, एचडियु), लगायतका सेवाहरु, अत्याधुनिक उपकरणबाट ल्याव संचालन, एमआरआइ, सिटीस्क्यान लगायतका सम्पूर्ण सेवा, ५ सय बेडलाई पुग्नेगरी अक्सिजन प्लान्ट रहेको, ३५ जना विषेशज्ञसहित ८७ जना चिकित्सक गरी कूल २ सय ५० स्वास्थ्कर्मी तथा कर्मचारीले दैनिक सेवा दिइरहेको अवस्था छ । हाल अस्पतालमा दैनिक १५ वटा सानाठूला शल्यक्रिया (अप्रेसन) भइरहेको अवस्था छ ।

(२) मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत आउनुअघि सयबेडमा रहेको अस्पताल हाल तीनसय वेड संचालनमा छ । प्रतिष्ठानले निकट भविष्यमै पाँचसय वेडकोे सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गर्न लागिपरेको छ ।

(३) आमनागरिकको अस्पतालप्रतिको भरोसा र विश्वासमा बृद्धि भएको छ । अस्पतालमा हाल दैनिक औसत १२ सय सेवाग्राहीहरुले सेवा लिइरहेको छन् । अस्पतालको विश्वसनीयता बढेसँगै अप्रेसन सेवाको लागि महिनौसम्म प्रतिक्षा गर्नुपर्ने अवस्था हटेको छ ।

(४) संघीय सरकारबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि विनियोजन भएको १ अर्ब रुपैयाँ प्रतिष्ठानले प्राप्तगरी अस्पताल स्तररोन्नति, अत्याधुनिक भवन निर्माण, उपकरण खरिद लागयत अस्पतालालाई सुविधासम्पन्न गर्दै हाल भौतिक तथा प्राविधिक रुपमा सबल हुँदै आएको सबैले आभाष गरेको तथ्य सर्वविदि छ ।

(५) अस्पतालले नेपाल सरकारले तोकेको निःशुल्क प्राप्त गर्ने ओषधी तथा स्वास्थ्य सेवा एवं स्वास्थ्य बिमामार्फत प्राप्तगर्ने सुविधा निर्वाध रुपमा प्रदान गरिरहेको छ । नेपाल सरकारले तोकेभन्दा सस्तो दरमा सेवा उपलब्ध गराइदै आएको छ । हेटौंडा अस्पताल प्रतिष्ठान अन्तर्गत सञ्चालनमा आएपछि स्वास्थ्य सेवा विस्तार पछि स्वास्थ्य सेवा सर्वसुलभ हुदै आएको छ ।

(६) विगतमा हेटौंडा अस्पताललाई रिफर सेन्टर भनि आमधारणा बनेकोमा हाल जिल्ला भित्र र जिल्ला बाहिरका नागरिकका लागि भरोसायोग्य अस्पतालको रुपमा विकास भएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले अध्ययन अनुसन्धान र चिकित्सा शिक्षाको क्षेत्रमा गरेका उल्लेख्य कामहरु

१) यस प्रतिष्ठानमा स्वास्थ्य विज्ञानअन्तर्गतका विभिन्न विषयहरुको अध्यापन भइरहेको छ जसमा २ सय ७० जना विद्यार्थीहरु अध्ययनरत छन् । प्रतिष्ठाले आगामी दिनमा अझ धेरै विद्यार्थी समेट्ने व्यवस्था गर्दैछ । प्रतिष्ठानमा हाल स्नातक तहको बिएस्सी नर्सिङ र फार्मेसी सम्बन्धि पठनपाठन हेटौंडा–४ हुप्राचौरमा गर्दै आएको छ । जनस्वास्थ्य सम्बन्धि अध्यापन हेटौंडा–११, नवलपुरमा र ल्याब मेडिसिन गौरीटारमा गर्दै आएको छ ।

२) निकट भविष्यमा एमबिबिएसको पठन पाठन शुरुगर्ने तयारी भइरहेको छ । अस्पताललाई पाँचसय वेडको विस्तार गर्ने काम तिव्र गतिमा अगाडि बढेको छ । बेसिक हेल्थ साइन्स सम्बन्धि पठनपाठनका लागि प्रतिष्ठानले ५५ करोडको लगानीमा हेटौंडा–१०, टिसिएनमा अत्याधुनिक भवन निर्माण गरिरहेको छ ।

३) प्रतिष्ठानले स्वास्थ्य सेवाका लागि विज्ञ चिकित्सक तथा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखी काम गरिरहेकेको हुँदा केहि वर्षभित्रै प्रतिष्ठानबाट शिक्षा लिएका स्वास्थ्यकर्मीहरु स्वास्थ्य सेवाका लागि स्वास्थ्य क्षेत्रमा आउने अवस्था छ ।

प्रतिष्ठान तथा अस्पतालबारे भ्रम उत्पन्न हुनेगरी आउने गरेका विषयहरु र यर्थातता :

१) प्रतिष्ठानले नेपाल सरकारबाट स्वीकृत भएको स्वास्थ्य सेवा र शिक्षा नीतिअनुरुप काम गर्ने हुँदा अस्पताल पूर्णत सरकारी अस्पताल हो । अस्पताल सेवा तथा स्वास्थ्य शिक्षा समेत सरकारी नीति नियमअनुसार नै संचालन हुने हो । तथ्य विपरित आउने अभिव्यक्तिमा कुनै सत्यता छैन ।

२) संघीयता कार्यन्वयनसँगै जिल्ला अस्पतालको अवधारणमा परिवर्तन आइसकेको छ । सबैखाले जिल्ला अस्पताल प्रदेश अस्पतालमा परिवर्तन भइसकेका छन् । यो प्रतिष्ठानले संचालन गरेको अस्पताल हाम्रै हेटौंडा अस्पताल हो, यसको अस्तित्व र ईतिहास मेटिएको छैन । थप सुदृढ र सक्षम हुँदै गएको छ । यसमा हामी मकवानपुरबासीले गर्व गर्नु पर्दछ ।

३) प्रदेश राजधानीको स्वास्थ्य सेवाको विकास र विस्तारमा करिव ५ वर्षकै अवधिमा ठूलो फड्को मारेको छ । स्वास्थ्य सेवामा मकवानपुरबासी आत्मनिर्भर बन्दै गएका छन् । जिल्ला बाहिरका बिरामी समेत उपचार गर्न आउने वातावरण बनेको यथर्थतालाई सबैले मनन गर्नु पर्दछ । कुनैपनि वहानामा प्रतिष्ठानले प्रदान गर्ने सेवा सुविधा कटौती हुने आमनागरिकले लिने स्वास्थ्य सेवामा कटौती हुनेगरी गरिने सबैखाले प्रयास अभिव्यक्ति र टिप्पणीलाई हामीले कडा रुपमा प्रतिवादगरी प्रतिष्ठानको स्वायत्तता र स्थायित्वका लागि खवरदारी गर्नु पर्ने आवश्क्ता छ ।

४) प्रतिष्ठान अन्तर्गतको स्वास्थ्य सेवा र स्वास्थ्य विज्ञानको क्षेत्रमा अध्ययन अनुसन्धानका लागि भइरहेका काम आमनगरिकका लागि नै हो । यसको संरक्षण गर्ने, जगेर्ना गर्ने दायित्व हामी सबैको हो । तसर्थ सबैले सचेत रही यसको संरक्षण र विकासमा लाग्न आवश्यक छ ।

५) बागमती प्रदेशको यस अघिको सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौंडा अस्पताललाई अलग गर्ने प्रयास गरेकोमा सो बिरुद्ध सम्मानित सर्वोच्च अदालतमा प्रतिष्ठानबाट रिट दर्ता गरेकोमा अदालतले प्रतिष्ठानबाट हेटौंडा अस्पताललाई अलग गर्न नमिल्ले निर्णय गरिसकेको हुँदा कानुनी रुपमा भएको व्यवस्थालाई अदालतको निर्णयद्वारा पुनर्पुष्टी गरिसकेको हुदाँ प्रतिष्ठानसँग हेटौंडा अस्पताललाई अलग गर्नुपर्छ भन्ने अभिव्यक्ति, भ्रम, कुण्ठा र राजनैतिक प्रतिशोध बाहेक केहि होइन भन्ने तथ्य सबैले बुझ्नु पर्दछ ।

६) नेपालमा संचालन भइरहेका पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पाटन अस्पताल, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सुनसरी जिल्ला अस्पताल, त्यस्तै प्रादेशिक अस्पताल जनकपुर धाम मधेश प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत संचालन भइरहेको हँुदा हेटौंडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत संचालन भएको विषयलाई अतिरञ्जित गरी भ्रम पार्न खोजिएकोले भ्र्रममा नपर्न सबैमा आग्रह गर्दछु ।

प्रतिष्ठान संचालन लागि गर्नुपर्ने थपकार्य र अपेक्षा :

१) मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (अस्पताल संचालन तथा व्यवस्थापन) नियमावली, २०७७ को कानुनी व्यवस्थाले प्रतिष्ठान प्रदेशको संसदले तर्जुमा गरेको ऐन अन्तर्गत संचालित संस्था हो । हेटौंडा अस्पताल सोही अन्तरगत नै संचालित छ । २०७८ बैशाख ५ गते को अस्पताल व्यवस्थापन समितिको बैठकले सम्पूर्ण अस्पतालको सम्पत्ति समेत हस्तान्तरण भइसकेकोमा ऐन नियमावलीले व्यवस्थान गरेका पदहरु कायम नै रहेको प्रतिष्ठानले कानुन बमोजिम स्वायत्त रुपमा गर्न पाउने काममा कानुन विपरितका अवरोधहरु भएका कारण कयौं विषयहरुमा द्विवीधा र भ्रम श्रृजना भएकाछन् ।

तसर्थ, बागमती प्रदेश सरकारकाले प्रतिष्ठान सञ्चालन सम्बन्धी ऐन, नियमावलीको व्यवस्था विपरितका पदहरु खारेजी गर्ने, अस्पताल र प्रतिष्ठान छुट्टै हो भन्ने आभाष दिनेगरी कायम रहेका सबै संरचना र व्यवस्थाहरु पूर्णरुपमा हटाई पूर्ण स्वायत्तता प्रतिष्ठानमा रहने गरी उयर्युक्त निर्णय यथासिघ्र गरि अवाश्यक कार्य तथा निर्देशन गर्न अनुरोध गर्दछु ।

२) मकवानपुरको स्वस्थ्य सेवाको विस्तारका लागि छुट्टै अस्पताल समेत आवश्यक रहेको भन्ने सन्दर्भमा बागमती प्रदेश अस्पताल स्थापनाको गृहकार्य भइरहेको भन्ने जानकारी प्राप्त भएकोमा यसको स्वागत गर्दछु र यथासिघ्र मकवानपुर जिल्लाको पूर्वी क्षेत्र र सिन्धुली जिल्लाको क्षेत्र समेतलाई सेवा प्रदानगर्ने गरी मकवानपुर जिल्लाको उपयुक्त स्थानमा प्रदेश अस्पताल स्थापना यथासिघ्र गर्न बागमती प्रदेश सरकार समक्ष आग्रह गर्दछु ।

३) मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बागमती प्रदेशको गौरवको योजना र कार्यक्रम हो । यसले देशका अन्य सहरमा जस्तै गुणस्तरीय स्वास्थ्य सेवा सुविधा प्रदानगर्ने र स्वास्थ्य शिक्षाको गन्तव्य बनाउने गरी कार्य गरिरहेको छ । यसको जगेर्ना र विकासमा लाग्नु हामी सबैको दायित्व र कर्तव्य पनि हो । कानून बमोजिम स्थापना भइ सञ्चालन भइरहेको संस्थाको विकासमा योगदान गर्नु पर्नेमा सर्वाभौम संसदले बनाएको कानूनी व्यवस्था विपरित आउने विचार र अभिव्यक्तिले भ्रममात्र श्रृजना गर्दछ ।

साथै, यथार्थ विपरित आउने अभिव्यक्ति तथा हल्लाहरुको विश्वास नगर्न र स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षामा मकवानपुरले प्राप्त गर्दै आएको उपलब्धिको रक्षा र थप उपलिब्ध प्राप्तगर्ने काममा आआफ्नो ठाउँबाट सचेत भई योगदान गर्न सम्पूर्ण जिल्लाबासी सचेत नागरिकमा हार्दिक आव्हान गर्दछु ।

आगामी दिनमा प्रतिष्ठानको विकास र उन्नतीबाट स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षामा ठूलो उपलब्धी प्राप्तहुने र त्यसको प्रत्यक्ष अनुभुती आमनागरिकले गर्ने विश्वास लिएको छु ।

Related

Previous Post

एनसेल ‘सधैँ अन’, डिजिटल भविष्यको पाइला, अब हुँदैन ब्यालेन्स सकिने डर

Next Post

सुनकोशी – मरिन डाभईभर्सनः २६ परिवारका १ सय १६ जना विस्थापित हुने

Sambridinews

Sambridinews

Related Posts

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

by Sambridinews
आइतवार, माघ १९, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

by Sambridinews
शनिबार, माघ ४, २०८२
हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग
विचार

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ
विचार

जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ

by Sambridinews
शनिबार, मंसिर २१, २०८२
Next Post
सुनकोशी – मरिन डाभईभर्सनः २६ परिवारका १ सय १६ जना विस्थापित हुने

सुनकोशी - मरिन डाभईभर्सनः २६ परिवारका १ सय १६ जना विस्थापित हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एनआइएमबि एस क्यापिटलको पहिलो ‘इन्भेस्टर्स सर्कल’ सम्पन्न

एनआइएमबि एस क्यापिटलको पहिलो ‘इन्भेस्टर्स सर्कल’ सम्पन्न

बिहिबार, अशोज ३, २०८१
नेपालीको प्रतिव्यक्ति आय अमेरिकी डलर एक हजार तीन सय ९९

आइतबारका लागि यस्ताे छ विदेशी मुद्राको विनिमय दर

आइतवार, पुस २१, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एनटीसीले ल्यायो नयाँ वर्ष २०८३ को अफर
FEATURED

एनटीसीले ल्यायो नयाँ वर्ष २०८३ को अफर

सोमवार, चैत्र ३०, २०८२
कोका-कोला नेपालले सुरु गर्‍यो फिफा वर्ल्ड कप २०२६ अभियान
FEATURED

कोका-कोला नेपालले सुरु गर्‍यो फिफा वर्ल्ड कप २०२६ अभियान

सोमवार, चैत्र ३०, २०८२
नेपाल होस्टल एसोसिएसन काठमाडौंद्वारा नयाँ वर्ष २०८३ सालका अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन सम्पन्न
TOP STORIES

नेपाल होस्टल एसोसिएसन काठमाडौंद्वारा नयाँ वर्ष २०८३ सालका अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन सम्पन्न

सोमवार, चैत्र ३०, २०८२
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
TOP STORIES

राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

आइतवार, चैत्र २९, २०८२
राष्ट्रपति पौडेलबाट चेम्बर अफ कमर्सको हीरक जयन्ती वर्ष ७५औँ साधारण सभा समुद्घाटन, विभिन्न विधामा ९ सम्मानित
FEATURED

राष्ट्रपति पौडेलबाट चेम्बर अफ कमर्सको हीरक जयन्ती वर्ष ७५औँ साधारण सभा समुद्घाटन, विभिन्न विधामा ९ सम्मानित

शनिबार, चैत्र २८, २०८२
एन आई सी एशिया बैंकद्वारा बर्दगोरिया, कैलालीस्थित सहारा घरलाई आवश्यक सामग्री सहयोग
TOP STORIES

एन आई सी एशिया बैंकद्वारा बर्दगोरिया, कैलालीस्थित सहारा घरलाई आवश्यक सामग्री सहयोग

शनिबार, चैत्र २८, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In