Latest Post

वात्सल्य एभरेष्ट महिला भलिबल लिग पुनः सञ्चालन 

वात्सल्य एभरेष्ट महिला भलिबल लिग पुनः सञ्चालन 

वात्सल्य एभरेष्ट महिला भलिबल लिग (EWV) को दोस्रो संस्करणका बाँकी खेलहरू आगामी कार्तिक २६ देखि २९ (नोभेम्बर १२ देखि १५ ) सम्म पुनः सञ्चालन हुने भएको छ। यस सम्बन्धमा नेपाल भलिबल संघबाट आधिकारिक स्वीकृति प्राप्त भएको छ।लिगको १६ मध्ये ९ खेल सम्पन्न भईसकेको छ ।बाँकी खेलहरू काठमाडौंमै सम्पन्न गर्ने  तयारी तीव्र गतिमा अगाडि बढिरहेको छ र संशोधित खेल तालिका चाँडै सार्वजनिक गरिनेछ। लिगको पहिलो चरण राष्ट्रिय जेन-जी आन्दोलनका कारण अस्थायी रूपमा प्रभावित भई खेलहरू स्थगित भएका थिए।  अप्रत्याशित चुनौतीहरू सामना गर्दै वात्सल्य EWV दोस्रो संस्करण सम्पन्न गर्ने दृढ संकल्पमा अडिग छ। यस लिगको उद्देश्य महिला खेलाडीहरूको सशक्तीकरण, देशभर भलिबलको प्रवर्द्धन, र नेपालको खेल समुदायको सुदृढीकरण नै हो।  हामीसकारात्मक ऊर्जा सहित पुनः उठ्ने प्रतिबद्धता जनाउँछौं र यो यात्रालाई निरन्तरता दिनेछौं। लिगको यो निर्णय धैर्य, सहकार्य र जोशको प्रतीक हो।  नेपाल भलिबल संघ र सबै सहभागी टोलीहरूको समर्थनमा, लिग आफ्नो दोस्रो संस्करणलाई रोमाञ्चक र प्रेरणादायी रूपमा सम्पन्न गर्न तयार छ।  हामी फर्किंदैछौं - अझ बलियो, एकताबद्ध र खेलप्रतिको प्रेमसहित! 

फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने

फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने

१८ कात्तिक, काठमाडौं । आगामी फागुन २१ को चुनावमा लागि मतपेटिका नयाँ खरिद गर्न नपर्ने भएको छ । यसअघि प्रयोग...

सन नेपाल लाइफ इन्स्योरेन्स ‘BBB+’ रेटिङमा

सन नेपाल लाइफ इन्स्योरेन्स ‘BBB+’ रेटिङमा

काठमाडौं/ सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वित्तीय सुदृढता र दायित्व पूरा गर्ने क्षमतामा उल्लेखनीय सुधार गर्दै केयर रेटिङ्स नेपाल...

तेह्रथुम पावर कम्पनी लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न

तेह्रथुम पावर कम्पनी लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न

कार्तिक १७ , काठमाडौं । तेह्रथुम पावर कम्पनीले आठौं बार्षिक साधारण सभा अनुपम फुडल्याड व्याङ्केट, बत्तिसपुतली, काठमाडौंमा सम्पन्न भएको छ...

मिस्टिक माउन्टेन टेनिसको तयारी पूरा

मिस्टिक माउन्टेन टेनिसको तयारी पूरा

काठमाडौं, कात्तिक १७ , होटल मिस्टिक माउन्टेनको आयोजनामा होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको...

‘परान’ले छोयो यति एयरलाइन्स परिवारको मन

‘परान’ले छोयो यति एयरलाइन्स परिवारको मन

काठमाडौं। ‘परान’ ले दर्शकको चौतर्फी प्रशंसा पाउन थालेपछि यति एयरलाइन्स परिवारले पनि आफ्ना कर्मचारी तथा कर्मचारीका अभिभावकसहित केएल टावरको एफक्यू सिनेमा...

राष्ट्रपति पौडेल कतार प्रस्थान

राष्ट्रपति पौडेल कतार प्रस्थान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज कतारतर्फ प्रस्थान गरेका छन् । बिहान करिब ९:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका...

सरकारले फिर्ता बोलाएका ११ राजदूत तत्काल नफर्कने सर्वोच्चको अन्तरिम आदेश

सरकारले फिर्ता बोलाएका ११ राजदूत तत्काल नफर्कने सर्वोच्चको अन्तरिम आदेश

काठमाडौ , कार्तिक १७, आइतबार न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी...

कार्तिक २१ गतेदेखि नास आईटी (NAS-IT) एक्सपो २०२५ हुँदै

कार्तिक २१ गतेदेखि नास आईटी (NAS-IT) एक्सपो २०२५ हुँदै

काठमाडौं । कार्तिक १६, नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज (नास आईटी) ले आउँदो कात्तिक २१ र २२...

लुम्बिनीलायन्सएन्थमसार्वजनिक

लुम्बिनीलायन्सएन्थमसार्वजनिक

भैरहवा, १५ कार्तिक : लुम्बिनी लायन्सले एन पि एलको संघारमा आफ्नो अफिसियल एन्थम् (गीत) 'स्याबास!' सार्वजनिक गरेको छ। बुद्द दर्शन र खेललाइ एउटै बिम्बमा उनिएको यो कवितात्मक एन्थममा नवराज पराजुलीको शब्द र स्वर रहेको छ। यो एन्थम मुख्यत दर्शकको भावबाट लेखिएको कुरा सर्जक नवराज पराजुली बताउँछन्। मैदानमा हुने ११ जना खेलाडीजस्तै  मैदानबाहिरका दर्शक पनि खेलमा होमिएका हुन्छन्। ती दर्शकलाइ बाह्रौँ खेलाडीको रुपमा एन्थममा समेटिएको छ: हामी लुम्बिनीको बाह्रौँ खेलाडी बन्छौँ आँफै आफ्नो काँधमा धाप मारेर भन्छौँ स्याबास् ! सर्जक भन्छन्, “जब लुम्बिनी लायन्सको खेल भइरहेको हुन्छ, त्यसबेला दर्शकहरुले आफ्नो टिमलाइ जे भन्न मन लाग्छ, एन्थममा ती पंतिहरु समेटिएका छन्।” बुद्द दर्शनमा भएको ध्यान र स्वासको महानतालाइ खेलको भाषामा एन्थममा प्रस्तुत गरिएको छ: खेल जित्दा आयो सास, खेल खेल्दा गयो सास आयो सास गयो सास, सासलाइ हेरिरह्यो सास आउने जाने सासलाइ बनाएर साहस लुम्बिनीले यस्तो खेल्यो सासले भन्यो, “क्या बात् ! स्याबास !” एन्थमको संगीत संयोजन उज्वल सागरले गरेका हुन्। लिरिकल भिडियोको निर्माण बिबेक निशानीले गरेका हुन्।...

Page 137 of 772 1 … 136 137 138 … 772

Recommended

Don't miss it

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.