कार्तिक १७ , काठमाडौं । तेह्रथुम पावर कम्पनीले आठौं बार्षिक साधारण सभा अनुपम फुडल्याड व्याङ्केट, बत्तिसपुतली, काठमाडौंमा सम्पन्न भएको छ ।

तेह्रथुम पावर कम्पनीका अध्यक्ष भूपतिलाल श्रेष्ठले आठौं बार्षिक साधारण सभामा कम्पनीको बार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीले निर्माण सम्पन्न गरेको माथिल्लो खोरुङ्गा खोला साना जलविद्युत आयोजना (७.५ मे.वा.) र निमार्णको अन्तिम तयारीमा रहेको खोरुङ्गा-ताङ्गमाया खोला जलविद्युत आयोजना (२.०० मे.वा.) निर्माणको लागि लगानी गर्नुहुने शेयरधनी महानुभावहरु, प्रमुख अतिथी, अतिथीज्यूहरु, सम्बन्धित सरोकारवाला सरकारी निकायका प्रतिनिधी ज्यूहरु, पत्रकार मित्रहरु, लेखापरिक्षकज्यू, बैंक तथा वित्तिय संस्थाका प्रतिनिधीज्यूहरु, जिल्लाबासी दाजुभाई तथा दिदीवहिनी र कम्पनीमा संलग्न कर्मचारीहरूमा कम्पनीको तर्फबाट हार्दिक आभार व्यक्त गर्नु भएको छ ।
अध्यक्ष श्रेष्ठले बार्षिक साधारण सभामा कम्पनीको छैठौ साधारण सभाबाट पारित भएको १=१ (एक अनुपात एक) को हकप्रद शेयर चालु आ.व.२०८२/०८३ जारी गर्ने सम्पूर्ण प्रकृया पुरा भई सम्बन्धित निकायमा हकप्रद शेयर दर्ता समेत भईसकेको व्यहोरा जानकारी गराउनु भएको थियो । हकप्रद शेयरको बिक्री तया लिलामी प्रकृया समेतबाट संकलित जम्मा रु.४९,७६,३१,७०४ उन्नपचास करोड छहत्तर लाख एकतीस हजार सातसय चार संकलन भएकोमा रु. ९,७६,३१,७०४ बराबरको शेयर प्रिमियम कोष खडा गरी कम्पनीको घोषित योजना मुताबिक तीन वटै बैंकहरुलाई समानुपातिक रुपमा ऋण भुक्तानी गरिएकोको छ । चालु आ।व। २०८२र०८३ को असोज मसान्तमा कम्पनीले तीनवटा बैंकहरुलाई चुक्ता गर्नुपर्ने खुद दायित्व ४०,६५,०६,००६र५३ चालिस करोड पैसठी लाख छ हजार ६ रुपैया रहेको छ । रु.१५,४९,४६,०६५ पन्ध्र करोड उन्नपचास लाख छयालिस हजार पैसठी रहेको अधिल्लो आ.व. २०८० ÷०८१ को भन्दा आ.व. २०८१ ÷०८२ मा रु. २,६०,१६,१७१ अक्षरुपी दई करोड साठी लाख सोह्र हजार एकसय एकहत्तरले आयमा वृद्धि भएको जानकारी गराउनु भयो । अधिल्लो आर्थिक बर्षको लेखा परिक्षक के दाहाल एण्ड एशोसिएटलाई नै पुन लेखा परिक्षकमा नियुक्त गरेको छ ।
अध्यक्ष श्रेष्ठल निजी क्षेत्रलाई सहभागी गराउने उद्देश्य लिएको हुनाले विद्युत उत्पादनमा मात्र उर्जा उत्पादकहरु सिमित हुन नपर्ने अवस्था श्रृजना हुनु उर्जा क्षेत्रको लागी सकारात्मक संकेतको रुपमा लिन सकिने बताउनु भयो ।














