पाँच हजार अमेरिकी डलर पुरस्कार राशीको २०२५ पब्जी मोबाईल नेपाल सिरिजको ग्राण्ड फिनाले शुरू
काठमाडौँ, आश्विन ७ – नेपालमा अत्याधिक रुचाइएको ईस्पोर्ट्स पब्जीको बहुप्रतिक्षित प्रतियोगिता २०२५ पब्जी मोबाईल नेपाल सिरिजको ग्राण्ड फिनाले आधिकारिक रूपमा शुरु भएको छ। प्रतियोगिताको ओपन क्वालिफायर भदौ १० गतेदेखि सुरु भएको थियो। कुल पाँच हजार अमेरिकी डलरको पुरस्कार राशि राखिएको यसपटकको श्रृंखलामा देशभरिबाट ११,००० भन्दा बढी खेलाडीहरूको उत्साहजनक सहभागिता देखिएको छ। तीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष १६ टोलीले डिसेम्बर २०२५ मा हुने पब्जी मोबाईल स्टार च्यालेन्ज मा सहभागिता जनाउने अवसर प्राप्त गरेका छन्। प्रतियोगिताको संरचना र अवधारणास्थानीय समुदायलाई ध्यानमा राखेर आयोजना गरिएको यस ई–स्पोर्ट्स प्रतियोगिताले नयाँ पुस्ताका गेमरहरूलाई आफ्नो प्रतिभा देखाउन र प्रतिस्पर्धात्मक अनुभव लिन एक वास्तविक प्लेटफर्म उपलब्ध गराएको छ। साथै यस वर्ष पहिलो पटक फ्रान्चाइज स्टाइलको फर्म्याट अपनाइएको छ, जसअन्तर्गत शीर्ष १६ टोलीले राष्ट्रिय उपाधिका लागि प्रतिस्पर्धा गर्नुको साथै प्रख्यात गेमिङ क्रिएटर र कन्टेन्ट पर्सनालिटीहरूसँग सहकार्य गर्ने विशेष अवसर समेत पाउनेछन्। यसले प्रतिस्पर्धात्मक अनुशासनलाई इन्फ्लुएन्सर–केन्द्रित सहभागितासँग मिसाउनेछ। प्रतियोगीहरूको क्षमता, रणनीति र टोलीगत समन्वयलाई परिक्षण गर्न प्रतियोगिता विभिन्न चरणमा विभाजित गरिएको छ: ●ओपन क्वालिफायर : अगष्ट २६–३१ ●राउण्ड अफ १२८ : सेप्टेम्बर ३–४ ●राउण्ड अफ ६४ : सेप्टेम्बर ५–६ ●प्ले अफ : सेप्टेम्बर १९–२१ ●ग्राण्ड फिनाले : सेप्टेम्बर २२–२४ ...


















