TOP STORIES

विश्व वातावरण दिवस: बजारमुखी प्रविधिले होइन, मानव र प्रकृतिमैत्री अर्थतन्त्रले मात्र जलवायु न्याय सम्भव

काठमाडौँ, २३ जेठ, विश्व वातावरण दिवसको अवसर पारेर राजधानीमा एक दिने ‘युवा, लैङ्गिक समानता तथा जलवायु न्याय’ विषयक ह्याकाथन कार्यक्रम...

Read more

एलजीनेपालद्वारा “Game on with LG AI TV” अभियानसार्वजनिक, फुटबलहेर्नेअनुभवलाई नयाँउचाइमापुर्‍याउनेलक्ष्य 

एलजी इलेक्ट्रोनिक्स नेपालले फुटबलप्रेमी दर्शकहरूलाई लक्षित गर्दै आफ्नो नवीनतम “Game on with LG AI TV” अभियान सार्वजनिक गरेको छ। यस अभियानमार्फत फुटबलका हरेक खेललाई उत्कृष्ट दृश्य गुणस्तर, जीवन्त ध्वनि तथा एलजीको अत्याधुनिक एआई प्रविधिको साथ अझ रोमाञ्चक र वास्तविक रूपमा अनुभव गर्न सकिने कम्पनीले जनाएको छ।  विश्वप्रसिद्ध LG OLED Display प्रविधिद्वारा सञ्चालित यी टेलिभिजनहरू हरेक गोल, उत्कृष्ट बचाउ र उत्सवका क्षणलाई जीवन्त बनाउँदै दर्शकलाई मैदानकै नजिक रहेको अनुभूति दिलाउन डिजाइन गरिएको छ। अभियानलाई अझ आकर्षक बनाउन एलजीले चयनित टिभी मोडलहरूमा ४ वर्षको पूर्ण वारेन्टी प्रदान गर्ने घोषणा गरेको छ, जसअन्तर्गत ३ वर्षको स्ट्यान्डर्ड वारेन्टी र १ वर्षको अतिरिक्त विस्तारित वारेन्टी समावेश रहेको छ। यस सुविधामार्फत ग्राहकहरूले यस वर्षको फुटबल रोमाञ्च मात्र नभई आगामी वर्षहरूमा पनि ढुक्कका साथ मनोरञ्जनको अनुभव लिन सक्ने कम्पनीको विश्वास छ। यो सुविधा गुणस्तरीय, भरपर्दो तथा दीर्घकालीन उत्पादन उपलब्ध गराउने एलजीको प्रतिबद्धताको प्रतिबिम्ब हो।  ग्राहकलाई टिभी खरिद अझ सहज बनाउन एलजी इलेक्ट्रोनिक्स नेपालले चयनित मोडलहरूमा ३० प्रतिशतसम्म क्यासब्याक, नोकस्ट ईएमआई, उत्कृष्ट एक्सचेन्ज मूल्याङ्कन तथा प्राथमिकता प्राप्त इन्स्टलेसन सेवा समेत उपलब्ध गराएको छ। यो विशेष अफर २०८३ जेठ २१ गते (जुन ४, २०२६) देखि साउन ४ गते (जुलाई १९, २०२६) सम्म नेपालभरका आधिकारिक एलजी विक्रेतामार्फत लागू हुनेछ।  यस अभियानले फुटबलप्रेमीहरूलाई आफ्नो घरमै अत्याधुनिक प्रविधियुक्त LG AI TV मार्फत खेल हेर्ने अनुभवलाई थप स्तरीय बनाउन प्रेरित गर्ने अपेक्षा गरिएको छ।  एलजी इलेक्ट्रोनिक्सबारे  एलजी इलेक्ट्रोनिक्स गृह उपकरण, उपभोक्ता इलेक्ट्रोनिक्स तथा एयर सोलुसन क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी हो। नवीन प्रविधि, ऊर्जा-दक्ष उत्पादन तथा ग्राहककेन्द्रित डिजाइनका लागि परिचित एलजीको उत्पादन पोर्टफोलियोमा टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, अडियो प्रणाली लगायतका विभिन्न समाधानहरू समावेश छन्, जसले दैनिक जीवनलाई अझ सहज र समृद्ध बनाउन मद्दत पुर्‍याउँछन्। थप जानकारीका लागि www.lg.com/np मा अवलोकन गर्न सकिन्छ।  सीजी इलेक्ट्रोनिक्सबारे  सीजी कर्प ग्लोबलअन्तर्गत रहेको सीजी इलेक्ट्रोनिक्स नेपालका अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनीहरूमध्ये एक हो तथा नेपालमा एलजी उत्पादनहरूको एकमात्र आधिकारिक वितरक हो। चार दशकभन्दा लामो साझेदारीमार्फत एलजी नेपालमा प्रिमियम उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा स्थापित रहँदै आएको छ। 

Read more

एन आई सी एशिया बैंकद्वारा हाम्रो साझा घर, श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र श्री अरनिको माध्यमिक विद्यालयमा सहयोगसामग्री प्रदान

एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत परोपकारी संस्था तथा विद्यालयहरुलाई विभिन्न सहयोग सामग्रीहरु प्रदान गरेको छ...

Read more

बजेट सन्तुलित र भविष्योन्मुखी छ, तर गाडीको मूल्य बढ्ने निश्चित: नाडा

काठमाडौँ, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आर्थिक वर्ष २०८३/०८४ को नयाँ बजेट समग्रमा सन्तुलित र भविष्योन्मुखी रहेको ठहर...

Read more

वैदेशिक रोजगार व्यवसायी संघ निर्वाचन: हरिबहादुर पाण्डेको नेतृत्वमा ‘स्वतन्त्र प्यानल’ मैदानमा

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष साधारणसभा तथा निर्वाचनको मिति नजिकिएसँगै नयाँ नेतृत्व चयनको सरगर्मी तीव्र बनेको छ।...

Read more

तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझायाे

२२ जेठ, काठमाडौं । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ...

Read more

सेन्सेइ मा विश्वकप हेरौला अफर सार्वजनिक –२४+२४ महिना वारेन्टी, FREE AC र आकर्षक क्यासब्याक 

विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव नजिकिँदै गर्दा, CG Electronics अन्तर्गतको प्रिमियम टेलिभिजन ब्रान्ड Sensei ले आफ्ना ग्राहकहरूका लागि विशेष ‘Sensei मा विश्वकप हेरौला’ उपहार योजना सार्वजनिक गरेको छ। नेपाली उपभोक्तालाई विश्वकपको रोमाञ्चक अनुभव आफ्नै घरबाट स्टेडियमकै अनुभूति दिलाउने उद्देश्यले ल्याइएको यस अफरमा आकर्षक उपहार, विस्तारित वारेन्टी तथा सहज EMI सुविधा समावेश गरिएको छ।  यस योजना अन्तर्गत Sensei TV खरिद गर्ने ग्राहकहरूले Lucky Draw मार्फत FREE AC जित्ने अवसर प्राप्त गर्नेछन्साथै ग्राहकहरूले रु. २३,४०० सम्मको आकर्षक Cash Back सुविधा पनि प्राप्त गर्न सक्नेछन्। विश्वकपको उत्साहलाई अझ लामो समयसम्म कायम राख्ने उद्देश्यले Sensei ले यस अभियानमा विशेष २४+२४ महिना सर्भिस वारेन्टी समेत उपलब्ध छ।  Sensei Smart TV हरूमा उपलब्ध 4K Ultra HD Display, Dolby Audio तथा webOS Smart Platform जस्ता अत्याधुनिक प्रविधिहरूले विश्वकपका हरेक गोल, हरेक उत्साह र हरेक क्षणलाई जीवन्त रूपमा अनुभव गर्न मद्दत गर्नेछन्। उत्कृष्ट चित्र गुणस्तर, स्पष्ट ध्वनि र सहज स्मार्ट फिचरहरूको संयोजनले घरलाई नै विश्वकप हेर्ने आदर्श गन्तव्य बनाउने कम्पनीको दाबी छ।  “विश्वकप हेर्ने मात्र होइन, प्रत्येक खेललाई स्टेडियमकै अनुभूति दिने हाम्रो लक्ष्य हो।  Sensei को अत्याधुनिक प्रविधि, विशेष वारेन्टी र आकर्षक उपहार योजनाले  ग्राहकहरूलाई चार वर्षको विश्वकप, चार वर्षकै विश्वसनीयताले अझ विशेष बनाउनेछ,”  कम्पनीले जनाएको छ।  ग्राहकहरूको पहुँचलाई अझ सहज बनाउन नागरिकता मात्रको आधारमा सरल EMI  सुविधा समेत उपलब्ध गरिएको छ, जसले प्रिमियम मनोरञ्जनलाई अझ सुलभ बनाउने  अपेक्षा गरिएको छ।  यस अवसरमा CG Electronics ले सम्पूर्ण फुटबलप्रेमी नेपालीहरूलाई विश्वकपको  रोमाञ्चक यात्रा Sensei सँगै मनाउन आग्रह गरेको छ। कम्पनीका अनुसार यो योजना  २०८३ जेठ २१ गतेदेखि श्रावण ३ गतेसम्म नेपालभरका आधिकारिक CG Electronics  शोरूम तथा विक्रेतामार्फत लागू हुनेछ।  सेन्सेइ ब्रान्डले नेपाली बजारमा रेफ्रिजेरेटर, वाशिङ मेसिन, एयर कुलर, भ्याकुम क्लिनर,  चेस्ट फ्रिजर र एलईडी टिभी जस्ता विभिन्न उत्पादनहरू उपलब्ध गराउँदै आएको छ ।  जापानी इन्जिनियरिङमा आधारित डिजाइन, उच्च टिकाउपन र किफायती मूल्यका कारण  सेन्सेइले छोटो समयमै नेपाली उपभोक्तामाझ एक विश्वासिलो ब्रान्डको पहिचान बनाएको  छ ।  देशभर रहेका सीजी इलेक्ट्रोनिक्सका शोरूम तथा आधिकारिक डिलर नेटवर्कमार्फत यो ...

Read more

एनआईसी एशिया बैंक र EFIX Nepalबीच सम्झौता: शून्य प्रतिशत ब्याजदरमै Honor स्मार्टफोन किन्न पाइने

काठमाडौँ — एनआईसी एशिया बैंक र नेपालका लागि अनर (Honor) ब्रान्डको आधिकारिक बिक्रेता इफिक्स नेपाल (EFIX Nepal) प्रा. लि. बीच...

Read more

१० वर्षमा ३० हजार मेगावाट उत्पादनको लक्ष्य: ‘ऊर्जा दशक’ घोषणा गर्न इप्पानको माग

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन...

Read more

मधेश प्रदेशका अर्थमन्त्री र नाडा प्रतिनिधिमण्डलबीच भेटवार्ता: अटोमोटिभ क्षेत्रको नीतिगत संवाद र सुधारमा जोड

जनकपुरधाम, जेठ २० , नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (NADA) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले आज मधेश...

Read more
Page 17 of 561 1 16 17 18 561

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.