काठमाडौं । यस वर्षको महान् पर्व दशैं तथा तिहारलाई अझ विशेष र उत्साहपूर्ण बनाउन एलजीले पर्व लक्षित उपहार योजना “LG को उपहार, मनाऔँ दशैं र तिहार” सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत ग्राहकहरूले एलजीका विभिन्न घरायसी उपकरण (होम एप्लायंसेज) खरिदमा २५ प्रतिशतसम्म नगद छुटका साथै विभिन्न आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन्।
कम्पनीका अनुसार विभिन्न घरायसी उत्पादनहरूमा आकर्षक नगद छुटको व्यवस्था गरिएको छ। ३२ इन्चबाहेकका टिभी, अडियो सिस्टम, भ्याकुम क्लिनर, सिङ्गल डोर रेफ्रिजरेटर र ३०८ लिटरसम्मका डबल डोर रेफ्रिजरेटरको खरिदमा ग्राहकहरूले नगद छुट पाउनेछन्।
नगद छुटका साथै निश्चित उत्पादनहरूको खरिदमा कम्पनीले निम्न अनुसारका उपहारहरू पनि उपलब्ध गराएको छ:
- वासिङ मेसिन: फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा ६ केजी सर्फ एक्सेल म्याटिक, टप लोडमा ४ केजी सर्फ एक्सेल र ट्विन टब वासिङ मेसिनमा २ केजी सर्फ एक्सेल डिटर्जेन्ट निःशुल्क दिइनेछ।
- रेफ्रिजरेटर: साइड-बाई-साइड रेफ्रिजरेटरको खरिदमा माइक्रोवेभ ओभन तथा ३४० लिटरभन्दा माथिका डबल डोर रेफ्रिजरेटर खरिद गर्दा मिक्सर उपहार पाइनेछ।
- अन्य उपकरण: डिशवासरको खरिदमा २ प्याकेट फर्च्युन ट्याब्लेट, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनर (एसी) को खरिदमा नि:शुल्क जडान (इन्स्टलेसन) सेवा उपलब्ध हुनेछ।
ग्राहकहरूलाई थप सहजता प्रदान गर्न चयनित उत्पादनहरूमा नो-कस्ट ईएमआई (No-Cost EMI) सुविधा पनि उपलब्ध गराइएको छ। यसले गर्दा ग्राहकहरूले आफ्ना रोजाइका एलजी उत्पादनहरू सहज किस्ताबन्दीमा खरिद गर्न सक्नेछन्।
नेपालका लागि एलजीको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्स (CG Electronics) ले देशभर रहेका अधिकृत एलजी ब्रान्डसप तथा बिक्री केन्द्रमार्फत यो पर्व योजना सञ्चालन गर्ने जनाएको छ। एलजीका उत्पादनहरूमा प्रविधि, डिजाइन, ऊर्जा दक्षता र टिकाउपनलाई विशेष प्राथमिकता दिइँदै आएकाले यस योजनाले पर्वको माहोलमा थप उत्साह थप्ने कम्पनीको अपेक्षा छ।
(नोट: अफरका नियम तथा सर्तहरू लागू हुनेछन्। नगद छुट तथा उपहारहरू चयन गरिएका निश्चित उत्पादनहरूमा मात्र उपलब्ध हुनेछन्।)












