समाचार

ललितपुर १६ लाई भेट्रान टिम उपाधि

ललितपुर महानगरपालिका वडा १६ ले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष टिम इभेन्टको उपाधि शुक्रबार...

Read more

मदन भण्डारी कलेजले भोलि देखि ३ दिने ”MBMC IdeaX-2025” आयोजना गर्दै

पौष ४, काठमाडौंको नयाँ बानेश्वर स्थित मदन भण्डारी मेमोरियल कलेजले ४८ घण्टे  ‘MBMC IdeaX–2025’ Hackathon को तेस्रो संस्करण यही मिति...

Read more

राष्ट्रपति पौडेलद्धारा किन्डर ओलम्पिकको मस्कट अनावरण

काठमाडौं, पुस ४, राष्ट्रपति रामचन्द्र पौडेलले एनएसएसएफ १३ औं किन्डर ओलम्पिकको मस्कटको अनावरण गर्नुका साथै किन्डर ओलम्पिकको टर्च शुक्रबार हस्तान्तरण...

Read more

ग्लोकल आफ्टर  स्कूलद्वारा ‘स्किल वीक २०२६’ घोषणा: सीप, सिर्जनशीलता र युवा सशक्तीकरणको उत्सव 

काठमाडौँ, नेपाल  — ग्लोकल आफ्ट स्कूलले सीप विकास, सिर्जनशीलता र युवा सशक्तीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ साताव्यापी कार्यक्रम 'स्किल वीक २०२६' को घोषणा गरेको छ। आगामी जनवरी ११ देखि १९, २०२६ सम्म आयोजना हुने यस कार्यक्रममा विभिन्न कार्यशालाहरू, प्रयोगात्मक सिकाइ, प्रतियोगिताहरू, प्रदर्शनी र युवा केन्द्रित कार्यक्रमहरू सञ्चालन गरिनेछन्। कार्यक्रमको मुख्य आकर्षण जनवरी १६ मा हुने 'फेस्ट डे' र जनवरी १९ मा हुने 'समापन समारोह' रहनेछ।  के हो त स्किल वीक २०२६? :   ग्लोकल आफ्ट स्कूलको प्रख्यात सीप-आधारित पारिस्थितिक प्रणालीबाट प्रेरित यो कार्यक्रम 'घटना, सिर्जनशीलता, सीप, प्रेरणा र अन्तर्दृष्टिले भरिएको एक साता' हो। यसको मुख्य उद्देश्य युवाहरूलाई शिक्षासँगै मनोरञ्जनको मिश्रण गरी आवश्यक जीवन उपयोगी र व्यावसायिक सीपहरू सिक्न र विकास गर्न प्रोत्साहित गर्नु हो।  आफैले आफैबसेर गरिने अभ्यास देखि अन्तर्क्रियात्मक सत्रहरूसम्म, स्किल वीकले युवा, शिक्षक, पेशेवर र संस्थाहरूलाई सीपको महत्त्व मनाउन एउटै साझा मञ्च प्रदान गर्दछ।  कार्यक्रमका मुख्य आकर्षणहरू  ∙जनवरी ११–१५: नेतृत्व, प्रविधि, सिर्जनशीलता, सञ्चार, र उद्यमशीलता जस्ता विभिन्न विधामा कार्यशाला, मास्टरक्लास, प्रतियोगिता र अन्तर्क्रियात्मक सिकाइ सत्रहरू।  ∙जनवरी १६ – फेस्ट डे : स्किल वीकको मुख्य आकर्षण! यस दिन सीप प्रदर्शनी, प्रत्यक्ष प्रदर्शन, साङ्गीतिक प्रस्तुति, नेटवर्किङ स्पेस, युवा प्रतिभा प्रदर्शन, खेल र विभिन्न स्टलहरू रहनेछन्। यसै दिन 'CEO Unplugged' फोरम पनि आयोजना गरिनेछ, जहाँ 'आज र भोलिको संगम' (Today Meets Tomorrow) भन्ने नाराका साथ उद्यमी, व्यवसायी र विद्यार्थीहरूबीच समसामयिक व्यावसायिक चुनौती र भविष्यका सम्भावनाबारे छलफल हुनेछ।  ∙जनवरी १७–१८: उद्योग र शिक्षा क्षेत्रबीचको अन्तर्क्रिया र 'नेशनल बिजनेस केस स्टडी' प्रतियोगिताको फाइनल।  ∙जनवरी १९ – समापन समारोह: साताभरिका उपलब्धि र सिकाइको समीक्षा गर्दै भविष्यका मार्गचित्रबारे चर्चा गरिनेछ। यसै अवसरमा 'स्किल हिरो अवार्ड्स' प्रदान गरिनेछ, जसले कला र संस्कृति, पर्यटन र आतिथ्य, विज्ञान र प्रविधि, र उद्यमशीलता क्षेत्रमा असाधारण योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मानित गर्नेछ।  स्किल वीकको महत्त्व  स्किल वीक २०२६ ले परम्परागत शिक्षा र व्यावहारिक सीपबीचको खाडललाई कम गर्ने लक्ष्य राखेको छ ग्लोकल आफ्ट स्कूलका अध्यक्ष श्री आशिष ठाकुरका अनुसार, "स्किल वीक एउटा कार्यक्रम मात्र नभई एक अभियान हो। हाम्रो लक्ष्य युवाहरूले सिक्ने, प्रयोग गर्ने, र आफ्नो क्षमतालाई विश्वसामु उजागर गर्ने ठाउँ सिर्जना गर्नु हो।"  ग्लोकल आफ्ट स्कूलको बारेमा  ग्लोकल आफ्ट स्कूल एक अग्रणी सिकाइ प्लेटफर्म हो जसले सीपमा आधारित शिक्षा, तालिम र प्रयोगात्मक सिकाइमार्फत युवाहरूको क्षमता अभिवृद्धि गर्न काम गरिरहेको छ। यस वर्षको 'स्किल वीक' एम्बार्क कलेज द्वारा सञ्चालित रहेको छ। कार्यक्रमका रणनीतिक साझेदारहरूमा भारतीय दूतावास, युरोपेली संघ, र अष्ट्रेलियाली सरकार रहेका छन्। अन्य साझेदारहरूमा होन्डा, इन्स्योर, बायोस्फेयर ग्लोबल, मेरोजब, अग्रिमा एकेडेमी, नेपाल एसबिआई बैंक (बैंकिङ पार्टनर), वर्ल्डलिंक (इन्टरनेट पार्टनर), यती एयरलाइन्स (एयरलाइन पार्टनर), द काठमाडौं पोस्ट र प्रिज्मा एड्भरटाइजिङ (मिडिया पार्टनर) रहेका छन्।  थप जानकारीका लागि कृपया भिजिट गर्नुहोस्: https://skill.glocalafterschool.com/ javascript:''javascript:''javascript:''

Read more

ब्रिटिस काउन्सिलद्वारा नेपालमा ‘आइइएलटिएस उपहार २०२५’ का विजेताको घोषणा

काठमाडौं । ब्रिटिस काउन्सिलले नेपालमा ‘आइइएलटिएस उपहार २०२५’ को तेस्रो संस्करणका विजेताको घोषणा गरेको छ। १७ डिसेम्बर २०२५ मा आयोजित...

Read more

एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी अनलाइन पोर्टल सार्वजनिक

काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेडको नाममा रहेका बैंकिङ्ग सम्पत्तिहरु, गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री...

Read more

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि बैंकले पुस १ गते अग्राधिकार शेयरको अन्तिम बाँडफाट गरेको हो । संस्थागत लगानीकर्ताहरुलाई परिपत्र विधि (व्यक्तिगत...

Read more

एनपीएलमा सर्वाधिक रन बनाएर प्रेसिडेन्सियल प्लाटिनम क्याप जित्ने एडमलाई ५० हजार नगद पुरस्कार पनि

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा सर्वाधिक रन बनाउने पोखरा एभेन्जर्सका ब्याट्सम्यान एडम रोसिङटनले ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’ जित्दै...

Read more

सुरम्यलाई स्वर्ण

ललितपुर महानगरपालिका ८ की सुरम्य शाकयले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको यु–१६ सिंगल्स गल्र्समा मंगलबार स्वर्ण जितेकी छन्...

Read more

जेडटीईको नुबिया एयर र नुबिया भि८० डिजाइन सार्वजनिक शुन्य प्रतिशत मासिक किस्ताबन्दिमा उपलब्ध

पौष १, काठमाडौं: ग्लोबल टेक जाएन्ट जेडटीई कर्पोरेसनले नेपालमा आफ्ना २ नयाँ स्मार्टफोन मोडेलहरु जेडटीई  नुबिया एयर र जेडटीई नुबिया भि८० डिजाइन सार्वजनिक गरेको छ। उच्च प्रदर्शन र आकर्षक डिजाइनका  स्मार्टफोन सहज मूल्यमा उपलब्ध गराउने प्रतिबद्धतालाई निरन्तरता दिँदै यी दुवै मोडेल शुन्य प्रतिशत ब्याजदरको  मासिक किस्ताबन्दीको सुविधासहित उपलब्ध गराइएको कम्पनीले जनाएको छ। यसले एड्भान्स्ड स्मार्टफोन  प्रविधिलाई नेपाली उपभोक्ताका लागि अझ सहज र पहुँचयोग्य बनाउने अपेक्षा गरिएको छ।  नयाँ जेडटीई नुबिया एयरले स्लिम स्मार्टफोन इन्जिनियरिङमा नयाँ मापदण्ड स्थापित गरेको छ। केवल ५.९  मिलिमिटर मोटाइको यस स्मार्टफोनले प्रिमियम बनावट र मजबुत टिकाउपनलाई एकसाथ ल्याएको छ। यसमा ६.७८  इन्चको १.५ के एमोलेड डिस्प्ले छ, जसलाई कोर्निङ गोरिल्ला ग्लास ७आईले सुरक्षित गरेको छ। साथै, आईपी६८,  आईपी६९ र आईपी६९के धुलो तथा पानी प्रतिरोध उपलब्ध हुनु यस मूल्य श्रेणीमा दुर्लभ संयोजन मानिन्छ।  युनिसक टी८३०० चिपसेटमा आधारित र एन्ड्रोइड १५ मा सञ्चालन हुने नुबिया एयरले सहज र फ्युचर सेन्ट्रिक पर्फर्मेस  दिन्छ। यस स्मार्टफोनमा ५० मेगापिक्सेलको प्राइमरी क्यामेरा, २० मेगापिक्सेलको सेल्फी क्यामेरा, र ३३ वाट फास्ट  चार्जिङ सपोर्ट गर्ने ५,०००  एमएएच क्षमताको ब्याट्री भएकोले आनन्दसंग फोन दिनभरि प्रयोग गर्न मिल्छ। ८ जिबी  र्याम र २५६ जिबी स्टोरेज भेरियन्टमा उपलब्ध यो मोडेलको मूल्य नेपाली रुपैयाँ ३३,९९९ तोकिएको छ।  यसैगरी, आकर्षक फिनिस र सन्तुलित प्रदर्शन चाहने प्रयोगकर्ताका लागि जेडटीईले नुबिया भि८० डिजाइन पनि  सार्वजनिक गरेको छ। एन्ड्रोइड १६ मा चल्ने यो स्मार्टफोन ८ जिबी र्याम र १२८ जिबी स्टोरेज भेरियन्टमा नेपाली रुपैयाँ  १९,९९९ तथा ८ जिबी र्याम र २५६ जिबी स्टोरेज भेरियन्टमा नेपाली रुपैयाँ २१,९९९ मा उपलब्ध छ।  एण्ड्रोइड १६ मा चल्ने नुबिया भि८० डिजाइन युनिसक टी७२८० चिपसेटद्वारा सञ्चालित छ। यसमा २२.५ वाट फास्ट  चार्जिङ र १० वाट रिभर्स चार्जिङ सपोर्ट सहित ५,००० मिलिएम्पियर–आवर क्षमताको ब्याट्री दिइएको छ।  फोटोग्राफीका लागि ५० मेगापिक्सेल प्राइमरी एआई क्यामेरा र १६ मेगापिक्सेलको सेल्फी क्यामेरा उपलब्ध छ, जसले  दैनिक फोटो, भिडियो र सञ्चारका आवश्यकतामा भरपर्दो साथ दिन्छ। ...

Read more
Page 21 of 328 1 20 21 22 328

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.