Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, October 11, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बाढी-पहिरो प्रभावित चार जिल्लामा टेलिकम सेवा पुन:सुचारु गर्न तीव्रता, ६० साइट अझै बन्द

Sambridinews by Sambridinews
बिहिबार, भदौ ११, २०८३
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार, स्थानीय तह
0
आजबाट नेपाल टेलिकमले ग्राहकहरुलाई ई–सिम वितरण गर्ने
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। भदौ १० गतेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण रसुवा, धादिङ, नुवाकोट र चितवन जिल्लामा दूरसञ्चार सेवा प्रभावित बनेपछि नेपाल टेलिकमले मर्मत तथा सेवा सुचारु गर्ने कार्यलाई तीव्र बनाएको छ। टेलिकमले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रभावित क्षेत्रमा छिटोभन्दा छिटो सेवा सुचारु गर्न प्राविधिक टोली र उपकरण परिचालन गरिएको जनाएको छ।

रसुवा जिल्लामा सञ्चार सम्पर्क पुनःस्थापित गर्नका लागि टेलिकमले न्यौपानेचौर तथा रामचे रिपिटर साइटमा हेलिकोप्टरमार्फत जेनेरेटर, ब्याट्री लगायतका उपकरणहरू पुर्‍याएको छ। यससँगै न्यौपानेचौर र रामचे आसपासका केस्राङ (काउले), ठूलोगाउँ, तादी, फिकुरी, कालिकास्थान, ग्राङ, डाँडागाउँ, मैलुङ, पाङसाङ डाँडा, लाङटाङ र क्याङजिङ लगायतका क्षेत्रमा सेवा सुचारु भइसकेको छ। साथै धुन्चेमा सेवा सञ्चालनका लागि जेनेरेटर, इन्धन र कर्मचारी परिचालन गरिएको छ।

You might also like

कोशी प्रदेशको राजधानी विराटनगरमा CG Digital को २८ औँ तथा नेपालकै सबैभन्दा ठूलो Multibrand Showroom को भव्य शुभारम्भ

सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अपि एडिसन’ जर्सी

सुपर हेवा पावर कम्पनीद्वारा १६औँ वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीहरूलाई ३.१५७९ प्रतिशत नगद लाभांश घोषणा

यसैगरी, नुवाकोट जिल्लाको मदनपुर, बट्टार, विदुर बसपार्क तथा धादिङको बैरेनी ठमेल डाँडामा जेनेरेटर र इन्धनसहित प्राविधिक टोली खटाएर सेवा सुचारु गर्ने क्रम जारी रहेको छ। हाल सञ्चालनमा रहेका बीटीएस (BTS) टावरहरूमा कभरेज र क्षमता विस्तार (अप्टिमाइज) गरी सेवालाई अझ प्रभावकारी बनाउने काम भइरहेको टेलिकमले जनाएको छ।

टेलिकमका अनुसार बाढी-पहिरोका कारण प्रभावित चार जिल्लाका कुल १५२ वटा साइटमध्ये ६० वटा साइट अझै सञ्चालनमा आउन बाँकी छन्:

  • चितवन: ५ मध्ये ३ साइट बाँकी
  • धादिङ: ३६ मध्ये १३ साइट बाँकी
  • नुवाकोट: ७९ मध्ये ३१ साइट बाँकी
  • रसुवा: ३२ मध्ये १३ साइट बाँकी

बाँकी रहेका साइटहरूलाई पनि यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक मर्मत कार्य निरन्तर भइरहेको छ।

विपत्तिको यस घडीमा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन नेपाल टेलिकमले सेवाको निरन्तरता, पूर्वसूचना तथा सजगता र प्राविधिक कार्यलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। यस प्रयासबाट प्रभावित क्षेत्रका सेवाग्राहीलाई आफ्ना आफन्तजनसँग सञ्चार सम्पर्क कायम राख्न ठूलो सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ।

Related

Previous Post

भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने

Next Post

नेपालमा बाढी प्रभावितका लागि सहयोग गर्न तयार : ट्रम्प

Sambridinews

Sambridinews

Related Posts

कोशी प्रदेशको राजधानी विराटनगरमा CG Digital को २८ औँ तथा नेपालकै सबैभन्दा ठूलो Multibrand Showroom को भव्य शुभारम्भ
TOP STORIES

कोशी प्रदेशको राजधानी विराटनगरमा CG Digital को २८ औँ तथा नेपालकै सबैभन्दा ठूलो Multibrand Showroom को भव्य शुभारम्भ

by Sambridinews
आइतवार, अशोज २५, २०८३
सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अपि एडिसन’ जर्सी
TOP STORIES

सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अपि एडिसन’ जर्सी

by Sambridinews
आइतवार, अशोज २५, २०८३
सुपर हेवा पावर कम्पनीद्वारा १६औँ वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीहरूलाई ३.१५७९ प्रतिशत नगद लाभांश घोषणा
FEATURED

सुपर हेवा पावर कम्पनीद्वारा १६औँ वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीहरूलाई ३.१५७९ प्रतिशत नगद लाभांश घोषणा

by Sambridinews
आइतवार, अशोज २५, २०८३
नेपाल टेलिकमकाे चाडपर्व अफर
FEATURED

नेपाल टेलिकमकाे चाडपर्व अफर

by Sambridinews
आइतवार, अशोज २५, २०८३
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित
FEATURED

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित

by Sambridinews
शनिबार, अशोज २४, २०८३
Next Post
अमेरिका बसोबास गर्न चाहाने विदेशीका लागि गोल्ड कार्ड ल्याउदै ट्रम्प

नेपालमा बाढी प्रभावितका लागि सहयोग गर्न तयार : ट्रम्प

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने

कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने

बिहिबार, मंसिर ६, २०८१
बालुवाटारमा शिर्ष नेताहरु प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

बालुवाटारमा शिर्ष नेताहरु प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

आइतवार, पुस ८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कोशी प्रदेशको राजधानी विराटनगरमा CG Digital को २८ औँ तथा नेपालकै सबैभन्दा ठूलो Multibrand Showroom को भव्य शुभारम्भ
TOP STORIES

कोशी प्रदेशको राजधानी विराटनगरमा CG Digital को २८ औँ तथा नेपालकै सबैभन्दा ठूलो Multibrand Showroom को भव्य शुभारम्भ

आइतवार, अशोज २५, २०८३
सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अपि एडिसन’ जर्सी
TOP STORIES

सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अपि एडिसन’ जर्सी

आइतवार, अशोज २५, २०८३
सुपर हेवा पावर कम्पनीद्वारा १६औँ वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीहरूलाई ३.१५७९ प्रतिशत नगद लाभांश घोषणा
FEATURED

सुपर हेवा पावर कम्पनीद्वारा १६औँ वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीहरूलाई ३.१५७९ प्रतिशत नगद लाभांश घोषणा

आइतवार, अशोज २५, २०८३
नेपाल टेलिकमकाे चाडपर्व अफर
FEATURED

नेपाल टेलिकमकाे चाडपर्व अफर

आइतवार, अशोज २५, २०८३
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित
FEATURED

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित

शनिबार, अशोज २४, २०८३
दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न: आईपीओ निष्कासन, पुँजी वृद्धि र नयाँ आयोजना विकासका प्रस्तावमाथि व्यापक छलफल
TOP STORIES

दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न: आईपीओ निष्कासन, पुँजी वृद्धि र नयाँ आयोजना विकासका प्रस्तावमाथि व्यापक छलफल

शनिबार, अशोज २४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In