Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, August 6, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मदन भण्डारी मेमोरियल कलेजको रजत जयन्ती सुरु: सप्ताहव्यापी विविध कार्यक्रमसहित भव्य रूपमा मनाइँदै

Sambridinews by Sambridinews
सोमवार, असार ८, २०८३
in FEATURED, TOP STORIES, TOP VIDEOS, शिक्षा, समाचार
0
मदन भण्डारी मेमोरियल कलेजको रजत जयन्ती सुरु: सप्ताहव्यापी विविध कार्यक्रमसहित भव्य रूपमा मनाइँदै
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

समापन समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव प्रमुख अतिथि हुने; कलेज गान र ‘श्वेत सार्दूल’ को २२औं अङ्क विमोचन गरिँदै

काठमाडौं, ८ असार । काठमाडौंको नयाँ बानेश्वरस्थित प्रतिष्ठित शैक्षिक संस्था मदन भण्डारी मेमोरियल कलेजले आफ्नो स्थापनाको २५औं वर्ष पूरा गरेको अवसरमा सप्ताहव्यापी ‘रजत महोत्सव’ भव्यताका साथ सुरु गरेको छ । वि.सं. २०५८ असार १४ गते स्थापना भएको यस गैरनाफामूलक सामुदायिक शैक्षिक संस्थाले असार ८ गतेदेखि असार १४ गतेसम्म विविध रचनात्मक, शैक्षिक तथा सामाजिक कार्यक्रमहरूको आयोजना गरी रजत जयन्ती मनाउन लागेको हो ।

सोमबार कलेज परिसरमा आयोजित पत्रकार सम्मेलनमा कलेजका क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले प्रेस नोट जारी गर्दै सप्ताहव्यापी कार्यक्रमहरूको विस्तृत विवरण सार्वजनिक गर्नुभयो । रजत वर्षको औपचारिक सुरुवात सोमबार बिहान ७ बजे ‘योग तथा ध्यान शिविर’ बाट भइसकेको छ ।

You might also like

सर्वोच्च अदालतद्वारा विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश

अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन आजको अपरिहार्यता : अध्यक्ष अग्रवाल

पल्सरको २५ वर्ष: नेपाली राइडरका लागि सुनौलो अवसर कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्

रजत महोत्सवको अन्तिम दिन अर्थात् आगामी असार १४ गते कलेजको सभाहल तथा प्राङ्गणमा मूल समारोह आयोजना गरिनेछ । उक्त ऐतिहासिक समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादव प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुने कलेजले जनाएको छ ।

सो अवसरमा कलेजको आफ्नै ‘कलेज गान’ सार्वजनिक गरिनेछ भने कलेजको नियमित वार्षिक प्रकाशन ‘श्वेत सार्दूल’ को २२औं अङ्क उपराष्ट्रपतिज्यूबाट विमोचन गराइने कार्यक्रम छ । मूल समारोहमा कलेजका संस्थापकहरू, उत्कृष्ट शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई विशेष सम्मान तथा पुरस्कार वितरण गरिनुका साथै रजत जयन्ती वृत्तचित्र (डकुमेन्ट्री) प्रदर्शन र बृहत् सांस्कृतिक प्रस्तुतिहरू रहनेछन् ।

महोत्सवलाई विद्यार्थीहरूको शारीरिक, मानसिक, बौद्धिक र व्यावसायिक विकाससँग जोड्दै कलेजले सातै दिनका लागि फरक-फरक कार्यक्रमहरू तय गरेको छ:

  • पहिलो दिन (असार ८, सोमबार): योग तथा ध्यान शिविर, उद्घाटन समारोह, इ-स्पोर्ट्स अन्तर्गत ‘Mobile Legends Bang Bang’ को फाइनल राउन्ड र कलेजको २५ वर्षे यात्रा समेटिएको “25 Years of MBMC” फोटो प्रदर्शनी ।
  • दोस्रो दिन (असार ९, मंगलबार): विद्यार्थीहरूको वृत्तिविकासका लागि ‘करियर एक्स्पो’ र रोजगारदाताहरूसँग सिधै जोडिने ‘प्लेसमेन्ट’ कार्यक्रम । उद्यमी व्यवसायीहरूसँग अन्तरक्रिया, कलेजद्वारा सञ्चालित रेडियो श्वेत सार्दूल (९३.६ मेगाहर्ज) मा ‘स्टार्टअप र उद्यमशीलता’ विशेष संवाद, र विद्यार्थीहरूको उद्यमशीलता प्रवर्द्धनका लागि स्थानीय खानाका स्टलहरूसहितको ‘फूड फेस्ट’ ।
  • तेस्रो दिन (असार १०, बुधबार): सामाजिक उत्तरदायित्व अन्तर्गत बिहान ८ देखि दिउँसो ३ बजेसम्म ‘बृहत् नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम’ । ब्लड डोनर्स एसोसिएसन नेपाल, समाज डेन्टल हस्पिटल, भेनस हस्पिटल, नेपाल हृदय रोग निवारण प्रतिष्ठान र किष्ट मेडिकल कलेजको सहकार्यमा मुटु, आँखा, दन्त र मधुमेहको नि:शुल्क परीक्षण गरिनेछ । साथै, चित्रकला र हस्तकला प्रतियोगिता तथा प्रदर्शनी ।
  • चौथो दिन (असार ११, बिहीबार): भूतपूर्व विद्यार्थीहरूको उपस्थितिमा ‘एलुम्नाई मिट’ (Alumni Meet), उत्तीर्ण विद्यार्थीहरूको बिदाइ, वर्षभरिका अतिरिक्त क्रियाकलापका विजेताहरूलाई मेडल तथा पुरस्कार वितरण, र अनुभव साटासाट एवं नेटवर्किङ सेसन ।
  • पाँचौं दिन (असार १२, शुक्रबार): कलेजको सभाहलमा सामुदायिक क्याम्पस सम्बन्धी ‘नीतिगत संवाद’ । साथै विद्यार्थीहरूका लागि उपयोगी हुने लैंगिक हिंसा, साइबर सुरक्षा, डिजिटल साक्षरता र ट्राफिक जनचेतना सम्बन्धी विज्ञहरूद्वारा अतिथि व्याख्यान (Guest Lecture) ।
  • छैटौं दिन (असार १३, शनिबार): सामाजिक आबद्धता अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८, गोठाटारका २५ जना ज्येष्ठ नागरिकहरूलाई विशेष सम्मान । तारकेश्वर नगरपालिका वडा नं. २ स्थित विराट सनातन धर्म संस्कृति विद्यापीठ (गुरुकुल) मा बटुकहरूलाई भोजन गराई दक्षिणा वितरण । कलेज सभाहलमा “जननेता मदन भण्डारी: जबज र शिक्षा” विषयक अन्तरक्रिया ।
  • सातौं दिन (असार १४, आइतबार): सम्माननीय उपराष्ट्रपतिको प्रमुख आतिथ्यतामा ‘मूल समारोह कार्यक्रम’ र औपचारिक समापन ।

नेपाल रत्न, जननेता मदन भण्डारीको विचार र योगदानलाई चिरस्थायी बनाउने उद्देश्यका साथ तत्कालीन मदन भण्डारी अध्ययन तथा अनुसन्धान केन्द्रबाट स्वीकृति लिई शिक्षाविद्, प्राध्यापक तथा समाजशास्त्रीहरूको १९२ जनाको टोलीद्वारा यो कलेज सञ्चालित छ ।

“Excellence in Leadership for Transformation” (रूपान्तरणका लागि प्रखर नेतृत्व) लाई आदर्श वाक्य मानेको यस कलेजले सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै कक्षा ११ देखि स्नातकोत्तर (Master’s Degree) तहसम्मका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

उल्लेखनीय छ कि यो क्याम्पस विश्वविद्यालय अनुदान आयोग (UGC) नेपालबाट सन् २०२५ (वि.सं. २०८१) मा गुणस्तर प्रत्यायोजित (Accredited) संस्था हो । कलेजको संरक्षक पूर्वराष्ट्रपति सम्झनायोग्य विद्यादेवी भण्डारी हुनुहुन्छ ।

क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले विद्यार्थीहरूलाई प्रतिस्पर्धी मात्र नभई समाज र राष्ट्रलाई सकारात्मक परिवर्तनतर्फ नेतृत्व गर्न सक्ने सक्षम र जिम्मेवार नागरिक बनाउन कलेज निरन्तर प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले यस ऐतिहासिक रजत महोत्सवका कार्यक्रमहरूलाई व्यापक प्रचार-प्रसार गरी सफल बनाइदिन सम्पूर्ण सञ्चार माध्यम तथा पत्रकार मित्रहरूमा हार्दिक अनुरोध समेत गर्नुभएको छ ।https://www.facebook.com/share/v/1D585vLbUC/

Related

Previous Post

टेन के रनका सहयोगी सम्मानित

Next Post

६० दिनका लागि शान्ति कायम गर्न अमेरिका इरानबिच सहमती

Sambridinews

Sambridinews

Related Posts

सर्वोच्च अदालतद्वारा विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश
TOP STORIES

सर्वोच्च अदालतद्वारा विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश

by Sambridinews
बिहिबार, साउन २१, २०८३
अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन आजको अपरिहार्यता : अध्यक्ष अग्रवाल
TOP STORIES

अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन आजको अपरिहार्यता : अध्यक्ष अग्रवाल

by Sambridinews
बिहिबार, साउन २१, २०८३
पल्सरको २५ वर्ष: नेपाली राइडरका लागि सुनौलो अवसर कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्
TOP STORIES

पल्सरको २५ वर्ष: नेपाली राइडरका लागि सुनौलो अवसर कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्

by Sambridinews
बुधबार, साउन २०, २०८३
देभको इन्जिनियरिङद्वारा घरको नक्सा डिजाइनमा ३३ प्रतिशत छुटको घोषणा
FEATURED

देभको इन्जिनियरिङद्वारा घरको नक्सा डिजाइनमा ३३ प्रतिशत छुटको घोषणा

by Sambridinews
बुधबार, साउन २०, २०८३
क्युकेएस अन्तरविद्यालय फुटसल भोलिदेखि
TOP STORIES

क्युकेएस अन्तरविद्यालय फुटसल भोलिदेखि

by Sambridinews
बुधबार, साउन २०, २०८३
Next Post
६० दिनका लागि शान्ति कायम गर्न अमेरिका इरानबिच सहमती

६० दिनका लागि शान्ति कायम गर्न अमेरिका इरानबिच सहमती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पूर्वमहानिरीक्षक ओमविक्रम राणाको परिवारले आफ्नो नाममा ल्याएको जग्गा सरकारी

पूर्वमहानिरीक्षक ओमविक्रम राणाको परिवारले आफ्नो नाममा ल्याएको जग्गा सरकारी

बिहिबार, जेष्ठ ४, २०८०
नेपाल विद्युत प्राधिकरणमा ठुलो संख्यामा कर्मचारी माग ( सूचनासहित )

आज काठमाडाैंका यि स्थानका केही घण्टा विजुली अवरूद्ध हुने

शनिबार, माघ ६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सर्वोच्च अदालतद्वारा विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश
TOP STORIES

सर्वोच्च अदालतद्वारा विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश

बिहिबार, साउन २१, २०८३
अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन आजको अपरिहार्यता : अध्यक्ष अग्रवाल
TOP STORIES

अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन आजको अपरिहार्यता : अध्यक्ष अग्रवाल

बिहिबार, साउन २१, २०८३
पल्सरको २५ वर्ष: नेपाली राइडरका लागि सुनौलो अवसर कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्
TOP STORIES

पल्सरको २५ वर्ष: नेपाली राइडरका लागि सुनौलो अवसर कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्

बुधबार, साउन २०, २०८३
देभको इन्जिनियरिङद्वारा घरको नक्सा डिजाइनमा ३३ प्रतिशत छुटको घोषणा
FEATURED

देभको इन्जिनियरिङद्वारा घरको नक्सा डिजाइनमा ३३ प्रतिशत छुटको घोषणा

बुधबार, साउन २०, २०८३
क्युकेएस अन्तरविद्यालय फुटसल भोलिदेखि
TOP STORIES

क्युकेएस अन्तरविद्यालय फुटसल भोलिदेखि

बुधबार, साउन २०, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
TOP STORIES

नेपाल टेलिकमको विशेष योजना : बक्यौता महशुलमा जरिवाना छुट

बुधबार, साउन २०, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In