समाचार

यातनापीडितहरुको न्यायमा पहुँच सुनिश्चित गर

१२ असार, यातनापीडितहरूको सहयोगार्थ अन्तर्राष्ट्रिय दिवस (जून २६) को अवसरमा यातना तथा अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार, दण्ड वा दुर्व्यवहार विरुद्धको शून्य सहनशीलतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै यातनापीडितहरूको अधिकार सम्मान, संरक्षण र संवर्द्धन गर्न आयोग नेपाल सरकार सहित सम्बद्ध सबै निकायहरूसँग हार्दिक अनुरोध गर्दछ ।   आयोगले यातना पीडितहरूको अधिकार संरक्षण एवम् संवर्द्धनको लागि नेपाल सरकारलाई गरेका सिफारिसको कार्यान्वयन  अवस्था सन्तोषजनक छैन ।यस वर्ष हिरासत तथा कारागारको अनुगमनबाट क्षमता भन्दा बढी संख्यामा रहेका  कैदीबन्दीहरुको व्यवस्थापन, विशेषत: कारागारिभत्र पानी, सरसफाई, शौचालय सहित आन्तरिक व्यवस्थापनमा सूधार हुन  नसक्दा यातना विरुद्धको अधिकार कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको पाइएको छ । यातना पीडितको अधिकार संरक्षणार्थ  आयोग बाहेक संयुक्त राष्ट्रसघीय संयन्त्रहरूबाट भएका सुझाव तथा सिफारिसहरुको कार्यान्वयन अवस्था पनि सन्तोषजनक  छैन । सशस्त्र द्वन्द्वका अधिकाँश यातना पीडितहरूले क्षतिपूर्ति पनि प्राप्त गर्न नसकेको अवस्था कायम छ । यातनाजन्य  कार्यको अन्त्य भइसकेको छैन । अनुसन्धान प्रकृयालाई थप वैज्ञानिक र प्रभावकारी बनाउन अतिरक्त पहल हुनुपर्ने देखिएको  छ ।  नेपालले यातना विरुद्धको महासन्धिको अनुमोदन गरिसकेपछि संयुक्त राष्ट्रसंघको यातना विरुद्धको समितिमा बुझाउनु पर्ने  आवधिक प्रतिवेदन करिब दुइ दशक लामो समय देखि बुझाउन सकेको छैन । जसको परिणाम, अन्तर्राष्ट्रिय मञ्चहरूमा  यातनाजन्य कार्यको बारेमा प्रश्न उठ्ने गरेको र पीडितले न्यायको अनुभूत गर्न नसकेको अवस्था छ । यातनाजन्य घटनाको  निष्पक्ष, स्वतन्त्र र प्रभावकारी अनुसन्धान, दोषीउपर कानूनबमोजिम कारवाही तथा पीडितलाई प्रभावकारी उपचार, क्षतिपूर्ति  र पुनर्स्थापनाको व्यवस्था सुनिश्चित गरी राज्को राष्ट्रिय र अन्तराष्ट्रिय दायित्व पूरा गर्न नेपाल सरकारले थप प्रयास गर्न जरूरी  देखिएको छ ।   उल्लिखित अवस्थाले नेपालको संविधानको धारा २२ को यातना विरुद्धको हक, यातना सम्बन्धी क्षतिपूर्ति ऐन २०५३, मुलुकी  अपराध संहिता २०७४, राष्ट्रिय मानव अधिकार आयोग ऐन २०६८ र नेपालले अनुमोदन गरेको यातना तथा अन्य क्रूर,  अमानवीय वा अपमानजनक व्यवहार वा दण्डविरुद्धको महासन्धि, १९८४ को कार्यान्वयनको अवस्था कमजोर देखिएको छ ।  अत: नेपाल राज्यको राष्ट्रिय एवम् अन्तराष्ट्रिय प्रतिबद्धताको प्रभावकारी रुपमा कार्यान्वयन गरी यातनापीडितहरूको न्यायमा  पहुँच सुनिश्चित गर्न आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ ।  

Read more

एलनिनो (El Niño) कोप्रभावरबढ्दोतापक्रमकोसामनागर्नसिजीब्रान्डकाउच्चकार्यक्षमताका एयरकुलरहरूबजारमाउपलब्ध 

काठमाडौँ – विश्वव्यापी मौसम प्रणाली 'एल निनो' (El Niño) को प्रभावका कारण यस वर्ष नेपालमा तापक्रममा उच्च वृद्धि हुने र लामो समयसम्म तातो हावा चल्ने जल तथा मौसम विज्ञानको प्रक्षेपण छ। यस चरम मौसमी परिस्थितिलाई मध्यनजर गर्दै, नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले उच्च तापक्रममा पनि उत्कृष्ट शीतलन प्रदान गर्नसक्ने उच्च कार्यक्षमताका एयर कुलरहरूको विस्तृत सिरिज बजारमा उपलब्ध गराइरहेको छ।  निरन्तरको उच्च गर्मी र सम्भावित भोल्टेज उतारचढावको प्राविधिक चुनौतीलाई समाधान गर्न सिजीका एयर कुलरहरू विशेष रूपमा डिजाइन गरिएका छन्। खुल्ला/अर्ध-खुल्ला ठाउँहरूमा इन्स्ट्यान्ट कुलिङका लागि यी कुलरहरू एक भरपर्दो र प्रभावकारी प्राविधिक समाधान हुन्।  विभिन्न आवश्यकताका लागि सिजी एयर कुलरको विस्तृत रेन्ज:  सिजीले ग्राहकको स्पेस र हावाको प्रवाहको प्राविधिक आवश्यकताअनुसार विभिन्न मोडेलहरू बजारमा उपलब्ध गराएको छ:  ∙डेजर्ट कुलर (Desert Coolers): उच्च पानी भण्डारण क्षमता र शक्तिशाली मोटर जडित, जसले ठूला र खुल्ला ठाउँहरूमा लामो दूरीसम्म बलियो हावाको प्रेसर फ्याँक्न सक्छ। ∙टावर कुलर (Tower Coolers): स्लिम र एयरोडाइनामिक (Aerodynamic) डिजाइन भएको, जसले कम स्पेस ओगटेर कोठाको उचाइसम्म समान रूपमा हावाको वितरण (Uniform Air Distribution) गर्दछ।  ∙पर्सनल कुलर (Personal Coolers): साना कोठा वा व्यक्तिगत कार्यक्षेत्रका लागि उच्च ऊर्जा दक्षता (High Energy Efficiency) सहितको कम्प्याक्ट कुलिङ सोलुसन। ∙विन्डो कुलर (Window Coolers): बाहिरी फ्रेस हावालाई भित्र तान्न र क्रस-भेन्टिलेसन (Cross-ventilation) लाई अधिकतम बनाउन झ्यालमा फिट गर्न मिल्ने उत्कृष्ट डिजाइन।  सिजी एयर कुलरका प्राविधिक विशेषताहरू (Technical Specifications):  ∙एड्भान्स हनीकम्ब कुलिङ प्याड (Advanced Honeycomb Cooling Pads): यसमा पानी सोस्ने र लामो समयसम्म टिकाइराख्ने उच्च क्षमता (High Water Retention) हुन्छ, जसले तातो हावालाई छिटो र प्रभावकारी रूपमा चिसो हावामा परिणत गर्छ।  ∙आइस च्याम्बर प्रविधि (Ice Chamber Technology): तत्काल तापक्रम घटाउन (Rapid Temperature Drop) र अतिरिक्त चिसोपन प्रदान गर्न विशेष आइस च्याम्बरको व्यवस्था गरिएको छ।  ∙उच्च ऊर्जा दक्षता र इन्भर्टर कम्प्याटिबिलिटी (Energy Efficient & Inverter Compatible): यसले एसीको तुलनामा निकै कम विद्युत् खपत गर्छ। साथै, यसको मोटर कम भोल्टेज र पावर कट भएको अवस्थामा इन्भर्टरमा पनि निर्बाध रूपले सञ्चालन हुन सक्ने गरी डिजाइन गरिएको छ।  ∙अटोमेटिक लुभर्स (Automatic Louvers): हावालाई कोठाको चारै दिशामा अटोमेटिक रूपमा प्रवाह गराउने प्रणाली।  "Experience Life with CG" को मूल नारालाई आत्मसात गर्दै, सिजी ब्रान्डले एल निनोको यो चुनौतीपूर्ण मौसममा पनि ग्राहकहरूलाई उच्च प्रविधि र उत्कृष्ट कार्यक्षमतासहितको भरपर्दो उपकरण उपलब्ध गराइराख्ने प्रतिबद्धता जनाएको छ।  सिजीका यी उच्च कार्यक्षमताका एयर कुलरहरू देशभर रहेका २१ वटा अत्याधुनिक 'सिजी डिजिटल' (CG Digital) शोरुमहरू, कम्पनीका आधिकारिक वेबसाइटहरू www.cgdigital.com.np, www.cginspiringlife.com तथा सिजी ब्रान्डका उत्पादन पाइने नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट सहजै खरिद गर्न सकिनेछ। 

Read more

राष्ट्रिय संवाद सम्पन्न: कृषि क्षेत्रको रूपान्तरण र महिला सशक्तीकरणका लागि नीतिगत सुधार र सहकार्यमा जोड

काठमाडौं, असार १२ । नेपालको कृषि क्षेत्रको रूपान्तरण, महिला किसानको सशक्तीकरण तथा कृषि सार्वभौमिकतालाई केन्द्रमा राखेर फर्टिलाइजर्स टु फार्मर्स इन्स्टिच्युट...

Read more

मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव

काठमाडौं, अषाढ १० । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई...

Read more

नेपाल मेडिसिटी अस्पताल र सिङहेल्थ सिङ्गापुरबीच गुणस्तरीय स्वास्थ्य सेवा तथा बिरामी सुरक्षामा सहकार्य

काठमाडौं । नेपाल मेडिसिटी अस्पताल र सिङ्गापुरको अग्रणी स्वास्थ्य सेवा संस्था सिङहेल्थ बीच स्वास्थ्य सेवाको गुणस्तर, बिरामी सुरक्षा तथा अन्तर्राष्ट्रिय...

Read more

बाँसबारीलाई अन्तर स्कुल फुटसलको उपाधि

काठमाडौं असार ९, काठमाडौं महानगरपालिका वडा नं.४ द्वारा आयोजित अन्तरविद्यालय खुला फुटसल प्रतियोगिताको उपाधि बाँसबारी माध्यमिक विद्यालयले जितेको छ ।बालुवाटारमा...

Read more

एन आई सी एशिया बैंकको हकप्रद शेयर निष्कासन: एनआइएमबि एस क्यापिटल बन्यो बिक्री प्रबन्धक

काठमाडौँ : एन आई सी एशिया बैंक लिमिटेडले २:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  नेपाल राष्ट्र बैंकबाट प्राप्त स्विकृतिअनुसार बैंकले हाल कायम चुक्ता पूँजी रु. १४,९१,७५,६६,९२२/(अक्षरेपी चौध अर्ब एकानब्बे करोड पचहत्तर लाख  छैसट्ठी हजार नौ सय बाईस रुपैयाँ मात्र) बराबरको प्रति शेयर रु. १००अंकित दरका १४,९१,७५,६६९.२२ (अक्षरेपी चौध करोड एकानब्बे लाख पचहत्तर हजार छ सय उनान्साठ्ठी दशमलव बााईस) कित्ता साधारण शेयरको दुई शेयर बराबर एक (२:१) शेयर (अर्थात् विद्यमान २ (दुई) कित्ता साधारण शेयर बराबर नयाँ १ (एक) कित्ता साधारण शेयर) को अनुपातमा साविकका शेयरधनीहरुको लागि रु. ७,४५,८७,८३,५००/(अक्षरेपी सात अर्ब पैंतालीस करोड सतासी लाख त्रीयासी हजार पाँच सय रुपैयाँ) बराबरको प्रति कित्ता रु. १००/- (अक्षरेपी एक सय रुपैयाँ मात्र) को ७,४५,८७,८३५ (सात करोड पैंतालीस लाख सतासी हजार आठ सय पैतीस) कित्ता हकप्रद साधारण शेयर निष्काशन गर्नेछ । उक्त हकप्रद शेयर निष्काशनका लागि आवश्यक अन्य नियामकीय स्वीकृति तथा प्रक्रिया पूरा गरी निष्काशन कार्य अगाडि बढाइनेछ ।   हकप्रद शेयर निष्काशनबाट प्राप्त हुने रकम बैंकको पूँजी संरचना सुदृढ बनाउन, पूँजी पर्याप्तता अनुपात थप मजबुत बनाउन तथा बैंकको दीर्घकालीन व्यवसायिक विस्तार एंव रणनीतिक योजनाहरु कार्यान्वयन गर्न उपयोग गर्ने योजना रहेको छ ।   उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धि सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख वित्तीय अधिकृत श्री रुपेश लुइटेल र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री सचिन्द्र ढुङ्गाना द्वारा हस्ताक्षर गरिएको छ । 

Read more

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले आफ्नो बहुप्रतीक्षित प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ‘याडिया किनिस’ नेपाली बजारमा आधिकारिक रूपमा...

Read more

५२० किमी रेन्ज दिने नयाँ ईभी नेपाली बजारमा; सुरुवाती मूल्य ४६ लाख ९९ हजार मात्र

नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स प्रालिले नयाँ प्रिमियम इलेक्ट्रिक ‘एसयूभी ओरा ५ ईभी’ नेपाली बजारमा आधिकारिक...

Read more

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न 

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation  Service (BIS) Program 2026' को समापन तथा अन्तिम कार्यक्रम काठमाडौंको  बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा भव्य रूपमा सम्पन्न भएको छ ।  स्टार्टअप उद्यमीहरूको क्षमता अभिवृद्धि, नवीन सोचको विकास, व्यवसायिक मोडल  निर्माण, मेन्टरशिप, नेटवर्किङ तथा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको  यस कार्यक्रमले नेपालको स्टार्टअप इकोसिस्टम विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको   छ ।  कार्यक्रममा कोशी र बागमती प्रदेशबाट सहभागी भएका स्टार्टअप टोलीहरूले आफ्ना  नवीनतम सोच, प्रविधिमा आधारित समाधान तथा व्यवसायिक योजनाहरू प्रस्तुत गरेका  थिए । कार्यक्रमले उद्यमीहरूलाई अनुभवी विज्ञ तथा सफल व्यवसायीहरूसँग प्रत्यक्ष  सिक्ने, आफ्नो व्यवसायिक यात्रालाई परिष्कृत गर्ने र बजारसँग जोडिने अवसर प्रदान  गरेको थियो । कार्यक्रम सञ्चालन तथा समन्वय रचना खरेलले गर्नुभएको थियो ।  प्रमुख अतिथिको सन्देश  कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका माननीय सदस्य प्रा.डा. सुदन झाले  स्टार्टअप यात्रा निरन्तर सिकाइ र अनुसन्धानको प्रक्रिया भएको बताउनुभयो । उहाँले  स्टार्टअपलाई “सिक्ने, सिक्ने र निरन्तर सिक्ने प्लेटफर्म”का रूपमा व्याख्या गर्दै  उद्यमीहरूलाई समाजमा प्रभाव पार्ने खालका नवीन विचार विकास गर्न, अनुसन्धानमा  आधारित भएर अगाडि बढ्न तथा आफ्ना सिर्जनात्मक सोचलाई व्यवहारमा उतार्न आग्रह  गर्नुभयो ।  यस्तै सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विज्ञ हेमपाल श्रेष्ठले स्टार्टअपले आफ्नो ग्राहक ...

Read more
Page 20 of 375 1 19 20 21 375

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.