Sambridinews

Sambridinews

एसपिजि अटोमोबाइल्सले आधिकारिक रूपमा सार्वजनिक हुनुअघि नै प्रस्तुत गर्यो आइकार भि-२३ (iCAUR v23)

एसपिजि अटोमोबाइल्सले आधिकारिक रूपमा सार्वजनिक हुनुअघि नै प्रस्तुत गर्यो आइकार भि-२३ (iCAUR v23)

काठमाडौं ,९ भदौ , नेपालमा ओमोडा एन्ड जेइकोको गाडीको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सले बहुप्रतिक्षित ‘आइकार भि-२३ (ICAUR v23)’ को पहिलो...

पशुपतिनाथमा  आज पवित्रारोहण गरिँदै

पशुपति विकास कोषले हरितालिका तिजको तयारी पुरा : दर्शनका लागि बिहान ३ बजेदेखि मन्दिरका ४ वटै ढोका खोलिने

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले सनातन हिन्दुनारीहरुको पर्व हरितालिका तीजको तयार पुरा गरेको जनाएको छ । कोषले आइतबार पत्रकार...

सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना

सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना

काठमाडौँमा दुई दिने एसुस एण्ड रोग गेमिंग डेजको आयोजना भएको छ।  आइतबार काठमाण्डौको पुतलीसडक स्थित आईटिटिआई स्टोर बाई नागमणि र...

मदिराको विज्ञापन प्रतिबन्ध र मिडियाको संकट

मदिराको विज्ञापन प्रतिबन्ध र मिडियाको संकट

रमेश कुमार बोहोरा नेपालमा मिडियामा मदिराको विज्ञापन बन्द गर्ने सरकारी निर्णयले लामो समयदेखि बहस निम्त्याउँदै आएको छ । एकातिर यो...

नेपालमा पहिलो पटक ‘नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल’ हुने

नेपालमा पहिलो पटक ‘नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल’ हुने

काठमाडौं । नेपाल पर्यटन बोर्ड र नेपाल आर्ट काउन्सिलले काठमाडौं उपत्यकाका चारवटै महानगरपालिकासँगको सहकार्यमा पहिलोपटक नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल–२०२५...

‘नाडा अटो शो’ को समापन : १ लाख ७५ हजार बढी दर्शकहरुले गरे अवलोकन

‘नाडा अटो शो’ को समापन : १ लाख ७५ हजार बढी दर्शकहरुले गरे अवलोकन

काठमाडौँ / नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा)द्वारा आयोजित नाडा अटो शो २०२५ विधिवत समापन भएको छ। राजधानीमा ६ दिनसम्म चलेको यस प्रदर्शनीमा...

राईजिङ स्टार क्रिकेट एकेडेमीको आयोजनामा यू-१४ टि-२० क्रिकेट प्रतियोगिता हुँदै

राईजिङ स्टार क्रिकेट एकेडेमीको आयोजनामा यू-१४ टि-२० क्रिकेट प्रतियोगिता हुँदै

राईजिङ स्टार क्रिकेट एकेडेमीको आयोजनामा यू-१४ टि-२० ब्वाइज ओपन क्रिकेट टुर्नामेन्ट हुने भएको छ ।भाद्र २४ गतेदेखि असोज ८ गतेसम्म...

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई ल्याण्डमार्क होटल्स एण्ड रिर्सोटमा १५ प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई ल्याण्डमार्क होटल्स एण्ड रिर्सोटमा १५ प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई ल्याण्डमार्क होटल्स एण्ड रिर्सोटमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा उक्त रिसोर्टस् र बैंकबीच सम्झौता सम्पन्न भएको...

हैजा प्रभावित वीरगञ्ज क्षेत्रमा पानी परिक्षणको कार्य तीब्र, मन्त्री यादव स्वयम् पानी परिक्षण स्थलमा

हैजा प्रभावित वीरगञ्ज क्षेत्रमा पानी परिक्षणको कार्य तीब्र, मन्त्री यादव स्वयम् पानी परिक्षण स्थलमा

वीरगंज (पर्सा), ८ भदौँ : गत शुक्रबार हैजा रोग पुष्टि भएको वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रमा अहिले खानेपानी परिक्षण तथा...

ख्याति प्राप्त चिनियाँ अटोमोबाइल कम्पनी अक्वेल नेपाल भित्रियो, ईभी गो नेपाल बन्यो आधिकारिक बिक्रेता  

ख्याति प्राप्त चिनियाँ अटोमोबाइल कम्पनी अक्वेल नेपाल भित्रियो, ईभी गो नेपाल बन्यो आधिकारिक बिक्रेता  

भदौ ८ गते, काठमाडौं, चीनको प्रख्यात कमर्सियल सवारी उत्पादन कम्पनी अक्वेल नेपाल भित्रिएको छहालै अक्वेलले ईभी गो नेपाल प्रालिलाई आधिकारिक बिक्रेता नियुक्त गरेसँगै उक्त ब्रान्ड नेपाल आएको हो।  कमर्सिलय सवारी ब्रान्डमा अब्बल दर्जामा रहेको अक्वेलका विद्युतीय माइक्रोबस तथा भ्यान नेपाल आउने भएका छन्। चीनमा करिब दुई दशकदेखि कमर्सियल सवारी उत्पादन गरिरहेको अक्वेल ईभी (चाइना) लिमिटेड पछिल्लो समय विद्युतीय सवारी उत्पादनलाई प्राथमिकतामा राखेको छ।    अक्वेल ईभी चाइना र ईभी गो नेपाल प्रालिबीच नेपालका लागि एक्सक्लुसिभ एग्रिमेन्ट भएको हो। अक्वेलले कमर्सियल सवारीको सम्पूर्ण लाइनअप उत्पादन गर्दै आएको छ। ११ सिट क्षमताको विद्युतीय भ्यानदेखि ठूला विद्युतीय बस तथा विद्युतीय पिकअपसमेत उत्पादन गरिरहेको छ।   अक्वेल ब्रान्डका विद्युतीय कमर्सियल सवारी ७० भन्दा बढी देशहरुमा बिक्री हुँदै आइरहेको छअब अक्वेलका विद्युतीय कमर्सियल सवारी ईभी गो प्रालिमार्फत नेपालमा उपलब्ध हुने भएको छ।  सुरुमा अक्वेलका ११, १४ र १६ सिट क्षमताका विद्युतीय भ्यान तथा माइक्रोबस नेपाल आउने ईभी गो नेपाल प्रालिका प्रबन्ध निर्देशक अनुमकुमार बरालले जानकारी दिए। यी माइक्रोबस नेपाल आएपछि कम्पनीले अक्वेलका १९ सिट, २५ सिट र २६ सिटभन्दा ठूला विद्युतीय बस नेपाल ल्याउने तयारी कम्पनीले गरेको छ। कम्पनीले बजारको माग र आवश्यकताअनुसार कार्गो ईभी भ्यान, विद्युतीय पिकअप, मध्यम खालका विद्युतीय ट्रक ल्याउने उल्लेख गरेको छ।  अक्वेलको विद्युतीय सवारी उत्पादन प्लान्ट चीनको फुजियान प्रान्तमा रहेको छ भने कम्पनीको केन्द्रिय कार्यालय सान्डोङ प्रान्तमा रहेको छ। अक्वेलको आफ्नै आरएन्डडी सेन्टर पनि छ, जहाँ सवारी उत्पादनसँग सम्बन्धित अनुसन्धान र विकासको काम हुन्छ।   अक्वेल ब्रान्डको मुख्य विशेषताको रुपमा सवारी उत्पादनसँगै स्पेयर पार्टसमा स्पेसियालिटी रहेको छचीनका अन्य विद्युतीय कमर्सियल सवारी उत्पादकको तुलनामा अक्वेलले उत्पादन गरेका स्पेयर पार्टस कम मूल्यमा उत्पादन तथा उपलब्ध हुँदै आएको छ।   अक्वेलको आधिकारिक बिक्रेता ईभी गो नेपाल प्रालिले विद्युतीय माइक्रोबस र भ्यान आयातसँगै सर्भिस सेन्टरको निर्माण थालिसकेको छसुरुमा काठमाडौंमा सर्भिस सेन्टर निर्माण थालेको कम्पनीले अक्वेलको माइक्रोबस बिक्री हुन थालेसँगै देशका प्रमुख सहरहरुमा सर्भिस सेन्टर विस्तार गर्दै जाने जनाएको छ। त्यस्तै कम्पनीले अक्वेलका विद्युतीय माइक्रोबस र भ्यानका लागि आवश्यक स्पेयर पार्टस को पर्याप्त उपलब्धताका लागि काम सुरु गरिसकेको छ।   अनुपकुमार बराल, प्रबन्ध निर्देशक   ईभी गो नेपाल प्रालि, (अक्वेल ईभी (चाइना) प्रालिको आधिकारिक बिक्रेता) 

Page 10 of 611 1 9 10 11 611

Recommended

Don't miss it

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.