काठमाडौँ, मङ्सिर १३ — संस्कार एकेडेमीको आयोजनामा तीनदिने आवासीय ‘व्यावसायिक वास्तु परामर्शदाता प्रशिक्षण पाठ्यक्रम’ धुलिखेलस्थित होटल सारथीमा मङ्सिर ११ देखि १३ गतेसम्म सम्पन्न भएको छ । नेपालकै ठुलो तथा पहिलो व्यावहारिक वास्तु प्रशिक्षण कार्यक्रमका रूपमा आयोजित यस पाठ्यक्रममा संस्कार एकेडेमीको अनलाइन प्रशिक्षणको १८औँ तथा प्रत्यक्ष प्रशिक्षणको नवौँ ब्याचका गरी कुल संस्कार एकेडेमीको तीनदिने आवासीय वास्तु परामर्शदाता प्रशिक्षण सम्पन्न, ९४ जना सहभागी दीक्षित भएका छन् ।
सहभागीहरूले सात दिनको अनलाइन अध्ययन, ५२ दिनको अध्ययन तथा तीनदिने प्रत्यक्ष प्रशिक्षण पूरा गरेका थिए । प्रशिक्षणपछि उनीहरू कुनै पनि आवासीय, व्यावसायिक तथा औद्योगिक भवनको वास्तु परीक्षण र विश्लेषण गर्न सक्षम भएको एकेडेमीले जनाएको छ । कार्यक्रममा इन्जिनियरिङका विद्यार्थी तथा प्राध्यापकहरूको उल्लेख्य सहभागिता रहेको थियो भने विभिन्न चिकित्सकहरूको समेत उपस्थिति थियो ।
प्रशिक्षणमा एलआर डाउजिङ, पेन्डुलम डाउजिङ, पाँच तत्त्व र १६ दिशाको सन्तुलन, ३२ प्रवेशद्वारको उपचार, पिरामिड स्थापना, मेटल तथा क्रिस्टल उपचार, एडभान्स ग्रिडिङ र भर्चुअल सहजीकरणलगायतका विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो । यसै क्रममा नेपालमा पहिलो पटक लेचर एन्टेना (Lecher Antenna) र औरा स्क्यानर (Aura Scanner) सम्बन्धी विशेष प्रशिक्षणसमेत सञ्चालन गरिएको थियो ।
एकेडेमीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एवं मुख्य प्रशिक्षक आचार्य राजाबाबु शाहले नेपाली वास्तु परामर्शदातालाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने र दक्ष व्यावसायिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्रशिक्षण सञ्चालन गरेको बताउनुभयो ।
एकेडेमीले नेपालको पहिलो व्यावसायिक वास्तु सफ्टवेयर ‘संस्कार वास्तु’ समेत सार्वजनिक गरेको छ । यसमार्फत १६ दिशा, ३२ प्रवेशद्वार, ४५ वास्तु देवता ऊर्जा क्षेत्र र मर्मस्थानको विश्लेषण गरी व्यावसायिक प्रतिवेदन तयार गर्न सकिन्छ । ब्राउजरबाटै प्रयोग गर्न सकिने यस सफ्टवेयरका लागि छुट्टै एप्लिकेसन आवश्यक पर्दैन ।
कार्यक्रममा उपस्थित इन्जिनियरहरूले वास्तु एप्लिकेसनको प्राविधिक महत्त्व र उपयोगिताबारे सकारात्मक धारणा व्यक्त गरेका थिए । उनीहरूका अनुसार नयाँ वास्तु एप्लिकेसनको सहायताले पहिले सात दिनसम्म लाग्ने काम अब करिब ४५ मिनेटमै सम्पन्न गर्न सकिन्छ । यसले समयको बचत गर्नुका साथै कामलाई छिटो, सहज र प्रभावकारी बनाएको उनीहरूको भनाइ थियो ।
संस्कार एकेडेमीले आफूलाई नेपालको पहिलो ISO Certified Institute का रूपमा परिचित गराउँदै वास्तुशास्त्र तथा आधुनिक अङ्कशास्त्रसम्बन्धी अध्ययन, अनुसन्धान, प्रशिक्षण र व्यावसायिक परामर्शका क्षेत्रमा काम गर्दै आएको जनाएको छ । दक्ष विशेषज्ञ उत्पादन गरी नेपाली वास्तु परामर्शदातालाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने एकेडेमीको लक्ष्य रहेको छ ।
थप जानकारीका लागि:
- वेबसाइट: www.SanskarAcademy.net
- सफ्टवेयर: www.SanskarVastu.com














