काठमाडौँ । घरका लागि आवश्यक इलेक्ट्रोनिक्स तथा घरायसी उपकरण खरिदलाई थप सहज र पहुँचयोग्य बनाउने उद्देश्यले सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) बीच आधिकारिक वित्तीय सहकार्य सुरु भएको छ ।
‘विश्वासको नयाँ हातेमालो’ सन्देशसहित सुरु गरिएको यस सहकार्यअन्तर्गत ग्राहकले लागू सर्तहरूको अधीनमा रही शून्य प्रतिशत ब्याजदरमा सहज मासिक किस्ताबन्दी (ईएमआई) सुविधा प्राप्त गर्न सक्नेछन् । एकैपटक ठूलो रकम खर्च गर्नुपर्ने बाध्यतालाई कम गर्दै ग्राहकलाई आफ्नो आवश्यकता र बजेटअनुसारका उपकरण खरिद गर्ने अवसर प्रदान गर्नु यस योजनाको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
‘तुरुन्तै सजिलो ईएमआई, नागरिकता भए पुग्छ’ भन्ने नारासहित ल्याइएको यस सुविधाअन्तर्गत ग्राहकले आफ्नो नागरिकताको प्रमाणपत्रका आधारमा नजिकको सीजी डिजिटल शोरुम वा सीजी इलेक्ट्रोनिक्सका आधिकारिक डिलरमार्फत यो सेवा लिन सक्नेछन् ।
यो योजनामा एलजी (LG), सीजी (CG), सीजी मेरिडिया (CG Meridia), टीसीएल (TCL), गोदरेज (Godrej), बेको (Beko), सेन्साई (Sensei), मिडिया (Midea), ब्ल्याक एण्ड डेकर (BLACK+DECKER), क्रम्पटन (Crompton), एलिका (Elica), केन्ट (KENT), बर्ली (Burly) तथा गुडम्यान्स (Goodmans) लगायतका प्रतिष्ठित ब्रान्डका उत्पादनहरू समावेश छन् । ग्राहकले टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कन्डिसनर तथा भान्सा र घरायसी प्रयोगका विभिन्न उपकरणहरूमा ईएमआई सुविधा पाउनेछन् ।
यसका साथै, पुराना उपकरण साटेर नयाँ उपकरणमा अपग्रेड गर्न चाहने ग्राहकका लागि ‘सीजी एक्स इलेक्स’ (CG X Elex) मार्फत एक्सचेन्जसँगै ईएमआईको दोहोरो विकल्पसमेत उपलब्ध गराइएको छ । गुणस्तरीय उत्पादनसँगै सहज खरिद विकल्प उपलब्ध गराउने यस सहकार्यले ग्राहकको घरायसी आवश्यकता पूरा गर्न थप मद्दत पुग्ने अपेक्षा सीजी इलेक्ट्रोनिक्सले लिएको छ ।
ग्राहकले नजिकको सीजी डिजिटल शोरुम वा आधिकारिक डिलरमा सम्पर्क गरी योजनामा समावेश उत्पादन, किस्ता अवधि, डाउन पेमेन्ट तथा एचएफएलका लागू सर्तहरूबारे विस्तृत जानकारी लिएर सुविधाको लाभ उठाउन सक्नेछन् ।














