Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, September 28, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नयाँ नीति वा ऐन हतारमा ल्याउने परिपाटी अन्त्य गर्न अध्यक्ष श्रेष्ठको आग्रह

Sambridinews by Sambridinews
शुक्रबार, साउन २९, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नयाँ नीति वा ऐन हतारमा ल्याउने परिपाटी अन्त्य गर्न अध्यक्ष श्रेष्ठको आग्रह
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले नयाँ नीति, ऐन तथा कानुन निर्माण गर्दा हतार गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । उहाँले नीति निर्माणअघि सम्बन्धित सरोकारवाला र निजी क्षेत्रसँग पर्याप्त छलफल तथा परामर्श गर्न सरकारसँग आग्रह गर्नुभयो ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले निजी क्षेत्रसँग सुझाव माग्ने तर त्यसलाई प्रभावकारी रूपमा समेट्ने वातावरण नबन्ने प्रवृत्तिले नीति कार्यान्वयनमा समस्या आउने बताउनुभयो । “कुनै पनि नीति वा ऐन ल्याउनुअघि पर्याप्त छलफल र संवाद आवश्यक छ । हतारमा सुझाव माग्ने र त्यसपछि सुझाव समेटिएन भनेर निजी क्षेत्र निराश हुने अवस्था अन्त्य हुनुपर्छ,” उहाँले भन्नुभयो । अध्यक्ष श्रेष्ठले नीति निर्माण प्रक्रियामा निजी क्षेत्रलाई केवल साक्षीका रूपमा उपस्थित गराउने नभई वास्तविक साझेदारका रूपमा सहभागी गराउनुपर्ने धारणा राख्नुभयो ।

You might also like

सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि

राष्ट्रिय महिला क्रिकेटर मनीषा उपाध्यायलाई ‘लेट रमा देवी मेमोरियल क्रिकेट कप’को ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री सम्मान

सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु. ३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार 

अर्थतन्त्रमा निजी क्षेत्रको ठूलो योगदान रहेकाले व्यवसायिक वातावरण सुधार, लगानी विस्तार र रोजगारी सिर्जनासम्बन्धी नीति बनाउँदा निजी क्षेत्रको अनुभव र सुझावलाई गम्भीरतापूर्वक लिनुपर्ने उहाँको भनाइ थियो । सरकार र निजी क्षेत्रबीचको सम्बन्ध नियन्त्रणको नभई विश्वास र साझेदारीको हुनुपर्नेमा जोड दिंदै अध्यक्ष श्रेष्ठले व्यवसायिक वातावरण सहज र लगानीमैत्री बनेमा निजी क्षेत्र बलियो हुने र त्यसबाट समग्र अर्थतन्त्र तथा सरकारको राजस्वसमेत स्वतः बढ्ने बताउनु भयो । उहाँले नेपालको अर्थतन्त्रलाई दिगो र सन्तुलित बनाउन पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । पर्यटन नेपालको रोजगारी, विदेशी मुद्रा आर्जन र क्षेत्रीय आर्थिक गतिविधि विस्तारको महत्वपूर्ण आधार बन्न सक्ने भन्दै पर्यटनलाई केवल आगन्तुकको संख्या बढाउने क्षेत्रका रूपमा नभई उच्च मूल्य सिर्जना गर्ने उद्योगका रूपमा विकास गर्नुपर्ने उहाँले बताउनुभयो । अध्यक्ष श्रेष्ठले नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको वास्तविक योगदान कति छ भन्ने विषयमा समेत स्पष्ट र विश्वसनीय तथ्यांक आवश्यक रहेको बताउनुभयो ।

पर्यटनले कुल गार्हस्थ्य उत्पादन (जीडीपी), रोजगारी, विदेशी मुद्रा आर्जन तथा अन्य आर्थिक गतिविधिमा पुर्‍याएको प्रत्यक्ष र अप्रत्यक्ष योगदानको यथार्थ मूल्यांकन गर्नुपर्ने उहाँको भनाइ थियो । “पर्यटनको अर्थतन्त्रमा वास्तविक योगदान कति हो भन्ने कुरा तथ्यांकमा स्पष्ट हुनुपर्छ । पर्यटनलाई प्राथमिकतामा राख्ने हो भने यसको योगदान, सम्भावना र प्रभावको पनि सही मूल्यांकन हुन आवश्यक छ,” उहाँले भन्नुभयो । नेपालको अर्थतन्त्र लामो समयसम्म रेमिट्यान्समा निर्भर रहँदा जोखिम बढ्न सक्ने भन्दै अध्यक्ष श्रेष्ठले उत्पादनमूलक क्षेत्रको विस्तार र विदेशी मुद्रा आर्जनका अन्य दिगो स्रोत विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । पर्यटन, निर्यात, सूचना प्रविधि तथा अन्य सेवा क्षेत्रलाई प्रतिस्पर्धी बनाउन सके मुलुकको अर्थतन्त्रलाई थप सबल बनाउन सकिने उहाँको धारणा थियो ।

उहाँले पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार, हवाई तथा सडक कनेक्टिभिटी, गन्तव्य विकास, सेवा गुणस्तर र लगानीमैत्री वातावरणमा सुधार आवश्यक रहेको बताउनुभयो। साथै, निजी क्षेत्र र सरकारबीच प्रभावकारी सहकार्यबाट मात्रै पर्यटनको वास्तविक सम्भावना उपयोग गर्न सकिने उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष श्रेष्ठले विमानस्थल निर्माण मात्र पर्याप्त नहुने भन्दै काठमाडौंसँगै भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न नियमित, पर्याप्त र प्रतिस्पर्धी हवाई उडान सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिनुभयो ।

Related

Previous Post

नेपाल टेलिकमको नयाँ व्यवस्था: अब सिम नामसारी अनलाइनबाटै, तर बायोमेट्रिक र प्रमाणीकरणका लागि भने कार्यालय धाउनै पर्ने

Next Post

आईची-नागोया एसियन गेम्स २०२६ मा नेपालका अन्तर्राष्ट्रिय निर्णायक बब्लु शिवाकोटी

Sambridinews

Sambridinews

Related Posts

सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि
FEATURED

सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि

by Sambridinews
सोमवार, अशोज १२, २०८३
राष्ट्रिय महिला क्रिकेटर मनीषा उपाध्यायलाई ‘लेट रमा देवी मेमोरियल क्रिकेट कप’को ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री सम्मान
TOP STORIES

राष्ट्रिय महिला क्रिकेटर मनीषा उपाध्यायलाई ‘लेट रमा देवी मेमोरियल क्रिकेट कप’को ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री सम्मान

by Sambridinews
सोमवार, अशोज १२, २०८३
सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु. ३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार 
TOP STORIES

सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु. ३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार 

by Sambridinews
सोमवार, अशोज १२, २०८३
गौरवता नेपाल’ शुभारम्भ अक्टोबर १० मा
FEATURED

गौरवता नेपाल’ शुभारम्भ अक्टोबर १० मा

by Sambridinews
सोमवार, अशोज १२, २०८३
आजको मौसम
FEATURED

वर्षा रोकिएसँगै देशभरको मौसम सामान्य

by Sambridinews
सोमवार, अशोज १२, २०८३
Next Post
आईची-नागोया एसियन गेम्स २०२६ मा नेपालका अन्तर्राष्ट्रिय निर्णायक बब्लु शिवाकोटी

आईची-नागोया एसियन गेम्स २०२६ मा नेपालका अन्तर्राष्ट्रिय निर्णायक बब्लु शिवाकोटी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बंगलादेश कबड्डी लिगमा नेपालका ४ खेलाडी

बंगलादेश कबड्डी लिगमा नेपालका ४ खेलाडी

सोमवार, मंसिर ११, २०८०
मेयर बालेनलाई नेपाल नागरिक उड्डयन प्राधिकरणकाे स्पष्टीकरण

मेयर बालेनलाई नेपाल नागरिक उड्डयन प्राधिकरणकाे स्पष्टीकरण

शुक्रबार, असार १, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि
FEATURED

सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि

सोमवार, अशोज १२, २०८३
राष्ट्रिय महिला क्रिकेटर मनीषा उपाध्यायलाई ‘लेट रमा देवी मेमोरियल क्रिकेट कप’को ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री सम्मान
TOP STORIES

राष्ट्रिय महिला क्रिकेटर मनीषा उपाध्यायलाई ‘लेट रमा देवी मेमोरियल क्रिकेट कप’को ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री सम्मान

सोमवार, अशोज १२, २०८३
सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु. ३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार 
TOP STORIES

सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु. ३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार 

सोमवार, अशोज १२, २०८३
गौरवता नेपाल’ शुभारम्भ अक्टोबर १० मा
FEATURED

गौरवता नेपाल’ शुभारम्भ अक्टोबर १० मा

सोमवार, अशोज १२, २०८३
आजको मौसम
FEATURED

वर्षा रोकिएसँगै देशभरको मौसम सामान्य

सोमवार, अशोज १२, २०८३
आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल
FEATURED

आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल

आइतवार, अशोज ११, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In