Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, October 1, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आईची-नागोया एसियन गेम्स २०२६ मा नेपालका अन्तर्राष्ट्रिय निर्णायक बब्लु शिवाकोटी

Sambridinews by Sambridinews
आइतवार, साउन ३१, २०८३
in TOP STORIES, खेलकुद, समाचार
0
आईची-नागोया एसियन गेम्स २०२६ मा नेपालका अन्तर्राष्ट्रिय निर्णायक बब्लु शिवाकोटी
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। नेपाली तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक बब्लु शिवाकोटीले जापानको आईची-नागोया शहरमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा तेक्वान्दो खेलको निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन्। आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म आयोजना हुने एसियाली खेलकुदमा एसियाका ४५ राष्ट्र तथा क्षेत्रका खेलाडीहरूले विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन्।

ग्योरोगी र पुम्से दुवै विधामा अन्तर्राष्ट्रिय निर्णायकको मान्यता प्राप्त शिवाकोटीका लागि एसियन गेम्समा निर्णायकको जिम्मेवारी नेपाली तेक्वान्दोको प्राविधिक क्षमताको अन्तर्राष्ट्रिय पहिचानका रूपमा हेरिएको छ। उनी नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य समेत हुन् भने दुई कार्यकाल संघका टेक्निकल डेलिगेट्स (टीडी) समेत भई आफ्नो उत्कृष्ट व्यवस्थापकीय सीपद्वारा तेक्वान्दो खेल प्रतियोगिताको स्तर उन्नतिमा समेत योगदान दिइसकेका छन्।

You might also like

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार 

शिवाकोटीले सन् २०२३ जनवरी १२ देखि १५ सम्म संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजना भएको अन्तर्राष्ट्रिय ग्योरोगी रेफ्री कोर्स उत्तीर्ण गरेका थिए। त्यसपछि सन् २०२४ सेप्टेम्बर १७ देखि २५ सम्म आयोजना भएको अन्तर्राष्ट्रिय पुम्से रेफ्री कोर्स पनि उत्तीर्ण गर्दै उनले दुवै विधामा अन्तर्राष्ट्रिय निर्णायकका रूपमा आफ्नो स्थान बनाएका थिए।

शिवाकोटीले अस्ट्रेलिया, जापान, चीन, भियतनाम, मलेसिया, थाइल्यान्ड, श्रीलंका, बंगलादेश, भारत, मंगोलियामा आयोजना भएका विभिन्न अन्तर्राष्ट्रिय एवम् एसियन तेक्वान्दो प्रतियोगिताहरूमा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन्। उनको अन्तर्राष्ट्रिय निर्णायक यात्रामा पछिल्लो समय महत्वपूर्ण प्रतियोगिताहरू थपिँदै गएका छन्। सन् २०२६ मा अस्ट्रेलियाको गोल्डकोस्टमा भएको डब्लुटी प्रेसिडेन्ट्स कप (जी-३) ओपन तेक्वान्दो प्रतियोगितामा पनि शिवाकोटीले निर्णायकको भूमिका निर्वाह गरेका थिए। त्यसैगरी, सन् २०२६ मेमा मंगोलियाको उलानबोटारमा भएको २७औँ एसियन तेक्वान्दो च्याम्पियनसिप, ९औँ एसियन पुम्से तेक्वान्दो च्याम्पियनसिप, ११औँ एसियन पारा तेक्वान्दो च्याम्पियनसिप तथा आईची-नागोया एसियाली खेलकुदको छनोट प्रतियोगितामा पनि उनले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

शिवाकोटीले सन् २०२५ डिसेम्बरमा दक्षिण कोरियाको सियोलस्थित कोरिया नेसनल स्पोर्ट्स एकेडेमीमा आयोजना भएको एटियू रेफ्री एजुकेसन कोर्स २०२६ मा पनि छनोट भई सहभागिता जनाएका थिए। एसियाका ४० राष्ट्रका करिब एक सय रेफ्री सहभागी उक्त प्रशिक्षणमा विश्व तेक्वान्दोले परिमार्जन गरेका नयाँ नियमबारे प्रशिक्षण दिइएको थियो। ती नियम सन् २०२६ जुन १ देखि लागू भएका छन् र एसियाली क्षेत्रमा आयोजना हुने प्रतियोगितामा प्रयोग हुँदै आएका छन्।

उनको प्राविधिक दक्षतालाई थप जिम्मेवारी दिँदै एसियन तेक्वान्दो युनियन (एटियू) ले शिवाकोटीलाई सन् २०२६ का लागि आफ्नो टेक्निकल कमिटी सदस्यमा नियुक्त गरेको छ। ATU को टेक्निकल कमिटीमा उनको नियुक्तिले नेपाली तेक्वान्दोको प्राविधिक जनशक्तिको अन्तर्राष्ट्रिय पहुँच र विश्वसनीयता समेत बढाएको छ।

नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्यका रूपमा प्रशासनिक तथा प्राविधिक जिम्मेवारी समेत सम्हालिरहेका शिवाकोटीले नेपालमा रेफ्री विकासका गतिविधिमा पनि सक्रिय भूमिका खेल्दै आएका छन्। राष्ट्रिय निर्णायकका लागि रिफ्रेसर कोर्स तथा प्राविधिक प्रशिक्षण सञ्चालनमा उनको सहभागिता रहँदै आएको छ। अब नागोयामा हुने २०औँ एसियाली खेलकुदमा नेपाली खेलाडीहरूको प्रदर्शनसँगै नेपाली प्राविधिकको उपस्थितिले पनि अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नेछ। एसियाली खेलकुदको तेक्वान्दो म्याटमा निष्पक्ष निर्णय गर्दै नेपालको प्रतिष्ठा थप उच्च बनाउने जिम्मेवारी शिवाकोटीको काँधमा छ।

Related

Previous Post

नयाँ नीति वा ऐन हतारमा ल्याउने परिपाटी अन्त्य गर्न अध्यक्ष श्रेष्ठको आग्रह

Next Post

किंग्स टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको पत्रकार सम्मेलन तथा टाइ–सिट ड्र भव्य रूपमा सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै
TOP STORIES

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै

by Sambridinews
बुधबार, अशोज १४, २०८३
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
TOP STORIES

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

by Sambridinews
बुधबार, अशोज १४, २०८३
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार 
TOP STORIES

क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार 

by Sambridinews
बुधबार, अशोज १४, २०८३
एभरेष्ट बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न: सेयरधनीलाई १५ प्रतिशत लाभांश पारित
FEATURED

एभरेष्ट बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न: सेयरधनीलाई १५ प्रतिशत लाभांश पारित

by Sambridinews
बुधबार, अशोज १४, २०८३
ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न,  १५ प्रतिशत बोनस घोषणा
TOP STORIES

ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत बोनस घोषणा

by Sambridinews
बुधबार, अशोज १४, २०८३
Next Post
किंग्स टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको पत्रकार सम्मेलन तथा टाइ–सिट ड्र भव्य रूपमा सम्पन्न

किंग्स टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको पत्रकार सम्मेलन तथा टाइ–सिट ड्र भव्य रूपमा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

निहारिका राजपुतको छोराको डीएनए शिवराज श्रेष्ठसँग मिल्याे

जनकपुरकी निहारिका राजपूत र शिवराज श्रेष्ठले गरे मिलापत्र

बुधबार, माघ १८, २०७९
सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति बनाउन सरकार तयार

सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति बनाउन सरकार तयार

मङ्लबार, भदौ ५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै
TOP STORIES

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै

बुधबार, अशोज १४, २०८३
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
TOP STORIES

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

बुधबार, अशोज १४, २०८३
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार 
TOP STORIES

क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार 

बुधबार, अशोज १४, २०८३
एभरेष्ट बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न: सेयरधनीलाई १५ प्रतिशत लाभांश पारित
FEATURED

एभरेष्ट बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न: सेयरधनीलाई १५ प्रतिशत लाभांश पारित

बुधबार, अशोज १४, २०८३
ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न,  १५ प्रतिशत बोनस घोषणा
TOP STORIES

ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत बोनस घोषणा

बुधबार, अशोज १४, २०८३
अकामा होटल लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न , रामडा ब्रान्डसँगको साझेदारी र आगामी आईपीओ निष्कासनले आर्थिक पुनरुत्थानको बलियो संकेत
FEATURED

अकामा होटल लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न , रामडा ब्रान्डसँगको साझेदारी र आगामी आईपीओ निष्कासनले आर्थिक पुनरुत्थानको बलियो संकेत

बुधबार, अशोज १४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In