Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, October 13, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

Sambridinews by Sambridinews
शुक्रबार, भदौ १२, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित

नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन

किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

काठमाडौं, १२ भाद्र । नेपाल चेम्बर अफ कमर्सले विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण गरेको छ ।
शुक्रबार प्रहरी प्रधान कार्यालय पुगी नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष एवं विपद् व्यवस्थापन परिषद्का सभापति दीपक कुमार मल्होत्राले नेपाल प्रहरीलाई उक्त ड्रोन हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण गरिएका ड्रोनमध्ये २ वटा म्याभिक फोर प्रो, ५ वटा एयर थ्री एस एफएमसी आरसी टु, २ वटा मिनी फाइभ प्रो प्लस एफएमसी आरसी टु, ६ वटा लिटो वान प्लस एफएमसी आर थ्री तथा २ वटा लिटो एक्स वान एफएमसी आर टु रहेका छन् ।
ड्रोन हस्तान्तरण कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, नेपाल चेम्बर अफ कमर्सका महानिर्देशक देवेन्द्र लामिछाने तथा वरिष्ठ प्रहरी उपरीक्षक दामोदर कंडेलको उपस्थिति रहेको थियो ।
विपद्का कारण प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी, तीव्र र प्रविधिमैत्री बनाउन सर्भिलेन्स ड्रोनले महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको चेम्बरले जनाएको छ । कठिन भौगोलिक अवस्था तथा जोखिमयुक्त क्षेत्रमा मानिसको पहुँच सीमित हुने भएकाले ड्रोनमार्फत प्रभावित क्षेत्रको निगरानी, अवस्थाको पहिचान तथा उद्धार कार्यको समन्वयमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
उद्धार कार्यलाई थप प्रभावकारी बनाउन चेम्बरले यसअघि नै ५० केजी पेलोड क्षमताको एउटा ड्रोन र एउटा सर्भिलेन्स ड्रोन विदुर नगरपालिकामा पठाइसकेको छ ।
यसैगरी, प्रभावित क्षेत्रमा सञ्चार तथा अत्यावश्यक विद्युतीय उपकरण सञ्चालनमा सहयोग पुग्ने उद्देश्यले चेम्बरले १२५ वटा पावर बैंक समेत उपलब्ध गराइसकेको जनाएको छ ।
चेम्बरले विपद् प्रभावित नागरिकका लागि राहत संकलन तथा वितरण अभियानसमेत अघि बढाएको छ । चेम्बरले रसुवा, नुवाकोट तथा धादिङलगायत प्रभावित जिल्लामा भाद्र ११ गते तत्कालै नगद तथा जिन्सी सहयोग उपलब्ध गराएको छ भने राहत अभियानलाई अगाडी बढाउदै सहयोग कार्यलाई निरन्तरता दिने चेम्बरले जनाएको छ ।

Related

Previous Post

भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग

Next Post

बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह

Sambridinews

Sambridinews

Related Posts

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित
TOP STORIES

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित

by Sambridinews
सोमवार, अशोज २६, २०८३
नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन
TOP STORIES

नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन

by Sambridinews
सोमवार, अशोज २६, २०८३
किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा
FEATURED

किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

by Sambridinews
सोमवार, अशोज २६, २०८३
काठमाडौंमा होटल व्यवसायीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना
FEATURED

काठमाडौंमा होटल व्यवसायीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना

by Sambridinews
सोमवार, अशोज २६, २०८३
लोटो स्पोर्ट (Lotto Sport) बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक अपरेल पार्टनर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

‘मूल्य पारदर्शिता सप्ताह’ अभियानप्रति चेम्बरको ऐक्यबद्धता

‘मूल्य पारदर्शिता सप्ताह’ अभियानप्रति चेम्बरको ऐक्यबद्धता

मङ्लबार, बैशाख २९, २०८३
प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला

प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला

शनिबार, फाल्गुन १२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित
TOP STORIES

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित

सोमवार, अशोज २६, २०८३
नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन
TOP STORIES

नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन

सोमवार, अशोज २६, २०८३
किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा
FEATURED

किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

सोमवार, अशोज २६, २०८३
काठमाडौंमा होटल व्यवसायीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना
FEATURED

काठमाडौंमा होटल व्यवसायीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना

सोमवार, अशोज २६, २०८३
लोटो स्पोर्ट (Lotto Sport) बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक अपरेल पार्टनर
TOP STORIES

लोटो स्पोर्ट (Lotto Sport) बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक अपरेल पार्टनर

सोमवार, अशोज २६, २०८३
श्रमजीवी पत्रकारका समस्या समाधान गर्न महासंघले कानुनी प्रक्रियाबाट अगाडि बढाउने
TOP STORIES

नेपाल पत्रकार महासंघको साधारणसभा मंसिर २६ र २७ गते हुने

सोमवार, अशोज २६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In