जेठ ७, काठमाडौं । स्थानीय वायु, पश्चिमी तथा मनसुनी वायुको द्वन्द्वको प्रभावले आज दिउसो काठमाडौं सहितका विभिन्न स्थामा वर्षाको सभ्मावना रहेको छ।
मौसमविद डा.विनोद पोख्रेलका अनुसार पूर्वी नेपालबाट सुरुभएको वर्षा पश्चिमतिर सर्दै गएकाले आज दिउसाे काठमाडौं सहितका विभिन्न स्थामा मध्यम वर्षाको सम्भावना रहेको छ ।
हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा हल्का वर्षा सहित थप वर्षाको सम्भावना रहेको बताइएको छ।
नेपालमा मनसुन प्रवेश गरेकाे छैन यद्यपी वंगालको खाडिमा भने मनसुन विकास भइसकेको र फैलिने क्रममा रहेकाले त्यसको प्रभावले अझै केहीदिन यस्तै खालकाे मौसम हुने जनाइएको छ।














