Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, November 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एमालेआगामी निर्वाचनमा सशक्त सङ्गठनसहित विजयको आत्मविश्वासका साथ जाने :अध्यक्ष ओली

Sambridinews by Sambridinews
बुधबार, मंसिर ३, २०८३
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
एमालेआगामी निर्वाचनमा सशक्त सङ्गठनसहित विजयको आत्मविश्वासका साथ जाने :अध्यक्ष ओली
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनहरूमा पार्टीले सशक्त सङ्गठनका साथ विजयको आत्मविश्वास लिएर जाने बताउनुभएको छ ।

मङ्गलबार काठमाडौंको कार्की ब्याङ्क्वेटमा आयोजित पार्टीको दुईदिने राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष ओलीले भेलाको मूल सन्देश ‘एकता र विजयको आत्मविश्वास’ रहेको बताउनुभएको हो । बिरुवामा जल सिञ्चन गरी भेलाको औपचारिक उद्घाटन गरेपछि बोल्दै उहाँले स्थानीय, प्रदेश र राष्ट्रिय सभाको निर्वाचन नजिकिँदै गरेको उल्लेख गर्दै अगुवा नेता तथा कार्यकर्तालाई उच्च आत्मविश्वासका साथ कार्यक्षेत्रमा खटिन निर्देशन दिनुभयो ।

You might also like

ग्रान्ड मास्टर राजेन्द्रन काठमाडौंमा

‘अल्टरनेटिभ फिल्म फेस्टिभल २०२७’ का लागि आवेदन खुला; कुल पुरस्कार राशि १ लाख २० हजार अमेरिकी डलर

मोल्निया पावर लिमिटेडको २७औँ वार्षिक साधारणसभा सम्पन्न: आर्थिक वर्ष २०८३/८४ देखि लाभांश वितरण गर्ने योजना सार्वजनिक

“पार्टीमा कसैलाई आराम गर्ने छुट छैन, हाम्रो आरामको जिन्दगी होइन,” अध्यक्ष ओलीले भन्नुभयो, “चुनावको परिणामलाई भव्य सफलतामा पुर्याउन एकताको सन्देशलाई सङ्कल्पका रूपमा लिनुपर्छ ।”

सम्बोधनका क्रममा अध्यक्ष ओलीले वर्तमान सरकार स्वेच्छाचारी बाटोतर्फ अघि बढेको आरोप लगाउँदै त्यसको प्रतिरोध गर्न एमाले तयार रहेको बताउनुभयो । मुलुक आर्थिक, सामाजिक र सांस्कृतिक मूल्य–मान्यताका हिसाबले खस्किरहेको टिप्पणी गर्दै उहाँले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहे पनि फैसलामा ढिलाइ भइरहेको गुनासो गर्नुभयो ।

बन्दसत्रमा कार्यपत्र प्रस्तुत उद्घाटन समारोहलगत्तै सुरु भएको बन्दसत्रमा महासचिव शङ्कर पोखरेलले ‘पार्टीको शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको कार्ययोजना’ सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्रमा सङ्गठनात्मक जीवनका प्रमुख १४ वटा समस्या औँल्याउँदै तिनको समाधानका उपायबारे चर्चा गरिएको छ । पार्टीलाई जनमुखी शक्तिका रूपमा प्रस्तुत गर्न हरेक पालिका तहमा जागरण अभियानको संयोजनका लागि केन्द्रीय प्रतिनिधि खटाइसकिएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले ‘एमालेले देश र जनताको पक्षमा गरेका महत्त्वपूर्ण कार्यहरू’ विषयक कार्यपत्र पेस गर्दै एमाले नेतृत्वको सरकारका पालामा भौतिक पूर्वाधार, आर्थिक वृद्धि र मानवीय विकासका क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गर्नुभयो । स्वागत मन्तव्य राख्दै सचिव पद्मा अर्यालले आगामी स्थानीय तहको निर्वाचन पार्टीका लागि राजनीतिक परीक्षा भएको बताउँदै जनताका गुनासा सुनेर समाधानको पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

३,४१४ प्रतिनिधिको सहभागिता ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नाराका साथ सुरु भएको भेलामा केन्द्रीय कमिटीदेखि पालिका कमिटीसम्मका नेता तथा जनप्रतिनिधि गरी देशभरबाट ३ हजार ४१४ प्रतिनिधि सहभागी छन् ।

सचिव भानुभक्त ढकालले सञ्चालन गर्नुभएको उद्घाटन सत्रमा वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्त, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी सदस्यहरू, विभिन्न आयोगका अध्यक्षहरू तथा ज्येष्ठ कम्युनिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जारी गर्नुभएको प्रेस नोटअनुसार भेलाको दोस्रो दिन भोलि मङ्सिर ३ गते बिहान ८ बजेदेखि सुरु हुने सत्रमा अध्यक्ष ओली, वरिष्ठ नेता भण्डारी र उपाध्यक्ष थापाले विभिन्न समसामयिक तथा सङ्गठनात्मक विषयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

Related

Previous Post

ग्रान्ड मास्टर राजेन्द्रन काठमाडौंमा

Sambridinews

Sambridinews

Related Posts

ग्रान्ड मास्टर राजेन्द्रन काठमाडौंमा
TOP STORIES

ग्रान्ड मास्टर राजेन्द्रन काठमाडौंमा

by Sambridinews
बुधबार, मंसिर ३, २०८३
‘अल्टरनेटिभ फिल्म फेस्टिभल २०२७’ का लागि आवेदन खुला; कुल पुरस्कार राशि १ लाख २० हजार अमेरिकी डलर
FEATURED

‘अल्टरनेटिभ फिल्म फेस्टिभल २०२७’ का लागि आवेदन खुला; कुल पुरस्कार राशि १ लाख २० हजार अमेरिकी डलर

by Sambridinews
बुधबार, मंसिर ३, २०८३
मोल्निया पावर लिमिटेडको २७औँ वार्षिक साधारणसभा सम्पन्न: आर्थिक वर्ष २०८३/८४ देखि लाभांश वितरण गर्ने योजना सार्वजनिक
FEATURED

मोल्निया पावर लिमिटेडको २७औँ वार्षिक साधारणसभा सम्पन्न: आर्थिक वर्ष २०८३/८४ देखि लाभांश वितरण गर्ने योजना सार्वजनिक

by Sambridinews
बुधबार, मंसिर ३, २०८३
नेपालमा कफी उत्पादन ऐतिहासिक उचाइमा: आर्थिक वर्ष २०८२/८३ मा ७९० मेट्रिक टन उत्पादन
FEATURED

नेपालमा कफी उत्पादन ऐतिहासिक उचाइमा: आर्थिक वर्ष २०८२/८३ मा ७९० मेट्रिक टन उत्पादन

by Sambridinews
मङ्लबार, मंसिर २, २०८३
मंसिर ५ र ६ गते ‘आकाशटेल नास–आईटी एक्स्पो २०२६’ हुँदै, नेपाली प्रविधि र स्टार्टअपलाई विश्व बजारसँग जोडिने
FEATURED

मंसिर ५ र ६ गते ‘आकाशटेल नास–आईटी एक्स्पो २०२६’ हुँदै, नेपाली प्रविधि र स्टार्टअपलाई विश्व बजारसँग जोडिने

by Sambridinews
मङ्लबार, मंसिर २, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

ग्लोबल आइएमई बैंक र आइएमई ट्राभल्सबिच सहकार्य ; ६ हजारमा विदेश भ्रमण सुविधा

ग्लोबल आइएमई बैंक र आइएमई ट्राभल्सबिच सहकार्य ; ६ हजारमा विदेश भ्रमण सुविधा

सोमवार, बैशाख ३, २०८१
चाडपर्वको अवसरमा ‘एन आई सी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक

चाडपर्वको अवसरमा ‘एन आई सी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक

शुक्रबार, अशोज ७, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एमालेआगामी निर्वाचनमा सशक्त सङ्गठनसहित विजयको आत्मविश्वासका साथ जाने :अध्यक्ष ओली
FEATURED

एमालेआगामी निर्वाचनमा सशक्त सङ्गठनसहित विजयको आत्मविश्वासका साथ जाने :अध्यक्ष ओली

बुधबार, मंसिर ३, २०८३
ग्रान्ड मास्टर राजेन्द्रन काठमाडौंमा
TOP STORIES

ग्रान्ड मास्टर राजेन्द्रन काठमाडौंमा

बुधबार, मंसिर ३, २०८३
‘अल्टरनेटिभ फिल्म फेस्टिभल २०२७’ का लागि आवेदन खुला; कुल पुरस्कार राशि १ लाख २० हजार अमेरिकी डलर
FEATURED

‘अल्टरनेटिभ फिल्म फेस्टिभल २०२७’ का लागि आवेदन खुला; कुल पुरस्कार राशि १ लाख २० हजार अमेरिकी डलर

बुधबार, मंसिर ३, २०८३
मोल्निया पावर लिमिटेडको २७औँ वार्षिक साधारणसभा सम्पन्न: आर्थिक वर्ष २०८३/८४ देखि लाभांश वितरण गर्ने योजना सार्वजनिक
FEATURED

मोल्निया पावर लिमिटेडको २७औँ वार्षिक साधारणसभा सम्पन्न: आर्थिक वर्ष २०८३/८४ देखि लाभांश वितरण गर्ने योजना सार्वजनिक

बुधबार, मंसिर ३, २०८३
नेपालमा कफी उत्पादन ऐतिहासिक उचाइमा: आर्थिक वर्ष २०८२/८३ मा ७९० मेट्रिक टन उत्पादन
FEATURED

नेपालमा कफी उत्पादन ऐतिहासिक उचाइमा: आर्थिक वर्ष २०८२/८३ मा ७९० मेट्रिक टन उत्पादन

मङ्लबार, मंसिर २, २०८३
मंसिर ५ र ६ गते ‘आकाशटेल नास–आईटी एक्स्पो २०२६’ हुँदै, नेपाली प्रविधि र स्टार्टअपलाई विश्व बजारसँग जोडिने
FEATURED

मंसिर ५ र ६ गते ‘आकाशटेल नास–आईटी एक्स्पो २०२६’ हुँदै, नेपाली प्रविधि र स्टार्टअपलाई विश्व बजारसँग जोडिने

मङ्लबार, मंसिर २, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In