वैशाख ३१, सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टीले कमलामाइ नगरपालीका वडा नं ३ चपौलीमा पहिलोपट वडा भेला सम्पन्न गरेको छ । भेलाले १० सदस्यीय कार्यसमिति चयन गरेको छ।
भेलाले सभापतिमा रामहरी राई, उपसभापतिमा तारा प्रसाद देवकोटा, सचिवमा कृष्ण प्रसाद फुयाल चयन गरेको छ । त्यैगरी सदस्यहरुमा बन्दना कार्की , कृष्णकुमारी हायु ,
सेतीमाया बिसंखे , पुष्कर आचार्य , सन्दिप सिग्देल , चन्द्रकुमार कार्की , प्रेम बहादुर खड्का रहेका छन् ।
२०८२ फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा प्रमुख राजनीतिक दल भएसंगै वडास्तरमा संगठन विस्तार सुरु भएको छ ।
यससंगै चपाैलीमा विगतमा कांग्रेस एमालेकाे वर्चस्व रहेपनि ०८४ सालमा हुने स्थानिय तह र प्रेदेश सभा निर्वाचनमा यसले टक्कर दिने अाकलन गर्न थालिएकाे छ ।
भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि चपाैलीबाट सबैभन्दा धेरै भाेट रास्वपालाइ परेकाे थियाे ।














