बैशाख ३, काठमाडौँ । इरानी सेनाको नियन्त्रणमा रहेका अमृत झा रिहा भएका छन् ।
कतारस्थित नेपाली दूतावासले अमृत झा रिहा भएको र उनी सकुशल रहेको परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखालाई जानकारी गराएको परराष्ट्रमन्त्री शिशिर खनालले बताए ।
झाको रिहाइका लागि स्थानीय अदालतबाट आदेश भएको भन्ने खबर तेहरानस्थित नेपाली अनररी कन्सुल जनरलमार्फत अनौपचारिक रूपमा प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उक्त आदेशको विस्तृत विवरण उपलब्ध गराउन र झालाई आवश्यक प्रक्रिया पूरा गरी नेपाल फर्काउनको लागि तेहरानस्थित नेपाली अनररी कन्सुल जनरल र नेपाली राजदूतावास दोहाबाट आवश्यक पहल जारी राखिएको व्यहोरा परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ ।















