काठमाडौं, माघ १८, समृद्धि स्कुलले सातौं डिएभी प्लस टु अन्तरकलेज सिक्स ए साइड छात्र फुटसल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।
डिएभी (नेब) प्लस टुको सहयोग तथा डिएभी स्पोर्ट्स क्लबको आयोजनामा जावलाखेलमा भएको प्रतियोगिताको फाइनलमा समृद्धिले हेराल्ड इन्टरनेसल कलेजलाई ३–१ गोलले पराजित ग¥यो । समृद्धिका सौगात राना मगर, क्याप्टेन बोगटी र डेनियल सेनले समान १–१ गोल गरे । हेराल्डका विराज तामाङले सान्त्वाना गोल फर्काए । उपाधिसंगै समृद्धिले ३ लाख तथा हेराल्डले २ लाख नगद पुरस्कार पाए ।
समृद्धिका क्याप्टेन बोगटी उत्कृष्ट खेलाडी तथा हेराल्डका निराजन मगर उत्कृष्ट गोलरक्षक घोषित भए । एआईटीएम कलेजका सुशन बलामी सर्वाधिक गोलकर्ता बने । तीनैले जनही १५ हजार नगद पुरस्कार पाए ।
विजेतालाई केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडिया, कलेजका प्रिन्सिपल सुमन बस्नेत र शिव शक्ति एडु मार्ट प्रालिका संस्थापक महेश गिरहियाले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
तीनदिने प्रतियोगितामा ४० टिम सहभागी थिए । प्रतियोगता प्लस टु तहको सबैभन्दा ठूलो धनराशिको प्रतियोगिता भएको कलेजका प्रिन्सिपल सुमन बस्नेतले दाबी गरे ।

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:














