Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, July 31, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

NAAT मिस एअर होस्टेस सिजन–३ को उपाधि रितिका सुनारलाई, यति एयरलाइन्समा केबिन क्रु बन्ने अवसर

Sambridinews by Sambridinews
शनिबार, माघ १८, २०८२
in FEATURED, TOP STORIES, मनोरञ्जन, समाचार
0
NAAT मिस एअर होस्टेस सिजन–३ को उपाधि रितिका सुनारलाई, यति एयरलाइन्समा केबिन क्रु बन्ने अवसर
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – NAAT Aviation Academy द्वारा आयोजित Yeti Airlines Presents NAAT Miss Airhostess International Season 3 को उपाधि रितिका सुनार ले हात पार्न सफल भएकी छन्। प्रतियोगिताको ग्रान्ड फिनाले काठमाडौँको राष्ट्रिय नाचघर, जमलमा भव्य रूपमा सम्पन्न भएको हो।

विजेता सुनारले उपाधिसँगै यति एयरलाइन्समा ‘केबिन क्रु’ पदमा रोजगारीको अवसर समेत प्राप्त गरेकी छन्। उनलाई उक्त अवसरको औपचारिक घोषणा तथा नियुक्ति पत्र यति एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत (Chief of Safety) श्री सन्त प्रजापति ले प्रदान गरेका थिए। रितिका सुनार यस सिजनकी विजेता घोषित हुँदै मोस्ट ट्यालेन्ट उपाधि पनि जित्न सफल भइन्।

You might also like

ब्रोड पिक हिमपहिरोमा १० आरोही बेपत्ता : ४ जनाको शव भेटियाे

पूर्वमा बढेको अशान्तिप्रति नाडाको ध्यानाकर्षण: हिंसात्मक गतिविधि रोक्न र संवादबाट समाधान खोज्न आग्रह

आजबाट पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु हुँदै, ३२ टोली भिड्ने

प्रतियोगितामा शर्मिला कुमारी प्रथम उपविजेता घोषित हुँदै सर्वोत्कृष्ट व्यक्तित्व उपाधि प्राप्त गर्न सफल भइन् भने एस्थर मटे दोस्रो उपविजेता बन्दै दर्शक छनोट पुरस्कार तथा सर्वोत्कृष्ट क्याटवाक उपाधि जित्न सफल भइन्।

त्यसैगरी रितु चौधरी ले सर्वाधिक लोकप्रिय तथा मल्टिमिडिया छनोट पुरस्कार दुवै उपाधि जितिन्। सुजाता जमकटेल ले सर्वोत्कृष्ट शारीरिक बनावट र परिमा गुरुङ ले सर्वोत्कृष्ट फोटोजेनिक उपाधि प्राप्त गरिन्।

कार्यक्रममा सहभागी सम्पूर्ण प्रतियोगीहरूलाई फेसन कोरियोग्राफर तथा पर्सनालिटी ट्रेनर श्री लभिन अन्सारी द्वारा केबिन क्रु पेशासँग सम्बन्धित शिष्टाचार, प्रस्तुति कला, क्याटवाक, ग्रुमिङ तथा व्यावसायिक व्यक्तित्व विकाससम्बन्धी सघन प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत श्री सुधन सुबेदी रहेका थिए। निर्णायक मण्डलमा समर्पण जंग कार्की (Mr. Nepal 2023 तथा बुद्ध एयरका पाइलट), ईभा जैसवाल (Etihad Airways की अन्तर्राष्ट्रिय केबिन क्रु), अनिता खड्का (अन्तर्राष्ट्रिय पेजेन्ट विजेता तथा मनोवैज्ञानिक) र रचना सुनार (यति एयरलाइन्सकी प्रमुख केबिन क्रु) रहेका थिए।

NAAT Aviation Academy का प्रमुख कार्यकारी अधिकृत शेखर पाण्डे ले प्रतियोगिताले युवतीहरूलाई व्यावसायिक उड्डयन क्षेत्रमा प्रवेशका लागि सक्षम बनाउने उद्देश्य सफलतापूर्वक पूरा गरेको बताउँदै सहभागी, निर्णायक तथा सहकार्य गर्ने सम्पूर्ण संस्थाहरूप्रति आभार व्यक्त गरे।

नर्दन लाइट एकेडेमी अफ एभिएसन एन्ड टेक्नोलोजी (NAAT) ले काठमाडौँको बानेश्वर मा बेलायतको प्रतिष्ठित प्राविधिक शिक्षण संस्था City & Guilds को सम्बन्धनमा एयर होस्टेस तथा एयरपोर्ट ग्राउन्ड ह्यान्डलिङ सम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ।

NAAT नेपालमै यस्तो स्तरको एभिएसन शिक्षा प्रदान गर्ने अग्रडी संस्था हो। NAAT ले एयर होस्टेसका लागि ३६० घण्टा क्रेडिट आवर र ग्राउन्ड ह्यान्डलिङतर्फ लेभल–२ डिप्लोमा (४०० घण्टा क्रेडिट आवर) को कोर्स सञ्चालन गर्दै आएको छ। कक्षा १२ उत्तीर्ण वा परीक्षा दिई बसेका विद्यार्थीले तालिम पूरा गरेपछि नेपाल तथा विदेशका विभिन्न अन्तर्राष्ट्रिय बायुसेवा कम्पनीहरूमा रोजगारी पाउने अवसर प्राप्त गर्नेछन्।

Related

Previous Post

निजी क्षेत्रका विषयहरू घोषणापत्रमा स्पष्ट रुपमा समेट्न मागअध्यक्ष : ढकाल

Next Post

यलम्बर कप ब्याडमिन्टनको यु–१७ मा सौर्य च्याम्पियन

Sambridinews

Sambridinews

Related Posts

ब्रोड पिक हिमपहिरोमा १० आरोही बेपत्ता : ४ जनाको शव भेटियाे
FEATURED

ब्रोड पिक हिमपहिरोमा १० आरोही बेपत्ता : ४ जनाको शव भेटियाे

by Sambridinews
शुक्रबार, साउन १५, २०८३
पूर्वमा बढेको अशान्तिप्रति नाडाको ध्यानाकर्षण: हिंसात्मक गतिविधि रोक्न र संवादबाट समाधान खोज्न आग्रह
FEATURED

पूर्वमा बढेको अशान्तिप्रति नाडाको ध्यानाकर्षण: हिंसात्मक गतिविधि रोक्न र संवादबाट समाधान खोज्न आग्रह

by Sambridinews
शुक्रबार, साउन १५, २०८३
आजबाट पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु हुँदै, ३२ टोली भिड्ने
TOP STORIES

आजबाट पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु हुँदै, ३२ टोली भिड्ने

by Sambridinews
शुक्रबार, साउन १५, २०८३
रचनालाई रजत
TOP STORIES

रचनालाई रजत

by Sambridinews
बिहिबार, साउन १४, २०८३
हिंसाबाट बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सिजपको आग्रह
TOP STORIES

हिंसाबाट बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सिजपको आग्रह

by Sambridinews
बिहिबार, साउन १४, २०८३
Next Post
यलम्बर कप ब्याडमिन्टनको यु–१७ मा सौर्य च्याम्पियन

यलम्बर कप ब्याडमिन्टनको यु–१७ मा सौर्य च्याम्पियन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

के हुन्छ एमडीएमएस प्रणालीमा व्यक्तिले विदेशबाट ल्याएका मोबाइल फोन ?

दुईवटासम्म नयाँ फोनमा भन्सार शुल्क नलाग्ने

बुधबार, बैशाख २७, २०८०
प्रभु बैंकका  सीईओ अशोक शेरचनसहितका उच्च कर्मचारी पक्राउ

प्रभु बैंकका सीईओ अशोक शेरचनसहितका उच्च कर्मचारी पक्राउ

आइतवार, मंसिर १५, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ब्रोड पिक हिमपहिरोमा १० आरोही बेपत्ता : ४ जनाको शव भेटियाे
FEATURED

ब्रोड पिक हिमपहिरोमा १० आरोही बेपत्ता : ४ जनाको शव भेटियाे

शुक्रबार, साउन १५, २०८३
पूर्वमा बढेको अशान्तिप्रति नाडाको ध्यानाकर्षण: हिंसात्मक गतिविधि रोक्न र संवादबाट समाधान खोज्न आग्रह
FEATURED

पूर्वमा बढेको अशान्तिप्रति नाडाको ध्यानाकर्षण: हिंसात्मक गतिविधि रोक्न र संवादबाट समाधान खोज्न आग्रह

शुक्रबार, साउन १५, २०८३
आजबाट पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु हुँदै, ३२ टोली भिड्ने
TOP STORIES

आजबाट पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु हुँदै, ३२ टोली भिड्ने

शुक्रबार, साउन १५, २०८३
रचनालाई रजत
TOP STORIES

रचनालाई रजत

बिहिबार, साउन १४, २०८३
हिंसाबाट बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सिजपको आग्रह
TOP STORIES

हिंसाबाट बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सिजपको आग्रह

बिहिबार, साउन १४, २०८३
तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त,
FEATURED

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त,

बिहिबार, साउन १४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In