१४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सात बुँदे सहमति भएको छ ।
निरन्तरको छलफलपछि रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङबीच भएको सोमबार साँझ सात बुँदे सहमति भएको हो ।
सहमति अनुसार, कुलमानलाई रास्वपाको उपसभापति बनाइने भएको छ ।
त्यस्तै, सहमतिपत्रमा उनेपाका अध्यक्ष अनुपकुमार उपाध्याय र रास्वपा सभापति लामिछानेबीच हस्ताक्षर भएको छ ।
उक्त सहमतीमा काठमाडौंका मेयर बालेन शाह साक्षीका रुपमा राखिएको छ ।














