काठमाडौं, २०७९ असोज २३, —स्टार्टअप वल्र्ड कप २०२५ को विश्व प्रतिश्पर्धाका लागी नेपाल च्याम्पिएन स्टार्टअप अमेरिकाको सिलिकन भ्याली प्रस्थान गरेका छन् ।
स्टार्टअप हब नेपाल र वल्र्ड ट्रेड गु्रपले नेपालमा आयोजना गरेको नेपालको सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय स्टार्टअप प्रतिश्पर्धाको नेपाल बिजेता डि एल सर्फका तर्फबाट संस्थापक अर्जुन घिमिरे विहिबार अमेरिकाको सिलिकन भ्याली प्रस्थान गरेका हुन् । घिमिरेले सिलिकन भ्यालीमा मिलियन डलर (नेरु १४ करोड चालिस लाख बराबर) को विश्व प्रतिश्पर्धामा भाग लिने छन् ।
बिहिबार स्टार्टअप हब नेपालका अध्यक्ष डा. शम्भु पोखरेलले नेपाल च्याम्पिएन घिमिरेलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदाई गरेका छन् ।
हालसम्म पाँच जना स्टार्टअपलाई अमेरिकाको सिलिकन भ्यालीमा प्रतिश्पर्धामा सहभागी गराउन स्टार्टअप नेपाल सफल भएको आयोजकले जनाएका छन् । अक्टुबर १७ देखी २२ सम्म अमेरिकामा हुने हुने ग्लोबल फिनालेमा नेपालको प्रतिनिधित्व गर्दे डिएल सर्फले विश्वका १०० देशका च्याम्पीयन स्टार्टअप हरुसंग प्रतिश्पर्धा गर्नेछ ।
स्टार्टअप हब नेपालले नेपालका उत्कृष्ट स्टार्टअपहरूलाई विश्वभरका लगानीकर्ता, सल्लाहकार, र उद्यमशील व्यक्तिहरुसंग जोडेर उनीहरुको नेटवर्क विश्तारमा सहयोग गर्दै आएको छ । जसले गर्दा नेपाली स्टार्टअपहरुको विश्व प्रतिश्पर्धि क्षमता अभिवृद्धि हुनुका साथै नेपालको स्टार्टअप इकोसिस्टमलाई सबल र गतिशील बनाउन ेआयोजकको विश्वास रहेको छ ।
वल्र्ड ट्रेड ग्रुप नेपालले यसको सिस्टर कन्सर्न स्टार्टअप हब नेपालमार्फत नेपालमा यो प्रतियोगिता भित्र्याएको हो । “यो प्रतियोगिताले नेपाली स्टार्टअपहरूलाई विश्वव्यापी सोच राख्न प्रेरित गर्ने स्टार्टअप वल्र्ड कपका साउथ एसिया प्रमुख तथा नेपालका अध्यक्ष डा. शम्भु पोखरेलले जनाएका छन् ।
नेपालका बिजेता डि एल सर्फले अमेरिकाको (सिलिकन भ्याली) सान फ्रान्सिस्कोमा हुने ग्लोबल फिनालेमा ९९ अन्य देशका विजेता, ३०० भन्दा बढी मल्टि बिलियन डलरका भेन्चर क्यापिटल कम्पनीहरू, र हजारौं स्टार्टअपहरूका अगाडि आफ्नो आइडिया प्रस्तुत गर्न पाउने व्यवस्था रहेको डा. पोखरेलले बताउनु भयो । यो केवल प्रतियोगिता होइन—यो त एउटा ग्लोबल लञ्चप्याड हो,” डा. पोखरेलले भन्नुभयो ।
स्टार्टअप वल्र्ड कपको स्थापना विश्वकै धनी व्यक्ति एलन मस्कको स्पेस एक्सको फण्डरेजिङ कम्पनी पिगासस टक भेन्चरले सुरु गरेको हो । यो विश्वकै सबैभन्दा ठूलो स्टार्टअप प्रतियोगिता मानिन्छ, जसले उद्यमीहरूलाई ग्लोबल एक्सपोजर, लगानी, र विश्व स्तरमा आफ्नो सञ्जाल विस्तार गर्ने अवसर दिने गरेको छ ।
विश्वविजेता बन्न सकेमा नेपाली स्टार्टअपले मिलियन डलरको पुरस्कार जित्नेमात्र नभई युनिकर्न (बिलियन डलर स्टार्टअप) बन्ने सम्भाबना प्रबल रहने आयोजकले जनाएका छन् ।
swc.startuphubnepal.com
www.startuphubnepal.com
for more info: 9801088226