Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, November 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

संसारका आठ हजारभन्दा बढी अनुसन्धानकर्ताबाट छानिएर नेपालका पल्लव श्रेष्ठले पाए ‘हेल्महोल्ट्ज विद्यावारिधि अवार्ड २०२६’

Sambridinews by Sambridinews
सोमवार, मंसिर ८, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
संसारका आठ हजारभन्दा बढी अनुसन्धानकर्ताबाट छानिएर नेपालका पल्लव श्रेष्ठले पाए ‘हेल्महोल्ट्ज विद्यावारिधि अवार्ड २०२६’
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, मङ्सिर ४ । नेपालका जलविद् डा. पल्लवकुमार श्रेष्ठले जर्मनीको सबैभन्दा ठूलो वैज्ञानिक संस्था हेल्महोल्ट्ज एसोसिएसनले प्रदान गर्ने प्रतिष्ठित ‘हेल्महोल्ट्ज विद्यावारिधि पुरस्कार २०२६’ (Helmholtz Doctoral Award-2026) प्राप्त गरेका छन् । यो पुरस्कार उक्त एसोसिएसनले विद्यावारिधि अन्तर्गतका विशिष्ट अनुसन्धानकर्तालाई प्रदान गर्ने पुरस्कार हो । सन् २०२६ मा हेल्महोल्ट्ज एसोसिएसनका आठ हजारभन्दा बढी विद्यावारिधि अनुसन्धानकर्तामध्ये डा. श्रेष्ठसहित ११ जना मात्र पुरस्कारबाट सम्मानित भएका हुन् । नेपालबाट उक्त पुरस्कार प्राप्त गर्ने डा. श्रेष्ठ सम्भवतः पहिलो व्यक्ति हुन् ।

पुरस्कार एसोसिएसनका अध्यक्ष प्रा. मार्टिन केलरले प्रदान गरेका थिए । प्रसिद्ध जर्मन भौतिकशास्त्री हर्मन भोन हेल्महोल्ट्जको नामबाट स्थापना गरिएको उक्त एसोसिएसन जर्मनीका १८ वैज्ञानिक–प्राविधिक अनुसन्धान संस्थाहरूको छाता सङ्गठन हो । नयाँ वैज्ञानिक खोज तथा उपलब्धिहरूलाई प्रविधि हस्तान्तरणको माध्यमबाट सामाजिक हितका लागि प्रयोगमा ल्याउने उद्देश्य रहेको यस संस्थाले सोको लागि महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको छ ।

You might also like

पूर्वमुख्यमन्त्री ईन्द्रबहादुर बानियाँविरूद्ध पक्राउ पुर्जी जारी

प्रधानमन्त्री बालेनकाे भारत भ्रमणको दोस्रो दिन : आज मोदीसँग भेटवार्ता

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई

डा. पल्लवकुमार श्रेष्ठले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकबाट सिभिल इन्जिनियरिङमा बिई (B.E.) तथा वाटर रिसोर्सेस इन्जिनियरिङमा एमएस्सी (M.Sc.) गरेका हुन् । उनले हेल्महोल्ट्ज एसोसिएसनअन्तर्गतको सुप्रसिद्ध वातावरणीय अनुसन्धान संस्था ‘हेल्महोल्ट्ज इन्स्टिच्युट फर इन्भाइरोमेन्टल रिसर्च’ (UFZ) को कम्प्युटेसनल हाइड्रोसिस्टम्स विभागबाट विद्यावारिधि गरेपछि हाल पोस्टडक्टोरल वैज्ञानिकका रूपमा कार्यरत छन् । डा. श्रेष्ठको अनुसन्धानले नदीको जलवहाव र बाढीको पूर्वानुमानलाई थप विश्वसनीय बनाउन सहयोग पुग्नेछ ।

नेपालमा अनुसन्धानको सान्दर्भिकता बाढीसम्बन्धी पूर्वसूचनाको विश्वसनीयता र प्रभावकारी कार्ययोजना नदीको बहावको सटिक विश्लेषणमा निर्भर रहन्छ । तर साना पहाडी नदीका क्याचमेन्ट क्षेत्रहरूलाई हाल उपलब्ध हाइड्रोलोजिकल मोडेलहरूले पर्याप्त सम्बोधन गर्न नसकेको अवस्था छ । विद्यमान ‘मेसोस्केल हाइड्रोलोजिकल मोडेल’ अन्तर्गत डा. श्रेष्ठको अनुसन्धानबाट विकसित नयाँ प्रणालीबाट नदीको बहावको सटिक, स्थानकेन्द्रित अनुमान लगाउन सहयोग पुग्नुका साथै तथ्याङ्कहरूको प्रभावकारी विश्लेषणद्वारा बाढीको जोखिम पूर्वानुमान कार्यमा थप योगदान हुने विश्वास गरिएको छ ।

यी मोडेलहरू केवल प्रारूप मात्र नभएर जर्मनी तथा युरोपका विभिन्न देशहरूमा पटक–पटक परीक्षण गरी प्रमाणित भएका कार्यान्वयनयोग्य हाइड्रोलोजिकल प्रणाली हुन् । नेपालका हाइड्रो–प्रोजेक्टहरू प्रायः बाढीबाट प्रभावित भई निर्माण र सञ्चालनमा ढिलाइ हुने गरेको र यसबाट आर्थिक दायित्व पनि बढेको देखिन्छ । नदीको बहाव तथा बाढीको विश्वसनीय अग्रिम जानकारीले यो स्थितिमा सुधार हुनुका साथै स्थानीय बासिन्दाहरूको सुरक्षा, जलऊर्जाको व्यवस्थापन र पूर्वाधारको विकासमा निकै महत्त्व राख्ने हुँदा नेपालमा यस नवीनतम प्रविधिको सान्दर्भिकता उच्च रहेको छ ।

स्रोत तथा थप जानकारीका लागि:

तस्बिर लिंक: https://presse.ufz.de/uploads/images/PM-Martin-Keller-und-Pallav-Kumar-Shrestha-2-C-Oliver-Walterscheid-3-6af1a07d5e753-6af1a0c3e81a36.69457574.jpg

निर्मल श्रेष्ठ (पल्लवको बुबा), सम्पर्क नम्बर: ९८५११२९९४५

समाचार स्रोतको आधिकारिकताका लागि हेल्महोल्ट्ज इन्स्टिच्युट फर इन्भाइरोमेन्टल रिसर्चको लिंक: https://www.ufz.de/index.php?en=36336&webc_pm=48/2026

Related

Previous Post

पूर्वमुख्यमन्त्री ईन्द्रबहादुर बानियाँविरूद्ध पक्राउ पुर्जी जारी

Sambridinews

Sambridinews

Related Posts

पूर्वमुख्यमन्त्री ईन्द्रबहादुर बानियाँविरूद्ध पक्राउ पुर्जी जारी
TOP STORIES

पूर्वमुख्यमन्त्री ईन्द्रबहादुर बानियाँविरूद्ध पक्राउ पुर्जी जारी

by Sambridinews
सोमवार, मंसिर ८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमणको दोस्रो दिन : आज मोदीसँग भेटवार्ता
FEATURED

प्रधानमन्त्री बालेनकाे भारत भ्रमणको दोस्रो दिन : आज मोदीसँग भेटवार्ता

by Sambridinews
सोमवार, मंसिर ८, २०८३
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई
FEATURED

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई

by Sambridinews
शनिबार, मंसिर ६, २०८३
एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव
TOP STORIES

एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव

by Sambridinews
शनिबार, मंसिर ६, २०८३
एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि बहुक्षेत्रीय सहकार्य आवश्यक : मन्त्री मेहता
FEATURED

एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि बहुक्षेत्रीय सहकार्य आवश्यक : मन्त्री मेहता

by Sambridinews
शनिबार, मंसिर ६, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितो प्रवाह कर्जाको सिमा बृद्धि

के छ आजदेखि प्रचलनमा आएका ५ सयका नयाँ नोटमा ?

बुधबार, असार ३, २०८३
सूदुरपश्चिम रोयल्सको प्रायोजकमा कुमारी जब

सूदुरपश्चिम रोयल्सको प्रायोजकमा कुमारी जब

शनिबार, कार्तिक २४, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

संसारका आठ हजारभन्दा बढी अनुसन्धानकर्ताबाट छानिएर नेपालका पल्लव श्रेष्ठले पाए ‘हेल्महोल्ट्ज विद्यावारिधि अवार्ड २०२६’
FEATURED

संसारका आठ हजारभन्दा बढी अनुसन्धानकर्ताबाट छानिएर नेपालका पल्लव श्रेष्ठले पाए ‘हेल्महोल्ट्ज विद्यावारिधि अवार्ड २०२६’

सोमवार, मंसिर ८, २०८३
पूर्वमुख्यमन्त्री ईन्द्रबहादुर बानियाँविरूद्ध पक्राउ पुर्जी जारी
TOP STORIES

पूर्वमुख्यमन्त्री ईन्द्रबहादुर बानियाँविरूद्ध पक्राउ पुर्जी जारी

सोमवार, मंसिर ८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमणको दोस्रो दिन : आज मोदीसँग भेटवार्ता
FEATURED

प्रधानमन्त्री बालेनकाे भारत भ्रमणको दोस्रो दिन : आज मोदीसँग भेटवार्ता

सोमवार, मंसिर ८, २०८३
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई
FEATURED

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई

शनिबार, मंसिर ६, २०८३
एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव
TOP STORIES

एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव

शनिबार, मंसिर ६, २०८३
एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि बहुक्षेत्रीय सहकार्य आवश्यक : मन्त्री मेहता
FEATURED

एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि बहुक्षेत्रीय सहकार्य आवश्यक : मन्त्री मेहता

शनिबार, मंसिर ६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In