Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, October 10, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

“नेपालमा शान्ति, अमनचयन र स्थिरता कायम भए युएईको भिसा छिट्टै सहज तथा खुकुलो हुनसक्छ”: राजदूत क्षेत्री

Sambridinews by Sambridinews
शुक्रबार, अशोज २४, २०८२
in TOP STORIES, जीवन शैली, समाचार
0
“नेपालमा शान्ति, अमनचयन र स्थिरता कायम भए युएईको भिसा छिट्टै सहज तथा खुकुलो हुनसक्छ”: राजदूत क्षेत्री
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

क्षितिज विक्रम खनाल,अबुधावी युएई।

संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले पछिल्लो समय युएईमा देखिएको भिसा कडाइ, रोजगारीका नाममा भइरहेको ठगी, र दूतावासका सुधारात्मक प्रयासबारे हजुरको पोष्ट सँग कुराकानी गर्दै दूतावासको धारणा राख्नुभएको छ।

You might also like

LG को Water Purifier नेपाली बजारमा 

नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा

२१ किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ

राजदूत क्षेत्रीका अनुसार, युएईले हाल नेपाली नागरिकका लागि भिजिट, कामदार, र विद्यार्थी भिसामा कडाइ गरेको कारणहरूमध्ये नेपालमा जेन्जी आन्दोलन पश्चात उत्पन्न राजनीतिक जटिल परिस्थिति पनि हो। उहाँले भन्नुभयो, “युएई आफैंमा अत्यन्त शान्त, सुरक्षित तथा विकास, प्रगति र आर्थिक समृद्धिमा अगाडी बढिरहेको देश हो। नेपालमा जेन्जी आन्दोलनपछि जेलमा रहेका धेरै कैदी बन्दी तथा अपराधी बाहिरिएका छन्। जतिसक्दो छिटो हामी ती कैदीहरूलाई पुनः नियन्त्रणमा ल्याउँदैनौं, तबसम्म युएईजस्ता देशहरूले भिषामा कडाई हुन सक्ने देखिन्छ।”

क्षेत्रीका अनुसार, युएई सरकारले भिषा कडाई गरेको विषयमा कुनै औपचारिक जानकारी दूतावासले प्राप्त नभएको तथा देशको सुरक्षाको दृष्टीले यस किसिमका उपाय तथा सावधानीहरू अपनाउन लिइएको कदम हुनसक्छ । उहाँले विश्वास व्यक्त गर्नुभयो कि नेपालमा छिट्टै शान्ति र अमनचयन तथा स्थिरता र विश्वसनीय वातावरण हुनासाथ भिसा नीतिमा फेरि सहजता हुनेछ। युएईमा रहेका नेपालीहरू मेहनती, ईमान्दारी, लगनशिल, सरल,शिष्ट तथा बफादार भएकाले पनि नेपालीहरूलाई युएई सरकार र जनताले रोजगारीमा प्राथमिकतामा राखेको बताउनुभयो।

युएईमा रोजगारीका नाममा नेपालीले नेपालीलाई गर्ने ठगि र मानव बेचबिखनका घटनाबारे उहाँले गम्भीर चिन्ता व्यक्त गर्नुभयो। भिजिट भिसा लिएर काम दिलाइदिने नाममा केही दलालहरूले नेपालीहरूबाट ठगी गर्ने क्रम बढेको उहाँको भनाइ छ। “हाम्रो दूतावासमा यस्ता घटनाबारे धेरै उजुरी आएका छन्। यस्ता अपराध गम्भीर प्रकृतिका हुन् र नेपालकै कानुन अनुसार कडाभन्दा कडा सजाय हुनुपर्छ। प्रमाणसहित उजुरी आए अनुसन्धान र कारबाही तुरुन्त अघि बढाइन्छ,” उहाँले भन्नुभयो।

क्षेत्रीले नेपालीनागरिकहरूलाई सचेत गराउदै भन्नुभयो, “युएई रोजगारीमा आउदा सरकारबाट मान्यताप्राप्त एजेन्सीबाट मात्र आउनुन र सरकारले तोकेको रकम मात्र बैंक भौचर वा ट्रान्सफरको प्रमाण राख्नुपर्छ। यसले कानुनी प्रक्रिया अघि बढाउन सजिलो हुन्छ।” उहाँले थप सुझाव दिँदै भने कि युएईमा नेपालीहरूको संख्या ७ लाख भन्दा बढी भएकाले बिभिन्न ठगी मानव बेचवखन तथाअपराधीक घटनाहरू तीव्र रूपमा बढ्दै गएको सन्दर्भमा अन्य देशले अपनाएका सुरक्षा प्रणाली जस्तै दूतावास मातहतमा यस्ता ठगी र अपराधिक गतिविधिमा संलग्नलाई आवश्य कारबाही तथा नियन्त्रण गर्न मद्दत पुर्‍याउने संयन्त्र आवश्यक देखिएको उहाँको बताउनुभयो।

दूतावासका सेवा सुधारबारे कुरा गर्दै राजदूत क्षेत्रीले राहदानी, भीषा, NOC, र अन्य कन्सुलर सम्बन्धी कामलाई छिटो, छरितो तथा प्रभाबकारी सेवा प्रवाह प्रदान गर्न अधिकतम प्रयास भइरहेको जानकारी दिनुभयो। “आपतकालीन अवस्थाहरू—जस्तै मृत्यु, दुर्घटना वा अस्पताल उपचारत बिरामीलाई तत्काल राहत, उद्धार तथा सहयोग तथा सहजिकरण गर्न दूतावासले गैर आवासीय नेपाली संघ तथा अन्य नेपाली संघसंस्थाहरूसंग सहकार्य गर्ने प्रणाली बनाएका छौं,” उहाँले स्पष्ट पार्नुभयो।

उहाँका अनुसार, युएईका विभिन्न सहरहरूमा मोबाइल राहदानी, कन्सुलर तथा श्रमिक सचेतना शिविर सञ्चालन गरिएको तथा थप स्थानहरूमा गर्ने तयारी पनि भइरहेको छ, जसले नेपाली समुदायलाई दूतावासका सेवामा सजिलो पहुँच दिलाउनेछ। साथै, नेपालीबीच एकता, सांस्कृतिक पहिचान र सहकार्य सुदृढ गर्न नियमित अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने योजना पनि अघि बढाइँदै छ।

द्विपक्षीय सम्बन्धका विषयमा राजदूत क्षेत्रीले भन्नुभयो, “नेपाल–युएई सम्बन्धलाई अझ प्रगाढ बनाउन ब्यापार, पर्यटन, श्रम, शिक्षा र लगानीका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। हामी चाहन्छौं कि नेपालीहरू सुरक्षित र कानुनी माध्यमबाट यहाँ रोजगारमा आउन्।” उहाँका अनुसार, ओभरस्टे वा कानुनी समस्यामा परेका नेपालीका हकहितमा दूतावासले निरन्तर सक्दो सहयोग गर्दै आएको छ।

हालै लागू गरिएको Visa Regulation Framework 2025 बारे उहाँले स्पष्ट पार्दै भन्नुभयो, “यो नीतिले सीप भएका वैध रोजगार र शिक्षाका लागि आएका नेपालीहरूलाई सहजता दिनेछ, तर अवैध माध्यमबाट आउनेहरू तथा सीप नभएका अदक्षका हकमा यो प्रणाली अझ कडाइपूर्ण हुनेछ।”

राजदूत क्षेत्रीले नेपाल र युएईबीचको प्रगाढ सम्बन्धलाई आगामी दिनमा अझ थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “यदि नेपालले आफ्नो आन्तरिक स्थिरता, शान्ति र कानुनी विश्वसनीयता पुनःस्थापित गर्न सक्यो भने युएईले भिसा कडाइ चाँडै सरल सहज र खुकुलो बनाउने बिश्वास व्यक्त गर्नुभयो।” यस्मा दूतावासले पनि आवश्यक पहल गरिरहेको जानकारी दिनुभयो । उहाँले सबै नेपालीहरूलाई युएईको कानुन, मूल्य, मान्यता अक्षरस पालना गर्न, मादकपदार्थ सेवन नगर्नु हुन तथा ठग र दलालबाट सावधान रहन, र कुनै पनि समस्या आईपरेमा सिधै आबुधावीस्थित दूतावास तथा दुवईसथित कन्सुलेटमा सम्पर्क गर्न आग्रह गर्नुभयो।

Related

Previous Post

जेनजी आन्दोलनका सहिद सन्तानका लागि काठमाडौं युरो स्कुलको पूर्ण छात्रवृत्ति घोषणा

Next Post

स्टार्टअप वल्र्ड कप २०२५ को विश्व प्रतिश्पर्धाका लागी नेपाली स्टार्टअप सिलिकन भ्यालीतर्फ प्रस्थान

Sambridinews

Sambridinews

Related Posts

LG को Water Purifier नेपाली बजारमा 
TOP STORIES

LG को Water Purifier नेपाली बजारमा 

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा
TOP STORIES

नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

२१ किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा
FEATURED

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नबिल बैंक र निम्बजबीच अन्तर्राष्ट्रिय डाटा ई–सिम र ड्राइभिङ अनुमतिपत्रका लागि सम्झौता

नबिल बैंक र निम्बजबीच अन्तर्राष्ट्रिय डाटा ई–सिम र ड्राइभिङ अनुमतिपत्रका लागि सम्झौता

सोमवार, भदौ १६, २०८२
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

LG को Water Purifier नेपाली बजारमा 
TOP STORIES

LG को Water Purifier नेपाली बजारमा 

शुक्रबार, अशोज २३, २०८३
नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा
TOP STORIES

नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा

शुक्रबार, अशोज २३, २०८३
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

२१ किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ

शुक्रबार, अशोज २३, २०८३
रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा
FEATURED

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा

शुक्रबार, अशोज २३, २०८३
भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो
FEATURED

भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो

शुक्रबार, अशोज २३, २०८३
दशैंको अग्रिम टिकट बुकिङ आजदेखि खुला
FEATURED

दशैंको अग्रिम टिकट बुकिङ आजदेखि खुला

शुक्रबार, अशोज २३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In