Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, May 19, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग नाडाको प्रतिनिधि मण्डलको छलफल

Sambridinews by Sambridinews
बिहिबार, अशोज ९, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग नाडाको प्रतिनिधि मण्डलको छलफल
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हासँग भेट गरी नेपालको अटोमोबाइल क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित समस्या र समाधान बारे विस्तृत छलफल गरेको छ।

यस भेटघाटमा मन्त्रालयका सचिव कृष्णप्रसाद राउत, उद्योग सचिव डा. रामप्रसाद घिमिरे तथा नाडाका पदाधिकारी एवं केन्द्रीय कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो।

You might also like

नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

कौशलटारस्थित हनुमन्ते खाेला किनारमा एक व्यक्ति मृत फेला

मुस्ताङमा भन्सार छलेर ल्याउदै गरेकाे भेप बरामद

छलफलको क्रममा अध्यक्ष चौधरीले हालैको जेन–जेड आन्दोलनका क्रममा अटोमोबाइल उद्योगमा प्रत्यक्ष उत्पादनमा क्षति नभए पनि धेरैजसो शो–रुम, कार्यालय र संरचनामा आगजनी तथा तोडफोड भएको उल्लेख गरे ।

यस्तो परिस्थितिले उद्योगलाई परोक्ष रूपमा ठूलो चुनौती थपेको र ग्राहक विश्वासमा समेत असर पारेको बताउँदै उनले मन्त्रालयले नीतिगत र संस्थागत सहयोग गरेर उद्योगलाई संरक्षण गर्नुपर्ने धारणा राखे।

अध्यक्ष चौधरीले थप स्पष्ट पार्दै नेपालमा उत्पादित वस्तुहरूको गुणस्तर परीक्षण र प्रमाणिकरण गर्नका लागि मन्त्रालय अन्तर्गत रहेको नेपाल गुणस्तर तथा नापतौल विभाग अझै पर्याप्त परीक्षण उपकरणविहीन रहेको कारण, नेपालमै बनेका वस्तुहरूले समेत गुणस्तर चिन्ह पाउन नसक्ने अवस्था भएको जानकारी दिए ।

यसले घरेलु उद्योगको विश्वसनीयता र बजारमा प्रतिस्पर्धात्मक क्षमता दुवैमा बाधा पुर्याइरहेको भन्दै तत्कालै परीक्षण सुविधा स्थापना गर्न आग्रह गरे।

यस्तै, उनले नेपालमा हाल करिब १६ वटा लुब्रिकेन्ट उद्योग सञ्चालनमा रहेको र केही थपिने प्रक्रियामा रहेको जानकारी दिँदै, यी उद्योगहरूको संरक्षण र प्रवद्र्धन गर्नु अत्यावश्यक रहेको बताए। भारतको कर प्रणालीमा हालै गरिएको फेरबदलका कारण अनधिकृत आयात बढ्ने सम्भावनाबारे चिन्ता व्यक्त गर्दै, यसको रोकथामका लागि सरकारले सीमा क्षेत्रमा थप कडाइ गर्नुपर्ने सिफारिस गरे।

बैठकमा अध्यक्ष चौधरीले बिबिआइएन मोटर भेहिकल एग्रीमेन्ट अन्तर्गत नेपाल, भारत, बंगलादेश र भुटानबीच सवारी साधन निर्वाध आवागमनको व्यवस्था नेपालका व्यवसायिक यातायात साधनहरूको बजारमा नकारात्मक असर पार्ने भन्दै यस विषयमा सरकारले गम्भीरतापूर्वक मूल्याङ्कन गर्नुपर्ने आवश्यकता औंल्याए।

साथै, नाडाले सुझाव दिएको एजेन्सी दर्ता नियमावली अझै नआएको र उक्त नियमावली समयमै नआएमा नेपालमा सवारी साधन आयात व्यवसाय सञ्चालन गर्न कठिन हुने बताउँदै यसलाई छिटो अन्तिम रूप दिनुपर्ने धारणा राखे।

छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालमै उत्पादित टायर, हेलमेट, लुब्रिकेन्ट र ब्याट्री उद्योगले गुणस्तर चिन्ह पाउन निकै कठिनाइ भएको बताए।

अन्तर्राष्ट्रिय प्रचलन अनुसार लुब्रिकेन्ट्स् आयातका लागि आयातकर्ताले अनिवार्य रूपमा ब्एक्ष् वा अन्य मान्यता प्राप्त संस्थाबाट जारी प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्थाबारे सरकारलाई सचेत गराउँदै, नेपालकै उद्योगलाई पनि त्यस्तै स्तरमा लैजान प्रोत्साहन गर्नुपर्ने धारणा राखे। साथै, नेपालमा रहेका ११ वटा ब्याट्री कारखानालाई आधार बनाएर ब्याट्री रीसाइक्लिङ प्लान्ट स्थापना गर्नुपर्ने माग समेत गरे।

यसैगरी, नाडाका केन्द्रीय कार्यसमिति सदस्य प्रकाश कपुरीले सरकार र व्यवसायी परस्परपूरक भएको भन्दै दुवै पक्ष मिलेर अघि बढ्नुपर्ने बताए। सदस्य निशान ढकालले व्यावसायिक सवारी साधनको बजार खस्कदै गएको भन्दै यसलाई गतिशील बनाउन नेपालकै उत्पादनमा आधारित क्रसर उद्योग विस्तार गर्नुपर्ने सुझाव राखे। सदस्य अभिक ज्योतिले बजारमा गुणस्तर चिन्ह नभएका हेलमेट व्यापक प्रयोगमा रहेको तथ्यलाई औंल्याउँदै, नेपालमा उत्पादन वा आयात हुने सम्पूर्ण हेलमेटलाई अनिवार्य रूपमा गुणस्तर चिन्ह दिनुपर्ने प्रस्ताव राखे ।

सरकारी पक्षबाट मन्त्रालयका सचिव कृष्णप्रसाद राउतले छिट्टै गुणस्तर परीक्षण ल्याब स्थापना गर्ने तयारी भइरहेको जानकारी दिँदै, व्यवसायीहरूले पनि ल्याब स्थापना गर्न सक्ने वातावरण बनाउन प्रोत्साहित गरे।

छलफलमा मन्त्री अनिलकुमार सिन्हाले सरकार र व्यवसायीको सहकार्यबिना अघि बढ्न सक्दैन भन्ने कुरा जोड दिँदै, उद्योग–व्यवसायलाई सबल बनाउन सरकार सजग रहेको बताउनु भयो। उहाँले देशलाई आत्मनिर्भर बनाउन सबैले स्वदेशी उत्पादनलाई प्राथमिकतामा ध्यान दिनुपर्ने र व्यवसायीहरूको आवाज सरकारका लागि मार्गदर्शन हुने बताए।

उनले नाडाले प्रस्तुत गरेका माग र सुझावलाई सकारात्मक रूपमा लिएर चाँडै कार्यान्वयनमा जाने प्रतिवद्धता व्यक्त गरे । साथै, आगामी ६ महिनापछि मन्त्रालयले गरेका कामहरूको व्यवसायीहरूले मूल्याङ्कन गर्नुपर्ने सुझाव पनि दिए।

Related

Previous Post

सोपान मल्टिपल कम्पनी लिमिटेडको १७ औं बार्षिक साधारण सभा सम्पन्न

Next Post

अप्पर स्याँङ्गे हाइड्रोपावर लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड
TOP STORIES

नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

by Sambridinews
आइतवार, जेष्ठ ३, २०८३
TOP STORIES

कौशलटारस्थित हनुमन्ते खाेला किनारमा एक व्यक्ति मृत फेला

by Sambridinews
आइतवार, जेष्ठ ३, २०८३
मुस्ताङमा भन्सार छलेर ल्याउदै गरेकाे भेप बरामद
FEATURED

मुस्ताङमा भन्सार छलेर ल्याउदै गरेकाे भेप बरामद

by Sambridinews
आइतवार, जेष्ठ ३, २०८३
कामीरिता शेर्पाले २७ औं पटक सगरमाथाको सफल आरोहण
FEATURED

कामिरिता शेर्पाद्वारा ३२ औंपटक सगरमाथाको सफल आरोहण

by Sambridinews
आइतवार, जेष्ठ ३, २०८३
काठमाडौंको सिनामंगलमा एक व्यक्तिमाथि चक्कु प्रहार ; पेस्ताेल बरामद
TOP STORIES

काठमाडौंको थानकोटमा एक जनाको चक्कु प्रहार गरी हत्या

by Sambridinews
आइतवार, जेष्ठ ३, २०८३
Next Post
अप्पर स्याँङ्गे हाइड्रोपावर लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न

अप्पर स्याँङ्गे हाइड्रोपावर लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना

सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना

सोमवार, भदौ ९, २०८२
एसवाई प्यानल नेपालले कात्तिक १९ गतेदेखि आईपीओ निष्काशन गर्दै

एसवाई प्यानल नेपालले कात्तिक १९ गतेदेखि आईपीओ निष्काशन गर्दै

मङ्लबार, कार्तिक १२, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड
TOP STORIES

नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

आइतवार, जेष्ठ ३, २०८३
TOP STORIES

कौशलटारस्थित हनुमन्ते खाेला किनारमा एक व्यक्ति मृत फेला

आइतवार, जेष्ठ ३, २०८३
मुस्ताङमा भन्सार छलेर ल्याउदै गरेकाे भेप बरामद
FEATURED

मुस्ताङमा भन्सार छलेर ल्याउदै गरेकाे भेप बरामद

आइतवार, जेष्ठ ३, २०८३
कामीरिता शेर्पाले २७ औं पटक सगरमाथाको सफल आरोहण
FEATURED

कामिरिता शेर्पाद्वारा ३२ औंपटक सगरमाथाको सफल आरोहण

आइतवार, जेष्ठ ३, २०८३
काठमाडौंको सिनामंगलमा एक व्यक्तिमाथि चक्कु प्रहार ; पेस्ताेल बरामद
TOP STORIES

काठमाडौंको थानकोटमा एक जनाको चक्कु प्रहार गरी हत्या

आइतवार, जेष्ठ ३, २०८३
मन्त्री छनाैटका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक जारी
FEATURED

रास्वपाकाे आज देशभरी वडा कमिटि अभियान

आइतवार, जेष्ठ ३, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In