Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, November 21, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई

Sambridinews by Sambridinews
शनिबार, मंसिर ६, २०८३
in FEATURED, TOP STORIES, खेलकुद, समाचार
0
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ / तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले एनपीएल तेस्रो सिजनको उपाधि जितेको हो । योसँगै टोलीले उपविजेताको ‘डेडलक’ तोडेको छ ।

१५६ रनको लक्ष्य १३.३ ओभरमा बिना विकेटको क्षतिम भेट्टायो । सुदूरपश्चिमको जितमा जर्ज मुन्सेले आक्रामक शतक बनाए । उनी १२५ रनमा नटआउट रहे । उनले १२ छक्का र ८ चौका प्रहार गरे । यस्तै विनोद भण्डारी ३० रनमा अविजित रहे ।

You might also like

एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव

एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि बहुक्षेत्रीय सहकार्य आवश्यक : मन्त्री मेहता

नेपालीहरू संसारकै ठूलो मन भएका मानिसहरूमध्ये पर्छन् : मार्क रायन सांसद

सुदूरपश्चिमले पहिलो ओभरमा आक्रामक ब्याटिङ गर्दै १२ रन जोड्यो । सुदूरपश्चिमले शानदार सुरुवात गर्दै ३ ओभरमा कुनै विकेट नगुमाई २५ रन बनायो । ओपनरद्वय जर्ज मन्से र विनोद भण्डारीले सुदूरपश्चिमलाई राम्रो सुरुवात दिलाएका हुन् ।

सुदूरपश्चिमले पावरप्लेमा बिना विकेटको क्षतिमा ६० रन बनाउँदै खेल आफ्नो पक्षमा बढायो । मन्सेले ६.४ ओभरमा जीवनदान पाए । लुम्बिनीका सन्दीप जोराले उनको क्याच मिस गरे । मन्सेले आक्रामक ब्याटिङ गर्दै २८ बलमा अर्धशतक बनाए ।

सुदूरपश्चिमले १० ओभरको समाप्तिमा बिना विकेटको क्षतिमा ९० रन बनायो । मन्सेले ४९ बलमा आक्रामक ब्याटिङ गर्दै शतक बनाए । एनपीएल फाइनलमा शतक हान्ने उनी पहिलो खेलाडी बने ।

त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङ थालेको लुम्बिनीले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन जोड्यो । लुम्बिनीले पहिलो ओभरमा १ रन मात्रै बनायो । सुदूरपश्चिमका स्कट कुगलेइनले कसिलो बलिङ गरे ।

लुम्बिनीले २.१ ओभरमा पहिलो विकेट गुमायो । आसिक शेख ४ बलमा १ रनमात्रै बनाएर आउट भए । उनलाई कुगलेइनले पभेलियन पठाए ।

कप्तान रोहित पौडेल तेस्रो नम्बरमा ब्याटिङमा आए । लुम्बिनीले ५।३ ओभरमा दोस्रो विकेट गुमायो । ओपनर डार्सी शर्ट १८ बलमा २१ रन जोडेर आउट भए । सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले टोलीलाई दोस्रो सफलता दिलाए ।

लुम्बिनीले पावरप्लेमा २ विकेट गुमाएर ३७ रन जोड्यो । रोहितलाई निरोशन डिकवेलाले साथ दिँदै दुई ब्याटरले लुम्बिनीको इनिङ्स सम्हाले । तर आक्रामक ब्याटिङ गरिरहेका डिकवेला १७ बलमा २८ रन जोडेर आउट भए । उनलाई आफ्नै देशका श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेले बोल्ड गरे ।

त्यसपछि ब्याटिङमा आएका दिलिप नाथले आक्रामक ब्याटिङ गर्दै लुम्बिनीलाई अगाडि बढाए ।

लुम्बिनीले १४ औं ओभरको समाप्तिमा कप्तान रोहित पौडेलको विकेट गुमायो । दिलिप नाथसँग तालमेल नमिल्दा उनी रनआउट हुन पुगे । उनले ३१ बलमा ३० रन जोडे । त्यसपछि ब्याटिङमा आएका सन्दीप जोरा पनि सस्तैमा आउट भए । उनले ५ बलमा ४ रनमात्रै बनाए ।

त्यसपछि ब्याटिङमा उत्रिएका अलि शेखले विष्फोटक ब्याटिङ गर्दै लुम्बिनीको स्कोर माथि उठाए । उनले १२ बलमा २ छ्क्का र २ चौका हान्दै २४ रन जोडे ।

दिलिप नाथले नटआउट ३९ रनको योगदान दिए । बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगलेइनले दुई तथा हेमन्त धामी, दिपेन्द्र सिंह र थरिन्दु रत्नायकेले एक एक विकेट लिए ।

विजेता बनेसँगै सुदूरपश्चिमले १ करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता लुम्बिनीले ८० लाख रुपैयाँमा चित्त बुझाउने छ ।

यसअघिका दुवै सिजनमा फाइनलमा पुग्दा सुदूरपश्चिमले क्रमशः पाँच र ६ विकेटको हार व्यहोरेको थियो ।

Related

Previous Post

एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव

Sambridinews

Sambridinews

Related Posts

एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव
TOP STORIES

एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव

by Sambridinews
शनिबार, मंसिर ६, २०८३
एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि बहुक्षेत्रीय सहकार्य आवश्यक : मन्त्री मेहता
FEATURED

एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि बहुक्षेत्रीय सहकार्य आवश्यक : मन्त्री मेहता

by Sambridinews
शनिबार, मंसिर ६, २०८३
नेपालीहरू संसारकै ठूलो मन भएका मानिसहरूमध्ये पर्छन् : मार्क रायन सांसद
TOP STORIES

नेपालीहरू संसारकै ठूलो मन भएका मानिसहरूमध्ये पर्छन् : मार्क रायन सांसद

by Sambridinews
शुक्रबार, मंसिर ५, २०८३
तेस्रो राप्तीसोनारी नेचर रन मंसिर ५ गते
TOP STORIES

तेस्रो राप्तीसोनारी नेचर रन मंसिर ५ गते

by Sambridinews
शुक्रबार, मंसिर ५, २०८३
रिद्धि सिद्धि सिमेन्टद्वारा ‘शिलान्यासमा रिद्धि सिद्धिसँग’ योजना सार्वजनिक, ५ ग्राम चाँदीको सिक्कासहित पूजा सामग्री पाइने
FEATURED

रिद्धि सिद्धि सिमेन्टद्वारा ‘शिलान्यासमा रिद्धि सिद्धिसँग’ योजना सार्वजनिक, ५ ग्राम चाँदीको सिक्कासहित पूजा सामग्री पाइने

by Sambridinews
शुक्रबार, मंसिर ५, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

झापाबाट खोटाङको दिक्तेलतर्फ जादैगरेको बस दिक्तेलमा दुर्घटना

बुधबार, माघ ११, २०७९
न्याथममा रोजगारमुलक तालिमको अवसर

न्याथममा रोजगारमुलक तालिमको अवसर

मङ्लबार, चैत्र ७, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई
FEATURED

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई

शनिबार, मंसिर ६, २०८३
एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव
TOP STORIES

एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव

शनिबार, मंसिर ६, २०८३
एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि बहुक्षेत्रीय सहकार्य आवश्यक : मन्त्री मेहता
FEATURED

एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि बहुक्षेत्रीय सहकार्य आवश्यक : मन्त्री मेहता

शनिबार, मंसिर ६, २०८३
नेपालीहरू संसारकै ठूलो मन भएका मानिसहरूमध्ये पर्छन् : मार्क रायन सांसद
TOP STORIES

नेपालीहरू संसारकै ठूलो मन भएका मानिसहरूमध्ये पर्छन् : मार्क रायन सांसद

शुक्रबार, मंसिर ५, २०८३
तेस्रो राप्तीसोनारी नेचर रन मंसिर ५ गते
TOP STORIES

तेस्रो राप्तीसोनारी नेचर रन मंसिर ५ गते

शुक्रबार, मंसिर ५, २०८३
रिद्धि सिद्धि सिमेन्टद्वारा ‘शिलान्यासमा रिद्धि सिद्धिसँग’ योजना सार्वजनिक, ५ ग्राम चाँदीको सिक्कासहित पूजा सामग्री पाइने
FEATURED

रिद्धि सिद्धि सिमेन्टद्वारा ‘शिलान्यासमा रिद्धि सिद्धिसँग’ योजना सार्वजनिक, ५ ग्राम चाँदीको सिक्कासहित पूजा सामग्री पाइने

शुक्रबार, मंसिर ५, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In