काठमाडौं, मंसिर २०८३ । घर निर्माणको पहिलो तथा महत्वपूर्ण चरण शिलान्यासलाई थप शुभ र स्मरणीय बनाउने उद्देश्यले रिद्धि सिद्धि सिमेन्टले ‘शिलान्यासमा रिद्धि सिद्धिसँग’ नामक विशेष योजना सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार यस योजनाअन्तर्गत रिद्धि सिद्धि सिमेन्ट प्रयोग गर्ने ग्राहकहरूले ५ ग्राम चाँदीको सिक्कासहित शिलान्यासका लागि आवश्यक सम्पूर्ण पूजा सामग्री समावेश गरिएको विशेष ‘शिलान्यास बक्स’ (Shilanyas Box) प्राप्त गर्नेछन् ।
नेपाली परम्परा, आस्था र संस्कृतिलाई घर निर्माणको सुरुवाती चरणसँग जोड्दै ग्राहकहरूलाई आवश्यक पूजा सामग्री सहज रूपमा उपलब्ध गराउन यो बक्स तयार पारिएको कम्पनीले जनाएको छ ।
कसरी सहभागी हुने ? योजनामा सहभागी हुन चाहने ग्राहकहरूले मंसिर ४ गतेदेखि पौष ४ गते, २०८३ सम्ममा कम्तीमा १०० बोरा वा सोभन्दा बढी रिद्धि सिद्धि सिमेन्ट खरिद गरेको हुनुपर्नेछ । खरिदपश्चात् कम्पनीद्वारा जारी गरिएको क्यूआर कोड (QR Code) स्क्यान गरी अनलाइन दर्ता फारममा आफ्नो विवरण भर्नुपर्ने र सिमेन्ट खरिद गरेको भ्याट (VAT) बिल अपलोड गर्नुपर्नेछ ।
योजनाका मुख्य व्यवस्थाहरू:
- पेस गरिएको भ्याट बिलका आधारमा ग्राहकको सहभागिता प्रमाणीकरण गरिनेछ ।
- प्रत्येक निर्माण साइटबाट एउटा मात्र शिलान्यास बक्स प्राप्त गर्न सकिनेछ ।
- प्रमाणीकरणपछि कम्पनीका प्रतिनिधिहरू स्वयं ग्राहकको निर्माण साइटमा उपस्थित भई शिलान्यास बक्स तथा ५ ग्राम चाँदीको सिक्का हस्तान्तरण गर्नेछन् ।
“गुणस्तरको नयाँ स्तर” भन्ने प्रतिबद्धताका साथ बजारमा स्थापित रिद्धि सिद्धि सिमेन्टले गुणस्तरीय निर्माण सामग्री उपलब्ध गराउनुका साथै ग्राहकको निर्माण यात्राका महत्वपूर्ण अवसरहरूलाई विशेष बनाउन र ग्राहकसँगको सम्बन्ध थप सुदृढ पार्न यो योजना ल्याइएको स्पष्ट पारेको छ ।














