Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, December 2, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सूर्य नेपाल काठमाडौं ओपन जारी

Sambridinews by Sambridinews
बिहिबार, मंसिर २७, २०८१
in TOP STORIES, खेलकुद, समाचार
0
सूर्य नेपाल काठमाडौं ओपन जारी
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


तेश्रो दिन निरज शीर्ष स्थानमा, एमेच्योर सदभाव एक स्ट्रोकले पछि

काठमाडौं, मसिंर २७ः डिफेन्डिङ च्याम्पियन निरज तामाङले ४–अन्डर ६४ को उत्कृष्ट स्कोरमा सूर्य नेपाल गल्फ टुर २०२४÷२५ अन्तर्गत सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन शीर्षस्थानमा उक्लिएका छन। ५४ होलको खेल सकिंदा निरजले समग्रमा १०–अन्डर १९४ सहित एमेच्योर सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पारेका छन।
एमेच्योर सदभावले पनि ४–अन्डर ६४ स्कोर गर्दा समग्रमा ९–अन्डर १९५ सहित दोस्रो स्थानमा उक्लिए। दोस्रो दिनका लिडर विष्णु प्रसाद शर्माले १–ओभर ६९ को खराब प्रदर्शन गर्दा समग्रमा ६–अन्डर १९८ को स्कोरमा तेस्रो स्थानमा तल झरे।
समग्रमा ५–अन्डर १९९ सहित दिनेश प्रजापति चौथो स्थानमा यथावत रहे। उनले आज १–अन्डर ६७ को स्कोर निकाले। एमेच्योर गल्फर राहुल विके समग्रमा २–अन्डर २०२ सहित पाँचौं स्थानमा रहे। उनले पनि आज १–अन्डर ६७ मा खेल सकाए।
इभन–पार ६८ खेलेका भेट्रान प्रो दीपक मगर समग्रमा १–अन्डर २०३ सहित छौटौं स्थानमा छन। नेपाल नम्बर एक प्रो भुवन नगरकोटी समग्रमा इभन–पार २०४ सहित सातौं स्थानमा उक्लिए। उनले तेस्रो दिनको खेल १–अन्डर ६७ मा सकाए। समग्रमा २–ओभर २०६ बनाएका वसन्त राज गुरूङ, रामे मगर र प्रदीप कुमार लामा संयुक्तरुपमा आठौं स्थानमा रहे। वसन्त र रामेले ३–अन्डर ६५ र प्रदीपले इभन–पार ६८ को स्कोर दर्ज गरे।
रोयल नेपाल गल्फ क्लबमा निरज शीर्षस्थानमा उक्लने क्रममा सुरूवात राम्रो गरे। दोस्रो, चौथो, छैटौं र सातौं होलमा बर्डी प्रहार गरे। नवौं होलमा एक सट खेर फाल्दा फ्रन्ट नाइन ३–अन्डर ३१ मा पुरा गरे। यसपछि १०औं र ११औं होलमा बर्डी प्रहार गरे भने १२औं होलमा बोगी खेल्दै ब्याक नाइनमा १–अन्डर ३३ को स्कोर निकाले।
सदभावले बोगी रहित स्कोर कार्ड बनाउने क्रममा कुल चार बर्डी प्रहार गरे। फ्रन्ट नाइन १–अन्डर ३३ र ब्याक नाइन ३–अन्डर ३१ मा सकाए। उनले चौथो, दशौं, तेर्हौ र सत्रौं होलमा बर्डीको सफलता प्राप्त गरे।
विष्णुले फ्रन्ट नाइन १–अन्डर ३३ खेले। उनले पहिलो, तेस्रो र नवौं होलमा बर्डी प्रहार गर्दा पाँचौं र आठौं होलमा एक–एक सट खेर फाले। ब्याक नाइनमा भने उनले लय गुमाए। १०औं होलमा बर्डी प्रहार गरेपनि १५औं, १६औं र १७औं होलमा बोगी खेप्दै २–ओभर ३६ मा सकाए।
कुल ७ लाख ३५ हजार नगद पुरस्कार राशीको लागि खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन। विजेताले उपाधिसँगै १ लाख ५० हजार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश ८५ हजार र ६८ हजार नगद पुरस्कार हात पार्नेछन। साथै कट बनाउने २१ प्रो गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन। प्रतियोगिताको अन्तिम १८ होलको खेल भोलि हुनेछ।

You might also like

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट

प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त

Related

Previous Post

नबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित

Next Post

काठमाडाैं ; निरन्तर चिसाे बढ्दै

Sambridinews

Sambridinews

Related Posts

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार
FEATURED

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

by Sambridinews
मङ्लबार, मंसिर १७, २०८२
एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट

by Sambridinews
मङ्लबार, मंसिर १७, २०८२
प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त
TOP STORIES

प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु
TOP STORIES

१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका
TOP STORIES

बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
Next Post
काठमाडाैं ; निरन्तर चिसाे बढ्दै

काठमाडाैं ; निरन्तर चिसाे बढ्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आज आठौँ राष्ट्रिय पत्रकारिता दिवस

आज आठौँ राष्ट्रिय पत्रकारिता दिवस

आइतवार, बैशाख २४, २०८०
बीसलाँख धरौटीमा सर्तसहित सन्दिप शुक्रबार रिहा हुदै

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले निरन्तर सुनुवाइ

आइतवार, पुस ८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार
FEATURED

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

मङ्लबार, मंसिर १७, २०८२
एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट

मङ्लबार, मंसिर १७, २०८२
आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’
विचार

आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’

मङ्लबार, मंसिर १७, २०८२
प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त
TOP STORIES

प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त

सोमवार, मंसिर १६, २०८२
१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु
TOP STORIES

१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु

सोमवार, मंसिर १६, २०८२
बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका
TOP STORIES

बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका

सोमवार, मंसिर १६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In