Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, November 21, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मनाङका दुर्गम र विकट स्थानहरुमा नेपल टेलिकमकाे फाेरजी सेवा सञ्चालनमा

Sambridinews by Sambridinews
आइतवार, अशोज ५, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
मनाङका दुर्गम र विकट स्थानहरुमा नेपल टेलिकमकाे फाेरजी सेवा सञ्चालनमा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

नेपाल टेलिकमले हिमालपारीको जिल्ला भनेर चिनिने मनाङ जिल्लाका भू-धरातलीय तथा भौगोलिक हिसाबले अत्यन्तै दुर्गम र विकट स्थानहरुमा नयाँ बीटीएस स्थापना गरी मोबाइल सेवाको सञ्चालन तथा कतिपय स्थानहरुमा गुणस्तर अभिवृद्धिको कार्य सम्पन्न गरेको छ ।

विगत लामो समयदेखि गाउँपालिकाको वडा नं. १ पिसाङ, वडा नं. ३ डावल, वडा नं. ८ टंकी मनाङ र वडा नं. ९ खाङसारमा भी-स्याट प्रविधिबाट टुजी सेवा सञ्चालन हुँदै आएकोमा उक्त क्षेत्र पर्यटकीय दृष्टिकोणले समेत अत्यन्तै महत्वपूर्ण क्षेत्र भएको र पर्यटकका साथसाथै स्थानीय तथा व्यवसायीहरुको चापका कारण भी-स्याट प्रविधिबाट गुणस्तरीय सेवा प्रवाह गर्न कठिनाई महसुस भएपश्चात् ग्राहकहरुको मागलाई ध्यानमा राख्दै यही आश्विन ४ गतेदेखि कम्पनीले फाेरजी सेवा सञ्चालनमा ल्याएको छ।

You might also like

विस्तृत शान्ति सम्झाैता १९ वर्ष पुरा

नेपाल टेलिकमकाे टेण्डरमा गडवडी

आइ एमई खल्ती लिमिटेडको सिइओमा प्रविण रेग्मी नियुक्त

भौगोलिक विकटताका कारणले रेडियाे लिङ्कबाट समेत सेवा सञ्चालन गर्न नसकिएको अवस्थामा बेंसीसहर खाङसार ADSS Link सञ्चालन भएपछि उक्त क्षेत्रमा फाेरजी मोबाइल सेवा सञ्चालन सम्भव भएको हो । यसका साथै तिलिचो बेस क्याम्प र थोरोङफेदीमा पनि निकट भविष्यमा फाेरजी मोबाइल सेवा सञ्चालनका लागि प्रक्रिया अघि बढिसकेको छ ।

चामे गाउँपालिका-३ स्थित कोटोगाउँमा मोबाइल नेटवर्कको कभरेज रामो नभएको गुनासोलाई सम्बोधन गर्न सेवाको गुणस्तरका सम्बन्धमा स्थानीय वासिन्दा तथा हाइड्रोपावर क्षेत्रमा काम गर्ने सयौं ग्राहकको मागलाई ध्यानमा राख्दै नयाँ बीटीएस स्थापना गरी यही आश्विन १ गतेदेखि २ जी र फाेरजी मोबाइल सेवा सञ्चालनमा ल्याइएको हो ।

यसैगरी नासोङ गाउँपालिका वडा नं. १ तालगाउँमा टुजी र थ्रिजी सेवाप्रवाह हुँदै आएकोमा आश्विन ५ गतेदेखि फाेरजी सेवा थप गरी सञ्चालनमा ल्याइएको छ । यस स्थानमा थप गरिएको फाेरजी सेवाको बीटीएसले लमजुङ जिल्लाको उत्तरी खण्डको च्याम्चे क्षेत्रलाई समेत कभरेज गर्नेछ ।

मनाङ जिल्लाका धेरै स्थानमा सेवाको स्तरोन्नतीका साथै नयाँ सेवा सञ्चालनमा आएसँगै नार्पाभूमी गाउँपालिका बाहेकका अन्य सम्पूर्ण पालिकाहरुमा नेपाल टेलिकमको फाेरजी मोबाइल सेवा पुगेको छ । नार्पाभूमीका नार र फू गाउँ तथा नासोङ गाउँपालिकाको भिम्थाङ कोठी गाउँमा भने भी-स्याट प्रणालीबाट सेवा सञ्चालन भैरहेको छ ।

नेपाल टेलिकमले दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउने कार्यलाई सधैं उच्च प्राथमिकतामा राख्दै आएको छ ।

Related

Previous Post

चार खेलाडीले विश्व माउन्टेन र टे«ल रन च्याम्पियनसिप खेल्ने

Next Post

मुस्ताङस्थित कोरला नाका हुँदै व्यापार सुरु

Sambridinews

Sambridinews

Related Posts

प्रतिनिधिसभाको अन्तिममा बैठकमा समेत नेताहरुले एकअर्कालाई घोचपेच गर्न बाँकी राखेनन् ।
TOP STORIES

विस्तृत शान्ति सम्झाैता १९ वर्ष पुरा

by Sambridinews
शुक्रबार, मंसिर ६, २०८२
नेपाल टेलिकमकाे टेण्डरमा गडवडी
FEATURED

नेपाल टेलिकमकाे टेण्डरमा गडवडी

by Sambridinews
शुक्रबार, मंसिर ६, २०८२
आइ एमई खल्ती लिमिटेडको सिइओमा प्रविण रेग्मी नियुक्त
TOP STORIES

आइ एमई खल्ती लिमिटेडको सिइओमा प्रविण रेग्मी नियुक्त

by Sambridinews
बिहिबार, मंसिर ५, २०८२
नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार
FEATURED

नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार

by Sambridinews
बिहिबार, मंसिर ५, २०८२
‘एनआईसी एशिया शेयर लोन’ योजना, शून्य प्रिमियमसहित प्रतिस्पर्धी ब्याजदरमा
FEATURED

‘एनआईसी एशिया शेयर लोन’ योजना, शून्य प्रिमियमसहित प्रतिस्पर्धी ब्याजदरमा

by Sambridinews
बिहिबार, मंसिर ५, २०८२
Next Post
मुस्ताङस्थित कोरला नाका हुँदै व्यापार सुरु

मुस्ताङस्थित कोरला नाका हुँदै व्यापार सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

विद्युतीय धरापमा परेर कैलालीको धनगढीमा एक महिलाको मृत्यु

मङ्लबार, भदौ १९, २०८०
गुगलले गर्न नसकेको काम गर्ने नेपाली स्टार्टअपले पायोस्टार्टअप वर्ल्ड कपको ताज

गुगलले गर्न नसकेको काम गर्ने नेपाली स्टार्टअपले पायोस्टार्टअप वर्ल्ड कपको ताज

शुक्रबार, असार २२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

प्रतिनिधिसभाको अन्तिममा बैठकमा समेत नेताहरुले एकअर्कालाई घोचपेच गर्न बाँकी राखेनन् ।
TOP STORIES

विस्तृत शान्ति सम्झाैता १९ वर्ष पुरा

शुक्रबार, मंसिर ६, २०८२
नेपाल टेलिकमकाे टेण्डरमा गडवडी
FEATURED

नेपाल टेलिकमकाे टेण्डरमा गडवडी

शुक्रबार, मंसिर ६, २०८२
आइ एमई खल्ती लिमिटेडको सिइओमा प्रविण रेग्मी नियुक्त
TOP STORIES

आइ एमई खल्ती लिमिटेडको सिइओमा प्रविण रेग्मी नियुक्त

बिहिबार, मंसिर ५, २०८२
नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार
FEATURED

नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार

बिहिबार, मंसिर ५, २०८२
‘एनआईसी एशिया शेयर लोन’ योजना, शून्य प्रिमियमसहित प्रतिस्पर्धी ब्याजदरमा
FEATURED

‘एनआईसी एशिया शेयर लोन’ योजना, शून्य प्रिमियमसहित प्रतिस्पर्धी ब्याजदरमा

बिहिबार, मंसिर ५, २०८२
खल्ती ट्रान्स्फर लिग खल्तीबाट फन्ड ट्रान्स्फर गर्दा दैनिक, साप्ताहिक रबम्परमा बाइक पुरष्कार जित्ने मौका
TOP STORIES

खल्ती ट्रान्स्फर लिग खल्तीबाट फन्ड ट्रान्स्फर गर्दा दैनिक, साप्ताहिक रबम्परमा बाइक पुरष्कार जित्ने मौका

बिहिबार, मंसिर ५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In