काठमाडौं । कोरोला नाका हुँदै व्यापार सुरु भएको छ ।
रसुवा र तातोपानी भन्सार अवरुद्ध भएपछि नेपाल–चीन व्यापार सहजीकरणका लागि मुस्ताङस्थित कोरला नाका (नेचुङ) मा रहेको भन्सार कार्यालय भदौ ३० गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । योसँगै कोरोला नाका हुँदै व्यापार सुरु भएको हो ।
भन्सार विभागका अनुसार असोज ४ गतेसम्म कोरला नाकाबाट २०९ वटा विद्युतीय गाडी नेपाल भित्रिएको छ । यस्तै, १०७ वटा मालवाहक सवारी साधनमार्फत सामान आयात गरिएको छ । सो अवधिमा ३४ करोड ४७ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको विभागले जनाएको छ ।
विभागका अनुसार हाल सो नाकामा आशिकुडा प्रणाली सञ्चालनमा आइसकेको छ । यस्तै नेपाल राष्ट्र बैंकको परिपत्रअनुसार प्रतितपत्र प्रणालीमार्फत आयातको सुविधा पनि उपलब्ध गराइएको छ ।
रसुवा र कोदारी नाकामा बाढी–पहिरोका कारण व्यापार अवरुद्ध भएको छ । यस्तो बेला कोरला नाकाको सक्रियताले नेपाल–चीन व्यापारलाई वैकल्पिक मार्ग दिएको विभागले जनाएको छ ।