काठमाडौं, जिल्ला तेक्वान्दो संघको आयोजनामा काठमाडौं जिल्ला प्रेसिडेन्ट कप तेक्वान्दो प्रतियोगिता नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा सम्पन्न भएको छ ।
पुम्सेमा स्युचाटार तेक्वान्दो डोजाङ ५ स्वर्ण, ६ र ३ कांस्यसाथ टिम च्याम्पियन बन्यो । ३ स्वर्ण, १ रजत र २ कांस्यसाथ जेसिस इन्टरनेसनल स्कुल दोश्रो तथा ३ स्वर्ण र १ कांस्यसाथ गोल्ढुंगा तेश्रो भए ।
गेरोगी किड्समा नयाँ बजार पहिलो भयो । नयाँ बजारले ४ स्वर्ण र १ रजत जित्यो । गोल्ढुंगा दोश्रो र केएमसी तेश्रो भए । गेरोगी चिल्ड्रेनमा ५ स्वर्ण, १ रजत र ३ कांस्य जित्दै लैनचौर टिम प्रथम बन्यो । काभ्रेस्थली दोश्रो र नयाँ बजार तेश्रो स्थानमा रहे ।
गेरोगी क्याडेटमा पहिलो भएको ढल्कोले ५ स्वर्ण र १ रजत हात पा¥यो । लैनचौर दोश्रो र लायन मार्सल आर्ट्स तेश्रो बने । जुनियर गेरोगीमा काभ्रेस्थली ४ स्वर्ण र २ रजतसहित टिम च्याम्पियन बन्न सफल भयो । गोर्खाली दोश्रो तथा लायन तेश्रो भए ।
विजेतालाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, राष्ट्रिय खेलकुद परिषद्का सदस्य कुमार लामा घिसिङ, नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङ, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:














