Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, September 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

श्रममन्त्री भण्डारी र महासंघका अध्यक्ष ढकाल बीच भेटवार्ता

Sambridinews by Sambridinews
सोमवार, पुस १४, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
श्रममन्त्री भण्डारी र महासंघका अध्यक्ष ढकाल बीच भेटवार्ता
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

वैदेशिक रोजगारीमा जान चाहने श्रमिकलाई सरल र सहज रुपमा ऋण उपलब्ध गराउनु पर्नेमा अध्यक्ष ढकालको जोड नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक रोजगारीमा जान चाहने श्रमिकलाई स्थानीय स्तरमा नै सरल र सहज रुपमा ऋण उपलब्ध गराउनु पर्नेमा जोड दिनु भएको छ ।

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीसँग सोमबार श्रम मन्त्रालयमा भेटवार्ता गर्दै अध्यक्ष ढकालले नेपालको श्रम बजारको वर्तमान अवस्था, निजी क्षेत्रका चुनौती र श्रमिक हितसँग सम्बन्धित विभिन्न विषयमा महासंघको तर्फबाट ध्यानाकर्षण गराउनुभएको थियो । बैदेशिक रोजगारीमा जान चाहनेहरुलाई ३६% सम्म महंगो ब्याज तिर्नपर्ने बाध्यता रहेको औल्याउँदै अध्यक्ष ढकालले बैंक, वित्तीय संस्था, मनि ट्रान्सफर, सामाजिक सुरक्षा कोष इन्स्योरेन्स जस्ता वित्तीय संस्थाहरुबाट समन्वय गरी स्थानिय स्तरमा नै ऋण उपलब्ध गराउने व्यवस्था गर्नु पर्ने धारणा राख्नुभयो ।

You might also like

आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल

माइडियाको दसैँ विशेष योजना सार्वजनिक: ३७,७०० रुपैयाँसम्म क्यासब्याक र आकर्षक उपहार

२०८३ भाद्र १० गतेको त्यो कालो दिन: रसुवाको एउटा कारुणिक कथा

उहाँले सामाजिक सुरक्षा कोषमा योगदानको ठूलो रकम संकलन भए पनि त्यो रकम उत्पादनमूलक क्षेत्रमा परिचालन हुन नसकेको भन्दै उक्त कोषलाई उद्योग, कृषि, पर्यटनलगायत क्षेत्रसँग जोडेर लगानी गर्नुपर्ने महासंघको स्पष्ट धारणा राख्नुुभयो । “सामाजिक सुरक्षा कोषमा श्रमिकहरुको योगदानको ठूलो रकम जम्मा भएको छ । यो रकम उद्योग, कृषि, ऊर्जा र पर्यटनजस्ता उत्पादनशील क्षेत्रमा लगानी गर्न सके देशमा रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुग्नेछ ।” अध्यक्ष ढकालले भन्नुभयो । महासंघले आन्तरिक तथा वैदेशिक दुवै बजारका लागि दक्ष जनशक्ति उत्पादनमा जोड दिएको उल्लेख गर्दै अध्यक्ष ढकालले उद्योगको आवश्यकता अनुसार सीपयुक्त जनशक्ति तयार गर्न सके श्रमिकको सुरक्षा, राम्रो आम्दानी र देशको आर्थिक उन्नति एकैसाथ सम्भव हुने धारणा राख्नुभयो । यस्तै उहाँले औद्योगिक करिडोरहरूमा बन्द र हडतालका कारण उद्योगमा जोखिम बढेको भन्दै उद्योगको सुरक्षाका लागि विशेष औद्योगिक सुरक्षाबल आवश्यक रहेको बताउनु भयो । यस्तै सो अवसरमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भूवन सिंह गुरुङले सबैभन्दा बढि नेपाली श्रमिकहरु जाने विभिन्न देशमा कामदार पठाए वापत वैदेशिक रोजगार व्यवसायीले लिन पाउने कम अन्य देशका व्यवसायीले पाउने भन्दा अत्यन्त न्यून रहेकोले सरकारले तोकेको सेवा शुल्कमा कामदार पठाउन नसकिरहको उल्लेख गर्दै श्रमिकहरु अन्यत्रबाट झन ठगीने भएकाले श्रमिकहरु नठगिने गरि त्यसको उचित समाधानमा ध्यान दिनु पर्नेमा जोड दिनु भयो ।

भेटवार्तामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भण्डारीले महासंघ तथा वैदेशिक रोजगार व्यवसाय िसंघले उठाएका विषयहरूलाई सकारात्मक रहेको उल्लेख गर्दै श्रम मन्त्रालयले नीति सुधार, सहजीकरण तथा कार्यान्वयनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले निजी क्षेत्रसँग सहकार्य गर्दै श्रमिक हित, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारलाई प्राथमिकतामा राखेर सरकारले उचित निर्णय गर्ने समेत बताउनु भयो । भेटका अवसरमा महासंघका उपाध्यक्ष ज्योत्सा श्रेष्ठ तथा वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारीहरुको पनि सहभागिता रहेको थियो ।

Related

Previous Post

नेपाल ओलम्पिक संघको २१ औं साधारण सभा सम्पन्न

Next Post

अल्ट्राट्रेल धावक दावा सम्मानित

Sambridinews

Sambridinews

Related Posts

आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल
FEATURED

आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल

by Sambridinews
आइतवार, अशोज ११, २०८३
माइडियाको दसैँ विशेष योजना सार्वजनिक: ३७,७०० रुपैयाँसम्म क्यासब्याक र आकर्षक उपहार
FEATURED

माइडियाको दसैँ विशेष योजना सार्वजनिक: ३७,७०० रुपैयाँसम्म क्यासब्याक र आकर्षक उपहार

by Sambridinews
आइतवार, अशोज ११, २०८३
२०८३ भाद्र १० गतेको त्यो कालो दिन: रसुवाको एउटा कारुणिक कथा
FEATURED

२०८३ भाद्र १० गतेको त्यो कालो दिन: रसुवाको एउटा कारुणिक कथा

by Sambridinews
आइतवार, अशोज ११, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

निरन्तरको वर्षा र बाढी-पहिरोले टेलिकम सेवा प्रभावित, मर्मत कार्य जारी

by Sambridinews
आइतवार, अशोज ११, २०८३
आजबाट सोह्र श्राद्ध प्रारम्भ
FEATURED

आजदेखि सोह्रश्राद्ध सुरु, पितृको सम्झनामा श्राद्ध तथा तर्पण गरिँदै

by Sambridinews
आइतवार, अशोज ११, २०८३
Next Post
अल्ट्राट्रेल धावक दावा सम्मानित

अल्ट्राट्रेल धावक दावा सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राष्ट्रपति पदका लागि  नेपाली कांग्रेसबाट रामचन्द्र पौडेलकाे उम्मेदवारी दर्ता

राष्ट्रपति पदका लागि नेपाली कांग्रेसबाट रामचन्द्र पौडेलकाे उम्मेदवारी दर्ता

शनिबार, फाल्गुन १३, २०७९
पाकिस्तानको पेशावरमा भएको विष्फोटमा मृत्यु हुनेको संख्या ५९ पुग्याे

पाकिस्तानको पेशावरमा भएको विष्फोटमा मृत्यु हुनेको संख्या ५९ पुग्याे

मङ्लबार, माघ १७, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल
FEATURED

आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल

आइतवार, अशोज ११, २०८३
माइडियाको दसैँ विशेष योजना सार्वजनिक: ३७,७०० रुपैयाँसम्म क्यासब्याक र आकर्षक उपहार
FEATURED

माइडियाको दसैँ विशेष योजना सार्वजनिक: ३७,७०० रुपैयाँसम्म क्यासब्याक र आकर्षक उपहार

आइतवार, अशोज ११, २०८३
२०८३ भाद्र १० गतेको त्यो कालो दिन: रसुवाको एउटा कारुणिक कथा
FEATURED

२०८३ भाद्र १० गतेको त्यो कालो दिन: रसुवाको एउटा कारुणिक कथा

आइतवार, अशोज ११, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

निरन्तरको वर्षा र बाढी-पहिरोले टेलिकम सेवा प्रभावित, मर्मत कार्य जारी

आइतवार, अशोज ११, २०८३
आजबाट सोह्र श्राद्ध प्रारम्भ
FEATURED

आजदेखि सोह्रश्राद्ध सुरु, पितृको सम्झनामा श्राद्ध तथा तर्पण गरिँदै

आइतवार, अशोज ११, २०८३
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा
FEATURED

आजदेखि मौसममा क्रमिक सुधार हुँदै

आइतवार, अशोज ११, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In