माघ ६, काठमाडौं । जनपत्रकार मनऋषि धितालले जुम्ला १ बाट प्रतिनिधि सभा निर्वाचनाका लागि उम्मेदवारी दिएका छन् । उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका हुन।
उम्मेदवारी दर्तापछि उनले भनेका छन् जुम्ली जनताले बैकल्पिक राजनीतिको “आँखा” खोलिसकेका छन्। कोहि एकल बीर वा बिज्ञले समाज रुपान्तरण गर्दैन । समाजबाद निर्माणको यात्रामा लाखौ हजारौ जनता संगसंगै सहयात्रा गर्नुपर्छ। सह यात्राको एक सिपाहीका रुपमा मैदान छु ।
यस्तैगरी पत्रकार जन्मदेव जैसीले भक्तपुर २ बाट उम्मेदवारी दिएका छन् । पत्रकार जैसी श्रमजीवी पत्रकार संघ, नेपालका अध्यक्ष समेत रहेका छन् । उनि श्रमजीवी पत्रकारको न्यायका लागि सक्रिय रहेका छन् ।















