मंसिर २, सिन्धुली । गोलन्जोर अस्तपालले २४ घण्टा सेवा विस्तार गरेको छ । अस्पतालले मंसिर १ गतेदेखि पाँच शैयाको आकस्मिक कक्षसहित १५ शैया क्षमताको २४ घण्टा सेवा सुरु भएको हो ।
अस्पतालले फार्मेसी, एक्स–रे, भिडियो एक्स–रे र प्रयोगशाला सेवा नियमित रुपमा उपलब्ध गराउने छ ।
मध्यपहाडी लोकमार्गको सहज पहुँचमा रहेको यो अस्पतालले गाउँपालिकाका बासिन्दासहित फिक्कल, सुनकोशी गाउँपालिका तथा रामेछाप, ओखलढुंगा र खोटाङका सीमावर्ती नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।
गाउँपालिका अध्यक्ष बरालले यस अस्पतालबाट ग्रामीण भेगका नागरिकले सुलभ र गुणस्तरीय स्वास्थ्य सेवामा सहजता ल्याउने बताए । आधारभूत उपचारका लागि सिन्धुलीमाढी, धुलिखेल, काठमाडौं वा निजी अस्पताल धाउनुपर्ने बाध्यताको अन्त्य उनको भनाइ छ ।
गोलन्जोर गाउँपालिकाले अस्पताललाई अझ व्यवस्थित, सुसज्जित र सेवामुखी बनाउँदै लैजाने तयारी अघि बढाइरहेको बताइएको छ ।














