काठमाडौं । अशोज ११, श्री भद्रकाली बहुउद्देश्यीय सहकारी संस्था लि।ले १८ औं बार्षिक साधारण सभा सुकुन्दा व्यानक्वेटमा एक भव्य कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ ।
बुढानीलकण्ठ न.पा. – १३ स्थित यस भद्रकाली बहुउद्देश्यीय सहकारी संस्था लि.१८ बर्ष अगाडी स्थापना भएर निकै आरोह अवरोह तथा उत्तार चढावहरुको सामना गर्दै निरन्तर आफ्नो कार्यलाई अगाडि बढाइरहेको,संस्थाले ‘स्थानीयद्वारा स्थानीयको लागि ‘ भन्ने मुल मन्त्रहरुलाई आत्मसाथ गर्दै अगाडि बढेको कुरा यस संस्थाका अध्यक्ष सुजन श्रेष्ठले बताउनु भयो ।
श्री भद्रकाली बहुउद्देश्यीय सहकारी संस्था लि.को आय व्यय आ.व। २०८०/८१ मा संस्थाको कुल सम्पति रु. ५ करोड १० लाख २९ हजार १ सय ३० दशमलव ५१ रहेकोमा चालु आ.व. २०८१ /८२ मा सो रकममा ४५.९९ प्रतिशतले वृद्धि भई ७ करोड ४४ लाख ८८ हजार ७ सय ०४ दशमलव ५३ पुगेको कुरा संस्थाका कोषाध्यक्ष ई. विनय श्रेष्ठले बताउनु भयो ।


यस संस्थाले आगामी दिनमा निम्न लक्ष्यहरु लिएकोछ :
१. उत्पादन तथा वितरण सम्वन्धि कार्यक्रम आगे बढाउने
२. निक्षेप परिचालनमा अझै पारदर्शि एबम व्यवस्थीत बनाउने ।
३. साना व्यवसायी तथा उद्यमीहरुलाई पहिलो प्राथमिकतामा राख्ने ।
४. विभिन्न लगानीका क्षेत्रहरुको सम्भावनाको पहिचान गरी मजगारी सिर्जना गर्ने ।
५. सामाजिक उत्तरदायित्व तथा व्यक्तित्व विकासका कार्यक्रम संचालन गर्ने ।
६. विमा एजेण्ट बनी कार्यक्रम संचालन गर्ने ।
७. प्रविधि, मैत्री संयन्त्रको विस्तार गरी थप गुण तरीय सेवा प्रश्न गर्ने ।
उक्त कार्यक्रममा समाजका लव्धप्रतिष्ठित व्यक्तित्वहरु लगायत यस संस्थाका सेयरधनी महानुभावहरुको उत्साह जनक उपस्थिति रहेको थियो । नजिकिदै गरेको नेपालीहरुको महान चाड बडा दशैं, शुभदिपावली, छैंट पर्व नेपाल सम्वत् को शुभकामना पनि आदान प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन यस संस्थाका सचिव महेश्वर के.सी. ले गर्नुभएको थियो ।