काठमाडौं । प्रेसिडेन्टल अफ होटलले भोली देखि दोस्रो पक्कु फेस्टिवलमा सुरु गर्दैछ । फेस्टिभलमा हाम्रो संस्कृति, परम्परा र नेपालीपनको स्वादलाई अझै पुनर्जीवित गर्ने उद्देश्यले गर्नलागिएको कुरा प्रेसिडेन्ट बिजनेस ग्रुपले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । यसै उदेश्य अनुसार दोस्रो पक्कु फेस्टिवलको आयोजना गर्न गएको हो ।
दोस्रो पक्कु महोत्सव २०८२ भोलि अशोज ७ गतेबाट १२ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । उक्त महोत्सवमा ५० भन्दा बढि खसी बोकाको पक्कु पाक्ने र १२,००० भन्दा बढि आगन्तुकहरुले उक्त परिकारको स्वाद लिने आयोजकले जनाएको छ ।
यस अवसरमा यहाँ परिवार, आफन्त वा साथीभाइसँगै सहभागी हुनुभई, रमाइलो स्टेज प्रस्तुति, मौलिक स्वादमा पक्कु, उत्कृष्ट सेवा र आतिथ्यताको अनुभवका लागि प्रिसिडेन्ट गु्रपअफ होटलले हार्दिक आमन्त्रण गरेको छ ।