- भोजराज घिमिरे
राजा त्रिभुवन र दरबारकी नर्स एरिका ल्युकट्याग बिचको सम्बन्ध धेरै केही गोप्य र केही गम्भीर थियो ।
त्रिभुवन र एरिका बिचको गोप्य रोमान्टिक सम्बन्ध थियोे भनिन्छ । एरिका राणाहरुले भिराइदिएकी युरोपेली मुलुक जर्मनी नागरिक पेसाले एक नर्स थिइन ।
यी दुइबिचको सम्बन्ध त्रिभुवनको मृत्यृपर्यन्तसम्म कायम रहेको थियोे । एरिका सन १९४९ मा नेपाल आएकी थिइन । उनी सुरुमा राजा त्रिभुवनको परिवारका सदस्यहरुको उपचार गर्ने नर्सको रुपमा दरबार भित्रिएकि थिइन । तर, पछि राजा त्रिभुवन र नर्स एरिका बिचको सम्बन्ध प्रेममा परिणत भएको थियो ।
एरिकालाई विजय शमशेरल महिनाको दुईहजार रुपैयाँ पारिश्रमिक दिने र खाने, बस्ने, गाडी घोडा सुरक्षा बसोबास आउजाउ लगायतका लागि चाहिने सम्पुर्ण खर्चबर्च व्यहोर्नेगरी तीन महिनाको लागि भारतबाट नेपाल झिकाइएको थियो ।
सन १९३३ को निर्वाचनबाट जर्मनीमा एडोल्फ हिटलरको नाजीवादी दल उदय भएपछि १९३९ को अप्रिल महिनामा एरिका जर्मनी छोडेर भारत आएकी थिइन । भारतका विभिन्न राजा महाराजाहरुको घरमा आफ्नो पेसाको काम गरेकी एरिका नर्स थेरापिष्ट थिइन । उनको दक्षता नर्सिङ्ग अलवा नाचगान, फेसनमा पनि थियो ।
सन १९४८ डिसेम्बर महिनामा नेपाल सरकारको परराष्ट मन्त्री बनेका विजय शमशेरले रानी कान्ति राज्यलक्ष्मीको उपचार गर्नका लागि भनेर नेपाल बोलाएका थिए ।
सन १९४९ को फेब्रुअरी महिनामा दरबार प्रवेश गरेकी थिइन् । उनले राजा त्रिभुवनको हात आफ्नो कम्मरमा राखेर गोडाका चालमा हिडाउन सिकाउँदा राजा त्रिभुवन र एरिका ल्युकट्यागको पहिलो दिनमा नै माया पिरती अंङ्कुराउन थालेको थियो ।
एउटी विदेशी महिलालाइ दरबार जस्तो संवेदनशील र राष्ट्रकै गोपनियता कायम राख्नुपर्ने ठाउँमा राजाले आफ्नो मर्यादा नै भुलेर रामरमाइलो नाचगान भुलेर विदेशी सामु दरबारको सारा कोठा खुल्ला गरिदिए । उनका लागि दरबारको गोप्य भन्ने केही बाँकी रहेन ।
दरबारको आन्तरिक कुरा सबै उदाङ्गो भएको तत्कालीन भारतीय राजदुतहरुले नै भन्ने गरेका थिए। यो कुरा पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाले पनि आफ्नो आत्मवृतान्तमा लेखेका छन् । राजा त्रिभुवनलाई पाल्पा लगेर राष्ट्रप्रमुख घोगणा गर्ने र जनसरकार गठन गरी राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र स्थापना गर्ने योजना बीपीको थियो ।
तर एरिकाको मायाजालमा फसेका राजा त्रिभुवन २००७ साल कार्तिक २२ गते ज्ञानेन्द्र शाहलाई मावलीमै छोडेर अन्य परिवारका सदस्य सहित भारतिय राजदुतावास हुदै दिल्ली शरणमा पुगे ।
राजा दिल्ली शरणम पुगेपछि त्रिभुवनलाई भगौडा भन्दै यता मोहनशमशेरले नाति ज्ञानेन्द्रलाई राजा घोषणा गरेका गरिदिए । भगौडा राजा त्रिभुवन भारतीय प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरु र गृहमन्त्री सरदार बल्भभाई पटेलको पञ्जामा परिसकेका थिए ।
२००७ फागुन १ गते पहिलो दिल्ली सम्झौता भयो । उक्त दिल्ली सम्झौता राजाको हैसियतमा त्रिभुवनले गरेका थिए । जसमा अन्तरिम प्रधानमन्त्रीका रुपमा मोहन सम्शेर र राणाका तर्फबाट पाँचजना मन्त्री र बीपी कोइराला गृह मन्त्री सहित अन्य पाँच जना नेपाली कांग्रेसका तर्फबाट मन्त्री हुने सहमति भएको थियो ।
त्यसको तीन महिनापछि मातृका प्रसाद कोइरालाको नेतृत्वका नयाँ सरकार गठन भएको थियो । नेपाली कांग्रेसको फुटको यात्रा त्यहीबाट सुरु भएको मानिन्छ ।
दिल्ली सम्झौता पछि अन्य थुप्रै असमान सम्झौताहरु भए जसले नेपाल आजसम्म पनि भारतको नियन्त्रणको छायाबाट मुक्त हुनसकेको छैन । जसका कारण नेपाल सधै अस्थिरताको घेरामा परिरयो ।