Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका

Sambridinews by Sambridinews
बुधबार, जेष्ठ ८, २०८२
in राजनीति, विचार
0
एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • भोजराज घिमिरे

राजा त्रिभुवन र दरबारकी नर्स एरिका ल्युकट्याग बिचको सम्बन्ध धेरै केही गोप्य र केही गम्भीर थियो ।

त्रिभुवन र एरिका बिचको गोप्य रोमान्टिक सम्बन्ध थियोे भनिन्छ । एरिका राणाहरुले भिराइदिएकी युरोपेली मुलुक जर्मनी नागरिक पेसाले एक नर्स थिइन ।

You might also like

जनताको आवज नै सरकारको मार्गदर्शन

विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

यी दुइबिचको सम्बन्ध त्रिभुवनको मृत्यृपर्यन्तसम्म कायम रहेको थियोे । एरिका सन १९४९ मा नेपाल आएकी थिइन । उनी सुरुमा राजा त्रिभुवनको परिवारका सदस्यहरुको उपचार गर्ने नर्सको रुपमा दरबार भित्रिएकि थिइन । तर, पछि राजा त्रिभुवन र नर्स एरिका बिचको सम्बन्ध प्रेममा परिणत भएको थियो ।

एरिकालाई विजय शमशेरल महिनाको दुईहजार रुपैयाँ पारिश्रमिक दिने र खाने, बस्ने, गाडी घोडा सुरक्षा बसोबास आउजाउ लगायतका लागि चाहिने सम्पुर्ण खर्चबर्च व्यहोर्नेगरी तीन महिनाको लागि भारतबाट नेपाल झिकाइएको थियो ।

सन १९३३ को निर्वाचनबाट जर्मनीमा एडोल्फ हिटलरको नाजीवादी दल उदय भएपछि १९३९ को अप्रिल महिनामा एरिका जर्मनी छोडेर भारत आएकी थिइन । भारतका विभिन्न राजा महाराजाहरुको घरमा आफ्नो पेसाको काम गरेकी एरिका नर्स थेरापिष्ट थिइन । उनको दक्षता नर्सिङ्ग अलवा नाचगान, फेसनमा पनि थियो ।

सन १९४८ डिसेम्बर महिनामा नेपाल सरकारको परराष्ट मन्त्री बनेका विजय शमशेरले रानी कान्ति राज्यलक्ष्मीको उपचार गर्नका लागि भनेर नेपाल बोलाएका थिए ।

सन १९४९ को फेब्रुअरी महिनामा दरबार प्रवेश गरेकी थिइन् । उनले राजा त्रिभुवनको हात आफ्नो कम्मरमा राखेर गोडाका चालमा हिडाउन सिकाउँदा राजा त्रिभुवन र एरिका ल्युकट्यागको पहिलो दिनमा नै माया पिरती अंङ्कुराउन थालेको थियो ।

एउटी विदेशी महिलालाइ दरबार जस्तो संवेदनशील र राष्ट्रकै गोपनियता कायम राख्नुपर्ने ठाउँमा राजाले आफ्नो मर्यादा नै भुलेर रामरमाइलो नाचगान भुलेर विदेशी सामु दरबारको सारा कोठा खुल्ला गरिदिए । उनका लागि दरबारको गोप्य भन्ने केही बाँकी रहेन ।

दरबारको आन्तरिक कुरा सबै उदाङ्गो भएको तत्कालीन भारतीय राजदुतहरुले नै भन्ने गरेका थिए। यो कुरा पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाले पनि आफ्नो आत्मवृतान्तमा लेखेका छन् । राजा त्रिभुवनलाई पाल्पा लगेर राष्ट्रप्रमुख घोगणा गर्ने र जनसरकार गठन गरी राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र स्थापना गर्ने योजना बीपीको थियो ।
तर एरिकाको मायाजालमा फसेका राजा त्रिभुवन २००७ साल कार्तिक २२ गते ज्ञानेन्द्र शाहलाई मावलीमै छोडेर अन्य परिवारका सदस्य सहित भारतिय राजदुतावास हुदै दिल्ली शरणमा पुगे ।

राजा दिल्ली शरणम पुगेपछि त्रिभुवनलाई भगौडा भन्दै यता मोहनशमशेरले नाति ज्ञानेन्द्रलाई राजा घोषणा गरेका गरिदिए । भगौडा राजा त्रिभुवन भारतीय प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरु र गृहमन्त्री सरदार बल्भभाई पटेलको पञ्जामा परिसकेका थिए ।

२००७ फागुन १ गते पहिलो दिल्ली सम्झौता भयो । उक्त दिल्ली सम्झौता राजाको हैसियतमा त्रिभुवनले गरेका थिए । जसमा अन्तरिम प्रधानमन्त्रीका रुपमा मोहन सम्शेर र राणाका तर्फबाट पाँचजना मन्त्री र बीपी कोइराला गृह मन्त्री सहित अन्य पाँच जना नेपाली कांग्रेसका तर्फबाट मन्त्री हुने सहमति भएको थियो ।

त्यसको तीन महिनापछि मातृका प्रसाद कोइरालाको नेतृत्वका नयाँ सरकार गठन भएको थियो । नेपाली कांग्रेसको फुटको यात्रा त्यहीबाट सुरु भएको मानिन्छ ।

दिल्ली सम्झौता पछि अन्य थुप्रै असमान सम्झौताहरु भए जसले नेपाल आजसम्म पनि भारतको नियन्त्रणको छायाबाट मुक्त हुनसकेको छैन । जसका कारण नेपाल सधै अस्थिरताको घेरामा परिरयो ।

Related

Previous Post

त्रिविकाे उपकुलपति छनोट गर्न सर्च कमिटी गठन

Next Post

सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा

Sambridinews

Sambridinews

Related Posts

जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

by Sambridinews
शनिबार, असार २७, २०८३
विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा
FEATURED

विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा

by Sambridinews
आइतवार, बैशाख २०, २०८३
अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा
FEATURED

नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा

by Sambridinews
बिहिबार, चैत्र ५, २०८२
रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?
FEATURED

रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?

by Sambridinews
आइतवार, फाल्गुन २४, २०८२
Next Post
सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा

सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मरिण गाउँपालिकाले छात्राहरुलाई दियो साइकल

मरिण गाउँपालिकाले छात्राहरुलाई दियो साइकल

बुधबार, साउन १६, २०८१
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

शनिबार, अशोज २०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In